सुर्केलीको ‘मलेसियामा नेपाली साहित्य’ : एक खोजमूलक कृति - Naya Online

सुर्केलीको ‘मलेसियामा नेपाली साहित्य’ : एक खोजमूलक कृति

पञ्च विस्मृत


करिब दस वर्षअगाडिको कुरा, सञ्चारकर्मी देवेन्द्र खापुङ सुर्केली आफूले ‘अभिव्यक्ति’ स्तम्भमा लेखेका सबै लेखहरुलाई पुस्तकको रुप दिन चाहन्थे । अझ सबै लेखहरुलाई अङ्ग्रेजीमा समेत अनुवाद गर्न चाहन्थे । मलेसियामा विद्यार्थीको रुपमा बसेर त्यहाँ कार्यरत श्रमिक कलमजीवीहरुको एक लघु–जीवनकथा अक्षरमा उन्थे उनी, र त्यसरी ‘अभिव्यक्ति’ नाम दिएर मलेसियामै प्रकाशित नेपाली पत्रिकामा स्तम्भको रुपमा प्रकाशित गर्नेगर्थे । उनको त्यो पुस्तकप्रकाशनको चाहना कहाँ पुगेर तुहियो या जीवितै छ, तर उनी भने लामो समयपश्चात् ‘मलेसियामा नेपाली साहित्य’ पुस्तकमार्फत पाठकसामु आएका छन् । आफ्नो बृहत् खोज–अनुसन्धानबाट प्राप्त ज्ञान र सूचनालाई पुस्तकको रुप दिएर मलेसिया भोगेका र भोग्दै गरेका कलमजीवीहरुको साधुवादका पात्र बनेका छन् उनी । परको देश प्रवास अथवा मलेसियामा नेपाली साहित्यको विकाश कसरी भइरहेको छ भन्ने कुरा घरबासीहरुलाई बाँढेका छन् उक्त पुस्तकमार्फत । यसलाई उनको मलेसिया बसाइको एकदमै ठूलो उपलब्धिको रुपमा लिइनुपर्छ ।

विशेष गरी मलेसिया पुगेर कलम चलाउने सर्जकहरुलाई यो पुस्तक रुचिको विषय हुनसक्दछ । र, साथै प्रवासी सर्जकहरुको अस्तित्व स्वीकार्ने, प्रवासी कलमको सम्मान गर्ने र प्रवासी साहित्यको अध्ययन, अनुसन्धान गर्न चाहने जो कोहीलाई यो पुस्तक रुचिको विषय हुन सक्दछ ।

सञ्चारकर्मी, कवि, संस्मरणकार देवेन्द्र सुर्केली एक सशक्त र समर्पित लेखक हुन् । भित्ता बोल्दैन (कविता सङ्ग्रह, २०५९) र आमूल परिवर्तनको बाटो (संस्मरणात्मक निबन्ध सङ्ग्रह, २०६३) का लेखक सुर्केलीले यसपाली एक खोजमूलक कृति प्रकाशनमा ल्याएका हुन । यस पुस्तकभित्र मलेसियामा नेपाली कहिले र कसरी प्रवेश गरे भन्ने कुरादेखि नेपालीहरुको साङ्गोपाङ्ग साहित्यिक गतिविधिहरुको अभिलेखिकरण गर्ने प्रयास गरिएको पाइन्छ । यसरी अभिलेखिकरण गर्ने क्रममा त्यहाँ चलेको साहित्यक कालखण्ड सकेत विभाजन गर्ने प्रयास गरिएको छ । यस पुस्तकले कविता, गीत, गजलको विकाश कहाँसम्म पुग्यो भन्ने कुरादेखि विभिन्न साहित्यिक र साहित्यिक संस्थाहरुको गतिविधिहरु के कस्ता भए, र भइरहेका छन् भन्ने कुरा समेत उजागर गर्ने काम गरेको छ । विभिन्न विधामा कलम चलाउने सर्जक, गायक, सङ्गीतकर्मीहरुको परिचय र तिनका कृतिहरुको सूचि यस कृतिमा समेटिएको छ ।

विशेष गरी मलेसिया पुगेर कलम चलाउने सर्जकहरुलाई यो पुस्तक रुचिको विषय हुनसक्दछ । र, साथै प्रवासी सर्जकहरुको अस्तित्व स्वीकार्ने, प्रवासी कलमको सम्मान गर्ने र प्रवासी साहित्यको अध्ययन, अनुसन्धान गर्न चाहने जो कोहीलाई यो पुस्तक रुचिको विषय हुन सक्दछ ।

‘मलेसियामा नेपाली साहित्य’ एक खोज–अनुसन्धान हो, एक साहित्यिक कार्यपत्र हो, साहित्यिक गतिविधिहरुको अभिलेख हो, भनेँ । यस मानेमा इतिहास पनि हो । मलेसियामा बसेर धेरैले कलम चलाए पनि त्यहाँको साहित्यिक इतिहास लेख्ने काम भएको थिएन, जुन कुरा देवेन्द्रले गर्ने साहस गरेका छन्, र यस कुरामा उनी सफल समेत भएका छन् ।

वि. सं. २०७५ को सुरुमा प्रकशित भएको यस कृतिमा २०७५ सम्मकै सूचनाहरु त छन्, तर पनि ती सूचनाहरुलाई अपडेट गर्न सकेको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने लाग्छ । जस्तो कि साहित्यकार कविताराम श्रेष्ठको मृत्युभइसकेको अवस्थामा पनि उनको जन्म मिति मात्रै उल्लेख गरिएको छ । यस्ता अन्य विषयहरु पनि छन् । तर लेखकले समेटेका सूचनाहरुमाथि शङ्का गर्ने ठाउँ भने छैन । कृति सूचिमा टिकाराम अधिकारीकृत ‘श्रमिक डायरी’ छुटेको देखिन्छ ।

यस किताबमा हिज्जेसँग सम्बन्धित केही त्रुटिहरु छन् । तर यो आम समस्या हो भन्ने लाग्छ । यससँग सम्बन्धित त्रुटिरहित लेख, पत्रिका, पुस्तक पढ्न नेपाली पाठकले अझै धेरै समय कुर्नु पर्ने देखिन्छ । त्यसका धेरै कारणहरुमध्ये नेपाली भाषामा ‘स्पेलिङ्ग चेकर’को निर्माण हुन नसक्नु हो भन्ने लाग्छ ।

यस पुस्तकमा लेखकले कविता विधालाई सबैभन्दा बढी लेखिने विधाको रुपमा प्रस्तुत गरेता पनि विस्तृत रुपमा चर्चा गर्न भने कञ्जुस्याइ गरेका हुन् कि लाग्छ । जति कथा, लघुकथा, नाटक र गीतसङ्गीतको बारेमा शब्द खर्चेका छन् लेखकले त्यति नै कविताको बारेमा पनि लेखेको भए हुन्थ्यो भन्ने पाठकलाई लाग्न सक्छ । सुर्केली आफैँ पनि कवि हुन् भन्ने माथि नै उल्लेख छ । अर्कातिर लेखक स्वयम् एक राम्रा स्तम्भकार हुन्, तर उनले मलेसियाका पत्रपत्रिकाहरुमा लेख्ने स्तम्भकारहरुलाई पनि सम्झन सकेका छैनन् । विश्व नेपाली साहित्य महासंघले गरेका श्रृङ्खलाबद्ध एकल रचना वाचन कार्यक्रमहरुको सूचि प्रस्तुत गरे पनि लेखकले अनलाइन अतिथि भएर कार्यक्रमको समीक्षा गर्नेहरुलाई सम्झन सकेका छैनन् । भानुभक्त द्विशतवार्षिकीको अवसरमा भएको कार्यक्रमको बारेमा यस पुस्तकमा केही उल्लेख छैन, जहाँ लेखक स्वयम् उपस्थित थिए । नेपाल सरकाले मलेसियामा कार्यरत श्रमिक साहित्यकारहरुलाई मेडल बाँढेर सम्मान गरेको थियो भन्ने कुरा आउन आवश्यक थियो । किनभने त्यो कुरा गर्वको विषय थियो ।

यस किताबमा हिज्जेसँग सम्बन्धित केही त्रुटिहरु छन् । तर यो आम समस्या हो भन्ने लाग्छ । यससँग सम्बन्धित त्रुटिरहित लेख, पत्रिका, पुस्तक पढ्न नेपाली पाठकले अझै धेरै समय कुर्नु पर्ने देखिन्छ । त्यसका धेरै कारणहरुमध्ये नेपाली भाषामा ‘स्पेलिङ्ग चेकर’को निर्माण हुन नसक्नु हो भन्ने लाग्छ ।

लेखकले यस पुस्तकभित्र आफ्नो विचार कमै पोखेका छन्, न त निचोड नै निकालेका छन् । त्यसकारण यो अनुसन्धानात्मक भन्दा पनि बढी खोजमूलक पुस्तक हो । तर लेखकको यस खोजमा उनको कति मिहिनेत र परिश्रम लागेको छ भन्ने कुराको आँकलन गर्न कठिन छ । किनभने यो मुलुकभित्रको बारेमा हैन, मुलुकबाहिरको बारेमा लेखिएको पुस्तक हो । कठोर परिश्रम, मजबुत नेटवर्किङ्ग र धैर्यताबिना यस्तो पुस्तक लेख्न असम्भवप्राय हुन्छ । यसको ‘रिकग्निशन’ देवेन्द्रलाई मिल्नुपर्छ भन्ने लाग्छ ।

प्रभा खापुङ (बेलायत)द्वारा प्रकाशित, काङ्सोरे मीडिया प्रा. लि. द्वारा वितरित ‘मलेसियामा नेपाली साहित्य’ (प्रथम संस्करण : वि. सं. २०७५, ISBN: 978-9937-0-4057-0) पुस्तकको आवरण लेआउट खापुङ क्रिएशन, अनामनगर काठमाडौंले गरेको हो । यस पुस्तकको मूल्य नेपालमा रु. ४०० रहेको छ भने मलेसियामा आरएम १० राखिएको छ ।

पञ्च विस्मृतको ब्लगबाट यो समिक्षा साभार गरिएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको...

आगलागीबाट विभिन्न ठाउँमा धनमाल जलेर नष्ट

काठमाडौं, १२ वैशाख । सिरहा, औरही गाउँपालिका–२ तुलसीपुर बस्ने २८ वर्षीय महेश कुमार यादवको...

समयले डोरिएको छत्रबहादुर दम्पतीको जीवन

देवेन्द्र सुर्केली भक्तपुर जिल्लाको व्यस्त चोक गट्ठाघर । त्यसको २५ मिटर उत्तरदेखि झण्डै १०,१५...

काठमाडौँबाट धनकुटा आएको हायस मुलघाटमा दुर्घट्ना

धनकुटा । काठमाडौबाट धनकुटा आएको माइक्रो हायस धनकुटा ९, मुलघाटमा अनियन्त्रित भई ५० फिट...

शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छः मन्त्री चौधरी

काठमाडौँ, ३० चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन...

कोशी प्रदेशको विशेष अधिवेशन वैशाख ६ गतेको लागि आव्हान

२८ चैत २०८० । २८ चैत २०८० । कोशी प्रदेश प्रमुख माननीय परशुराम खापुङले...

उपप्रधान तथा गृहमन्त्रीसँग निर्वाचन आयोगको छलफल

काठमाडौं ।  नेपाल सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग निर्वाचन आयोगले आयोगसँग सम्बन्धित जरुरी...

नेपाल इन्जिनियरिङ कलेज हत्याउन खोज्ने लम्बोदर न्यौपाने दोषी ठहर

काठमाडौं । मुनाफा रहित सामाजिक शैक्षिक संस्था हत्याउन उद्यत लम्बोदर कुमार न्यौपानेले गैरकानुनी रुपमा...

अन्ततःहेलिकप्टर चार्टर गरेर भागे पुर्वप्रधानमन्त्री केपी शर्मा ओलि:मध्यपहाडी यात्रा आधिमै टुँगियो

१ पुष २०८० आइतबार, पाँचथर ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...