काठमाडौं, पुष २५ : बैदेशिक रोजगारको शिलशिलमा मलेसिया गएर फर्केका नेपाली युवाहरुले सामुहिक रुपमा व्यवसाय सञ्चालनमा ल्याएका छन् ।
गत साता काठमाडौंमा एक कार्यक्रमका बीच मलेसिया रिटर्नी समाज नेपाल नामक संस्था गठन गरिएका उनीहरुले काठमाडौंको अनामनगरमा सहयात्रा नामको रेष्टुरेण्ट सुरु गरेका हुन् ।
मलेसिया रिटर्नी समाजमा आवद्ध ८ जना मिलेर सुरु गरिएको शो रेष्टुरेण्ट बुधवार युवा परिषदका उपाध्यक्ष माधव ढुँगेलले उद्घाटन गरे । उनले बैदेशिक रोजगारबाट फर्केका युवाले यसरी स्वदेशमा नै उद्यम सुरु गर्नु एकदमै सह्रानिय काम भएको बताए । उनले यस्तो प्रयासलाई वर्तमान सरकारले पनि सघाउने भन्दै युवा परिषदका तर्फबाट पनि आवश्यक सहयोग गरिने प्रतिवद्धता जनाएका थिए । मलेसिया रिटर्नी समाजका अध्यक्ष सुनिल चालिसे, महासचिव रामचन्द्र नेपाल लगायतले सो अवसरमा मन्तव्य राखेका थिए । महासचिव नेपालका अनुसार छिट्टै नै समाजमा आवद्ध रिटर्नीहरुले काठमाडौंमा यातायातसँगै तरकारी, तथा तराईको जिल्लामा माछा र कर्णालीमा र्याफ्टीङ व्यवसाय सुरु गर्ने तयारी गरेको वताएका थिए ।