Advertisement Advertisement

साङ्गीतिक कार्यक्रमसहित स्व. कृष्णकुमारी केरुङ स्मृति फुटबल सम्पन्न

मेमेङ युथ क्लबले उचाल्यो ट्रफी


पौष २२, फालेलुङ । स्व. कृष्णकुमारी केरुङ स्मृति खुल्ला पुरुष नक–आउट फुटबल प्रतियोगितामा फालेलुङ स्पोर्टिङ क्लब मेमेङले प्रथम स्थान हासिल गर्दै गोल्डेन ट्रफी, प्रमाणपत्र र नगद रू ६५ हजार हात पारेको छ । आयोजक नवयात्रा युवा क्लब फालेलुङ –३ ताङ्लेपा लाई ४–२को अन्तरमा अन्तिम उपाधी चुमेको हो ।

उपबिजेता बन्दै आयोजकले सिल्भर ट्रफी, प्रमाणपत्र र नगद रु ३५ हजार हात पारेको छ । पौष ११ गतेदेखि सुरु भएको उक्त खेलमा कुल १६ टिम सहभागी थिए ।

इतिहासविद इमानसिङ चेम्जोङको ११५ औं जन्मजयन्ती, साथै नव यात्रा युवा क्लब को १५ औं बार्षिक उत्सब मा आयोजनामा गरिएको उक्त खेलको फाइनल अर्थात पौष १७ गते एक बिशेष कार्यक्रम बिच सम्पन्न गरिएको थियो ।

नेपाली काङ्ग्रेस जिल्ला सभापति नरेन्द्रकुमार केरुङको प्रमुख आतिथ्यतामा, फालेलुङ गाउपालिकाका अध्यक्ष सन्चकुमार केरुङ, उपाध्यक्ष हिमा अधिकारी, फालेलुङ गा.पा. ३ का वडाध्यक्ष वीरविक्रम थाम्सुहाङ, फालेलुङ–४ का वडाध्यक्ष बुद्धिमान सावदेन (बिश्वास), बिभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, बुद्दिजिवी, समाजसेवीहरूको बाक्लो उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख आकर्षणको रूपमा राष्ट्रिय कलाकारहरू चर्चित बाल–गायक मनिष लिम्बू, गायक/संगीतकार सुहाङ लावती र गायक÷सञ्चारकर्मी राजेन्द्र केरुङको बेजोड प्रस्तुतिले थप रौनकता थपिएको थियो । करमट ब्यान्ड, साकेला सिलिनाच साथै च्याब्रुङ केलाङ नाचले चिसो मौसम गर्मिएको थियो ।

खेलकुद र गीत संगीतले स्थानीय संस्कृति, पहिचान र आन्तरिक तथा बाह्य पर्यटनलाई थप टेवा पुग्ने भन्दै बिभिन्न अतिथिहरूले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

फालेलुङ –३ ताङ्लेपा मा पहिलो पटक स्व. कृष्ण कुमारी केरुङको स्मृतिमा खेलमैदान निर्माण गरी १ हप्ते पुशेमेला पनि लगाईएको थियो । हेनरी क्याप्टेन हरिप्रसाद केरुङ प्रायोजक रहनुभएको उक्त मेला र खेलको आयोजक नवयात्रा युवा क्लब रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

अछाम, ८ फागुन : सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको...

नेपालद्वारा मलेशियासामु १२७ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, ७ फागुन : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको...

महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण

काठमाडौँ, ६ फागुन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले साफ च्याम्पियनशीप फुटबलको तयारीमा रहेको...

विश्वकप क्वालिफायर : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

काठमाडौँ, ६ फागुन : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि...

Advertisement Advertisement Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट