Advertisement Advertisement

गायिका तारा थेबे आइन् तिहार गीतका साथ

नोभेम्बर ३ मा हङकङमा प्रस्तुति दिँदै

काठमाडौं, १४ कात्तिक । विभिन्न खालका गीतहरू प्रस्तुत गर्दै आएकी गायिका तारा थेबेले तिहार गीत लिएर आएकी छिन् ।

छुँदैछ हामीलाई फेरि चाडबाडको लहरले बोलको गीतलाई डीपी खनालले रचना गरेका हुन् । उत्तमजङ लिम्बूको संगीत र संजिव लिम्बूको संगीत संयोजनमा तयार भएको गीतको म्युजिक भिडियो पनि तयार भएको छ ।

विज्ञान राईले निर्देशन गरेको म्युजिक भिडियोमा योगेन राई, रुकमान लिम्बू, सिर्जना चेम्जोङ, सविता राई आदिले अभिनय गरेका छन् ।

म्युजिक भिडियो बुढासुब्बा म्यूजिकको युट्युवबाट सार्वजानिक भएको हो ।

को हुन् तारा थेबे?
ताप्लेजुङको थुम्बेदिन सिनाममा बुबा कर्णराज थेबे र आमा नरमाया थेबेको कोखबाट जन्मिएकी तारा थेबे सानै उमेरमा मोरङको राजघाटमा बसाई सरेकी हुन् । गायिका बन्ने अभिलाषा लिएर काठमाडौैं आएकी ताराले सानोमा गीत गाउनभन्दा नृत्यतिर ध्यान दिन्थिन् । नृत्य गर्दै केही कार्यक्रममा समेत भाग लिएकी थिइन् ।

राजघाटकै अरनिको माध्यमिक विद्यालयबाट एसएसली दिएकी उनको गीत तथा कविता लेख्नमा रुचि पनि छ । उर्लाबारी बिहानी कला केन्द्र नामक संस्थासँग आवद्ध भएर नृत्य र लेखनकार्यमा अगाडि बढ्दा बढ्दै गायनतर्फ अगाडि बढेकी हुन् ।

गायनतर्फ रुचि बढेपछि संगीतको कक्षा लिइन् । शास्त्रीय संगीतमा स्नातक भइन् ।

संगीतमा स्नातक भएपछि एल्बम निकाल्नको लागि साथी योजना पुरीको साथमा काठमाडौ आएकी हुन् । उनकै शब्द र संगीतमा ‘घर हाम्रो पूर्व अञ्चल…’ नामक गीत पहिलो रेकर्डेड हो ।

उनको तिर्खामा लाग्यो, नक्कले कान्छाको, दार्जिलिङ ज्यानको, खरको छानो, के गर्दै छौ लगायतका गीतहरू चर्चामा छन् । युट्युवमा सर्वाधिक हेरिएका पनि छन् ।

उनै गायिका तारा थेबे आगामी नोभेम्बेर ३ तारिक हङकङमा प्रस्तुतिको लागि पुग्दैछिन् । उर्लाबारी हङकङ समाजले आयोजना गर्न लागेको कार्यक्रममा साजन राई, सृष्टि हिङमाङ र चित्र राईको पनि उपस्थिति रहनेछ ।

भिडियो हेर्नुहोस्

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

गायिका गीता लामाले गाइन् तामाङ सेलो

काठमाडौँ, ११ फागुन । नेपाली गीत संगीतमा धेरै सुनिने तथा जनजिब्रोमा झुण्डिएको सेलो भाका...

कुबेर मृदुलको रचनामा गीत रेकर्डिङ

काठमाडौं, ११ फागुन । मुटुमा तिमी आँखामा तिमी कसरी देखाऊँ प्रीतिको भाषा नबुझ्ने बन्छौ...

अस्मिता पुमा राईको धोको पुरा

काठमाडौं, ११ फागुन । किशोरवस्थामै गायिका बन्ने सपना लिएकी अस्मिता पुमा राईको धोको पुरा...

शुक्रबारबाट देशभर ‘ब्वाइफ्रेण्ड’

काठमाडौं, ९ फागुन । फागुन १० गते शुक्रबारबाट चलचित्र ब्वाईफ्रण्ड देशभर एक साथ प्रदर्शन...

Advertisement Advertisement Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट