Advertisement Advertisement

धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

कञ्चनपुर, ३० कात्तिक : बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् ।

पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो ।कात्तिक २५ गतेदेखि धर्नामा बस्नुभएका यज्ञराजलाई ज्वरो आउनुका साथै रुखा खोकी लागेको र हातखुट्टा दुख्ने समस्या देखा परेको छ । दुर्गालाई समेत ज्वरो आएको र रक्तचाप घटेको छ ।

उपचारका लागि पुग्नुभएका महाकाली अञ्चल अस्पतालका चिकित्सक किशोर बोहराले दुवैको चिसोका कारण स्वास्थ्य बिगँ्रदै गएको बताउनुभयो । निर्मलाकी कान्छी आमा लक्ष्मी पन्तको समेत रक्तचाप बढेको पाइएको छ । यसैबीच प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले पन्त परिवारको अवस्थाबारे जानकारी लिनुभएको छ ।

यज्ञराजले छोरीका हत्यारा पत्ता नलाग्दासम्म र न्याय नपाउँदासम्म धर्ना जारी रहने बताउनुभयो । साथीको घरमा गएकी निर्मलाको साउन ११ गते उखु बारीमा शव फेला परेको थियो । हत्या भएको तीन महिनाभन्दा बढी समय बिते पनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

(रासस)

सम्बन्धित शीर्षकहरु

भाषाविज्ञ पोखरेलको निधन

विराटनगर, १२ फागुन : वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको आज बिहान निधन...

डीक्राको डेउडामा काठमाडौं झुम्यो

देवेन्द्र सुर्केली काठमाडौं, ११ फागुन । जमलको राष्ट्रिय नाचघरमा बाजुरेली भाषामा लज्जामिश्रित तर धक...

अप्रेसन गीत संगीतको -२

यूरोप-अमेरिका नगएकोमा हरिवंशलाई पश्चताप लागेकै हो त ? नेपाली सिनेमा र हास्य-व्यंग्य क्षेत्रमा संलग्न...

१३ बुँदे घोषणापत्र जारी गर्दै फोनिजको राष्ट्रिय भेला सम्पन्न

अबको विकास समावेशी विकास हुनु पर्छ – मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ् कास्की ८ फागुन...

Advertisement Advertisement Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट