Advertisement Advertisement

यसरी सम्पन्न भएको थियो सगरमाथा ८ औं सगरमाथा सांस्कृतिक साँझ

धादिङ, २९ कात्तिक । शुभदीपावली २०७५ को अवसरमा सगरमाथा युवा क्लव सलाङ ३ धादिङद्वारा आयोजित आठौं सगरमाथा सांस्कृतिक साँझ भव्यताका साथ सम्पन्न भएको छ । कात्तिक २१ गते लक्ष्मीपूजाको दिन सम्पन्न कार्यक्रममा चर्चित कलाकार प्रीति आले, हाँस्यकलाकार दिनेश काफ्ले, सरु थापा मगर, विवश दर्लामीले मनोरञ्जन दिलाएका थिए ।

वरिष्ठ सल्लाहकार दिनेश आलेद्वारा सञ्चालित कार्यक्रमको सभापति कृष्ण बहादुर आलेले गरेका थिए । वडा ३ का वडाध्यक्ष देबबहादुर पुलामीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि एनआरएन मलेसियाका महासचिव सुन्दर आले, समावसेवी तिलक गुरुङ तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

गणेश आलेको स्वागत मन्तब्यबाट सुरु गरिएको कार्यक्रममा राजकुमार कुँवर र वीरबहादुर आलेले संस्थाले गरेका कामको जानकारी दिएका थिए । त्यस्तैगरि समाजसेवी सुन्दर आले, तिलक गुरुङले दिपावलिको शुभकामना ब्यक्त गरेका थिए ।

प्रमुख अतिथि देवबहादुर पुलामीले सिद्ध्लेक ३ लाई नमुना गाउ बनाउने र विकासको लागि आफू लागिपरेको बताएका थिए । कार्यक्रम सफलताको कामना गर्दै वडाबाट रु ५० हजार सहयोग प्रदान गर्ने बाचा गरेका थिए ।

दोस्रो मनोरञ्जन कार्यक्रममा स्यानिय कलाकारहरूको दमदार प्रस्तुतिले माहौल निकै तताएको थियो भने रातको १२ बजे चर्चित कलाकारहरूको प्रस्तुति सुरु भएको थियो ।

विवस दर्लामीको सुमधुर स्वरमा सालैजो भाका गाउदा दर्शकहरू बारीको पाटै भत्किनेगरि नाचेका थिए । त्यस्तै सरु थापा मगरको मनकामनालाई चढाइदेउ डोली, हेमन्त आलेको सालैजो गीत, के होला शुभनाम, के को माया लाउने चकचकेले गाल पाउने, घुस घुसेले ताल पर्ने जस्ता आधा दर्जन चर्चित गीत गाएका थिए ।

हाँस्यकलाकार दिनेश काप्लेले उपस्थित दर्शकहरूलाई मेट मिचीमिची हाँस्न बाध्य बनाएका थिए । नेतादेखि कमेडिएन कालाकारहरूको क्यारिकेचरसमेत गरेका थिए । कार्यक्रमको अन्त्यमा लोकदोहरीको चर्चित कलाकार प्रीति आलेको दमदार प्रस्तुति भएको थियो । बामरि बामरी, सालैजो, मगर कौडा, प्याट्ल गीत गाउदा दर्शकहरू नाच्न बाध्य भएका थिए ।

बिहान छ बजे लाइफ दोहरी सुरु गरिएको थियो । आयोजको निकै मेहेनतको साथ मन्चदेखि व्यवस्थापन मिलाएको थियो । कार्यक्रमलाई टुबोर्ग बियर र इम्पेरिएल ह्वीस्कीले सहप्रायोजन गरिएको थियो ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

गायिका गीता लामाले गाइन् तामाङ सेलो

काठमाडौँ, ११ फागुन । नेपाली गीत संगीतमा धेरै सुनिने तथा जनजिब्रोमा झुण्डिएको सेलो भाका...

कुबेर मृदुलको रचनामा गीत रेकर्डिङ

काठमाडौं, ११ फागुन । मुटुमा तिमी आँखामा तिमी कसरी देखाऊँ प्रीतिको भाषा नबुझ्ने बन्छौ...

अस्मिता पुमा राईको धोको पुरा

काठमाडौं, ११ फागुन । किशोरवस्थामै गायिका बन्ने सपना लिएकी अस्मिता पुमा राईको धोको पुरा...

शुक्रबारबाट देशभर ‘ब्वाइफ्रेण्ड’

काठमाडौं, ९ फागुन । फागुन १० गते शुक्रबारबाट चलचित्र ब्वाईफ्रण्ड देशभर एक साथ प्रदर्शन...

Advertisement Advertisement Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट