Advertisement Advertisement

बूढीगङ्गाले कर घटाउने

पथरी, २५ पुस : बूढीगङ्गा गाउँपालिकाले व्यवसाय कर घटाउने भएको छ । व्यवसायीको अनुरोधलाई सम्बोधन गर्न गाउँपालिकाले व्यवसाय कर घटाउने निर्णय गरेको हो । 

गाउँपालिकाका अध्यक्ष बालचन्द चौधरीका अनुसार गाउँपालिकाको राजश्व समितिले कुन कुन किसिमका उद्योगलाई के कति कर लगाउने भन्नेबारे सुझाव पेश गरेको थियो । “उद्योगबाट लिँदै आएको व्यवसाय कर यसै आर्थिक वर्षदेखि हटाउँछौँ,” उहाँले भन्नुभयो । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले व्यवसाय कर घटाउन बारम्बार दबाब दिँदै आएको थियो । 

अब कुटिर उद्योगले वार्षिक रु पाँच हजार कर तिर्नुपर्नेछ । यसअघि ती उद्योगले रु १० हजार तिर्दैआएका थिए । बूढीगङ्गामा १६ घरेलु उद्योग छन् । साना उद्योगले अब वार्षिक रु ५० हजार मात्रै कर तिनुपर्ने छ । यसअघि रु एक लाख व्यवसाय कर तिर्दै आएका थिए । बूढीगङ्गामा ५४ साना उद्योग रहेको प्रमुख प्रशाशकीय अधिकृत विनोद न्यौपानेले बताउनुभयो । यहाँ १९ मझौला उद्योग छन् । 

गाउँपालिकामा रहेका ठूला उद्योग आरती स्ट्रिप्स, पायनियर वायर, प्रिमियर वायर, नेपाल लिकर्स, हुलास वायर, अल्ट्राटेक बन्धन सिमेन्ट र स्वस्तिक आयललाई प्रतिउद्योग रु पाँच लाख व्यवसाय कर तोकिएको न्यौपानेले बताउनुभयो । गाउँसभाले पारित गरेपछि मात्र आर्थिक ऐन संशोधन हुन्छ । व्यवसाय करको परिमार्जित दर लागू हुन्छ । व्यवसाय करलाई माघमा हुने अर्को गाउँसभाले परिमार्जन गर्ने अध्यक्ष चौधरीले बताउनुभयो । उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले अन्य करसमेत घटाउन माग गर्नुभयो । 

सम्बन्धित शीर्षकहरु

सिभिल बैंकले चार प्रतिशत नगद लाभांश दिने

काठमाडौँ, ५ फागुन : सिभिल बैंकले आव २०७४/७५ को नाफाबाट शेयरधनीलाई ४.०५ प्रतिशत नगद...

च्याउखेतीबाट मनग्य आम्दानी

बर्दिवास, १४ माघ : काममा लगन र समर्पण भएपछि कमाउन विदेश जानु पर्दैन भन्ने...

साल्ट ट्रेडिङ पोखराबाट आठ करोड कारोवार

पोखरा, २५ पुस : साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराले चालु आर्थिक वर्षको पाँच महीनामा...

बूढीगङ्गाले कर घटाउने

पथरी, २५ पुस : बूढीगङ्गा गाउँपालिकाले व्यवसाय कर घटाउने भएको छ । व्यवसायीको अनुरोधलाई...

Advertisement Advertisement Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट