Advertisement Advertisement

गायन, नृत्य, मोडलिङ र अभिनयमा जम्दै लक्ष्मी योङहाङ

काठमाडौं, १५ पुस । सन् २०१५ मा भएको मिस लिम्बूमा सहभागी जनाएर कलाक्षेत्रमा आएकी लक्ष्मी योङहाङ पछिल्लो समयमा बहुमुखी प्रतिभाको धनी बनेकी छिन् । गायिका, मोडल तथा नायिकाको रुपमा उनको परिचय बन्दै आएको छ । पाँचथरको पौवासारतापकी लक्ष्मी स्नातक अध्ययरत गर्दै फेशन, मोडलिङ र म्युजिक भिडियोका साथै प्रदर्शन हुन लागेको लिम्बू संस्कृतिमा आधारित लोकेन साँवाको निर्देशनमा निर्मित ‘के साङ्ला’ चलचित्रमा मुख्य नायिकाको भूमिकामा खेलिसकेको अनुभव छ ।

भिडियो अन्तर्वार्ता हेर्नुहोस्


बाल्यकालदेखि नै कलाकारिताको मोह भएको तर गाउँ घरमा सम्भव नभएकोले राजधानी प्रवेश गरेकी रैछिन् लक्ष्मी । राजधानी प्रवेश गर्ने वित्तिकै मिस लिम्बूमा सहभागी भई ‘युमा कल्चर अवार्ड’ जित्न सफल भएपछि यस क्षेत्रमा केही गर्न सक्ने आँट आएको रे । त्यसपछि मिस मंगोलमा पनि सहभागी भएपश्चात कलाकारिताको मोह अझ बढ्न थालेको बताउँछिन् । उनलाई प्रोत्साहन गर्नमा कलाकार निशा पोमुबाट प्रभावित र प्रेरित भएको निर्धक्क बताउँछिन् ।

गायनमा समेत आफ्नो कुशलता देखाउँदै आएकी लक्ष्मीले श्रोताको मनमा बस्ने क्रममा पनि रहेकी छन् । उनले ‘सानै छँदा.’ बोलको गीत गाएकी छन् । जुन गीतको भिडियो समेत निर्माण गरी युट्युव मार्फत सार्वजनिक गरिसकेकी छन् । म्युजिक भिडियोमा गायिका स्वयंमले अभिनय गरेकी छन् ।

आफ्नो उमेर विवाह गर्न योग्य भइनसकेको बताउने लक्ष्मीलाई मन पराउने, विवाह गरौ भनेर प्रस्ताव राख्नेहरु छन् । समय आएपछि ‘मागी या भागी’ जुनसुकै विवाह पनि गर्न सक्ने बताउँछिन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

मोडर्न मान्छेले लिम्बू गीत गाउदैन भन्ने हुन्न –जसोधा सुब्बा

तपाईंको सांगीतिकयात्रा कहाँबाट सुरु भयो ? मेरो सांगीतिक यात्रा यहाँबाट सुरु भयो भनेर त...

लेखन, संगीतपछि गायनमा पनि इन्द्रनारायण चोङ्बाङ

काठमाडौं, १४ माघ । साहित्यकार इन्द्रनारायण चोङबाङ पछिल्लो गीत रचना, संगीतपछि गायक बनेका छन्...

मौलिक तथा लोपोन्मुख पालामको भाका संकलन गर्ने धोको छ -सीता सिङ्गक

तेह्रथुम जिल्लाको साविक जलजले गाविस तक्उमा गाउँमा बुबा हस्तबहादुर लिम्बू र आमा आसमाया फोम्बोको...

बालमनोविज्ञानमा आहारित ​‘मिराज’ चलचित्र आउँदै

दमक । बाल मनोविज्ञानमा आधारित चलचित्र ‘मिराज’ प्रदर्शनमा आउने भएको छ । मंगलबार सो...

Advertisement Advertisement Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट