Advertisement Advertisement

क्युनेट गोर्खा ट्रेलब्लेजरमा ३० मुलुकका ४ सय जना धावक एकसाथ दौडदै

काठमाडौं, २४ पुस । विश्वभरीका ख्यातीप्राप्त धावकहरु दौडने क्युनेट गोर्खा ट्रेलब्लेजरको दोश्रो संस्करणको अन्तिम तयारी पुरा भएको जानकारीका आएको छ । गोर्खा ट्रेलब्लेजर हाइक एन्ड रनको मुल संयोजक आमोद राईले सो कुराको जानकारी दिएका हुन् । ट्रेलब्लेजर गोर्खा सेमेस्ट्री ट्रष्ट र चाइल्ड वेलफेयर स्किमको संयुक्त आयोजनामा हङकङमा जनवरी १२ मा हुन लागेको हो ।

राईका अनुसार दौडमा सहभागिताका लागि तोकिएको मिति डिसेम्बर ३० सम्ममा ३० मुलुकका ४ सयजनाले नाम दर्ता गराएका छन् । ती मध्ये नेपालबाट विश्व च्याम्पियन अल्ट्रा धाविका मिरा राई, हालै सम्पन्न अन्नपूर्ण अल्ट्रा रेस बिजेता सिर्जना राईलगायत ६० जनाले आफ्नो नाम दर्ता गराइसकेका छन् । दौड जनवरी १२ को बिहान ताई पो नजिकैको पात सिन लेङ कन्ट्री पार्कबाट शुरु हुने छ । दौडको दुरी १२ र २६ किलोमिटर रहेको छ । आयोजकका अनुसार सन १९९७ अगाडि बेलायतसरकामातहत हङकङमा व्यारेक बनाएर बसेका गोर्खा सैनिकहरुले नियमित रूपमा ‘बुल्लोग’ प्रशिक्षण र युद्ध सिमुलेशन व्यायाम गर्ने ऐतिहासिक स्थल लाउसि हङ रिजर्भवायरबाट सुरु भई पातसेलिङ रेन्जमा दौडाएर लाउसि हङ रिजर्भवायरमा टुंगिने रुट तयार भएको उनले बताए ।
दौडका लागि फ्रान्स, अमेरिका, सिंगापुर, बेलायत, जर्मनी, इटाली, क्यानडालगायतका मुलुकका सेलिब्रेटी रनरहरुले पनि सहभागिता जनाएका छन् । संयोजक राईले भने, ‘गतबर्ष फलामको च्यूरा चपाए जस्तो भयो । तर सफल भइयो । त्यसैको परिणाम क्युनेट गोर्खा टे«ेल व्लेजर सुरु गरेकै बर्ष हङकङबाट ‘बेस्ट न्यू रेस’ मेडल पायो । साथै हङकङको ट्रैल रनिङको क्यालेन्डर भित्र सुचीकृत भयो । गर्दा सकिने रहेछ भन्ने त त्यसबेला लाग्यो कि यसको लोकप्रियताले विश्वका नामुद धावक धाविकाहरुलाई पनि गोर्खा ट्रेलब्लेजरमा दौडन आकर्षित गर्न सफल भयो । ती धावकहरुले दौडनकालागि भरेको फर्मबाट थाहा हुन्छ ।’

रजिष्ट्रेसनको काम सकिएकाले व्यबस्थापन र समन्वयमा व्यस्त रहेका आयोजक समितिका मुख्य प्रवक्त देवराज राईले पिता पुर्खाले रगत पसिना बगाउदै पदचाप छाड्दै दौडेको हङकङको डाडा पाखामा उनीहरुलाई स्मरण र सम्मान गर्दै नेपाली बालबालिकाको स्वास्थ्य शिक्षामा योगदान दिनकालगि गोर्खा ट्रेल व्लेजर आयोजना गरिएको बताए । उनले गोर्खाहरुको योगदान बिर्सन थालिएको बेला यस्ता कार्यक्रम मार्फत गोर्खाका सन्ततीलाई स्मरण हुने र विश्वव्यापीकरण गर्दै उनीहरूको ऐतिहासिक योगदानको सम्मान गर्ने अवसर मिलेको बताए ।

उनले कार्यक्रमबाट संकलित रकमले ट्रस्टले नेपालमा अनलाइन शिक्षाकालागि छात्रवृत्ति दिने र चाइल्ड वेल्फेयरले नेपाली बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रयोग गर्ने बताए । उनले भने, ‘गोर्खा ट्रेलव्लेजरले गोर्खाको इतिहासलाई कायम राख्ने छ । हङकङमा बसोबास गर्ने नेपाली समुदायको पहिचान दिन मदत गर्ने र चिनिया समाज र हङकङ सरकारको ध्यानाकर्षण हुने छ ।’

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

अछाम, ८ फागुन : सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको...

नेपालद्वारा मलेशियासामु १२७ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, ७ फागुन : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको...

महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण

काठमाडौँ, ६ फागुन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले साफ च्याम्पियनशीप फुटबलको तयारीमा रहेको...

विश्वकप क्वालिफायर : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

काठमाडौँ, ६ फागुन : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि...

Advertisement Advertisement Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट