Advertisement Advertisement

प्रवासमा नेपालमा जस्तो साहित्यको सिण्डिकेट छैन

मनि राई ‘गोठाले’
साहित्यकार तथा कार्टुनिष्ट

२०२० सालमा पूर्वीभारतको मणिपुरमा जन्मेका मनि राई ‘गोठाले’ धरानलाई कर्मथलो बनाउँदै निरन्तर सिर्जना गर्ने र विभिन्न साहित्यिक कार्यक्रमहरू आयोजना गरिरहन्छन् । लगभग दुई दशक प्रवासमा बिताएका गोठाले प्रवासका दैनिक तथा साप्ताहिक पत्रपत्रिकामा कार्टुन तथा त्यहाँबाट प्रकाशन हुने कृतिहरूको आवरण कोरेर लेखक तथा चित्रकारहरूको मन जितेका गोठाले स्वदेश आएर पनि तिनै क्रियाकलापमा सक्रिय छन् । उनै गोठालेसँग नयाँ अनलाइनका लागि प्रकाश दिप्साली राईले गरेको कुराकानीको अंश ।

हिजोआज के गर्दै हुनुहुन्छ ?
अहिलेको वर्तमान अवस्थामा म कोलाज (मैला, कसिङ्गर, धुलो, पात, पत्कर आदि ईत्यादीबाट तयार पारिएको पूर्ण अमूर्त रेखाङकन) आर्टको सक्दो अध्ययन गर्दैछु । र, जे जति सिक्दैछु यी कुराहरू कोलाजप्रेमी नवोदित भाईहरूलाई सिकाउँदै पो छु ।

लेखन के कस्तो चल्दैछ ?
लेखनलाई अलि सुस्त बनाएको छु । तर अलि पृथक र जटिल प्रकारको सोंच आईहाल्यो भने तुरून्तै स्वत लेख्ने कामले अलि फड्को मारिहाल्छ ।

तपाई त राम्रो कार्टुन पनि कोर्नुहुन्छ, कार्टुन र लेखन कुनमा महशुुस गर्नुहुन्छ ?
भाव सिर्जाउने काम त दुवैमा उस्तै हो, तर यसलाई पूर्णता दिनुपर्दा कार्टुन नै अलि सहज लाग्छ मलाई ।

प्रवासमा पनि निक्कै समय रहनु भो, प्रवासमा नेपाली साहित्यको अवस्था कस्तो पाउनु भयो ?
प्रवासमा नेपाली साहित्यको अवस्था उल्लेखनिय छ । स्वच्छ र पाच्य प्रतिशपर्धा छ । भनौ न, नेपालमा जस्तो नेपाली साहित्यमा सिण्डिकेटको जगजगी छैन ।

स्वदेश र प्रवासमा सिर्जना गर्न कहाँ चुनौतीपुर्ण छ ?
विदेशमा नै अलि चुनौति छ । अर्काको आँगन, पराधिन शरीर जो छ । तर यहाँ आºनो स्वतन्त्र ढंगले सिर्जना गर्न सकिन्छ ।

तर मनि राई गोठाले प्रवासमा जस्तो सिर्जनशील हुन सकेन भन्छन् नी ?
नसकेको होईन, अलि ग्यापमा बसेको हुँ । किनभने सबैको उस्तै र म पनि उई जस्तै नहोउँ भन्ने मेरो सोंच हो ।

भावी योजना के छ ? कुनै कृति तयारी छ की ?
मेरो दाँवलीहरूको एउटा झुण्ड बनाएर नेपाली साहित्यमा पृथकतावाद हावी गराउने योजनामा छु । कविता सङ्ग्र्रहको लागि कविताहरू तयारी छ, प्रकाशक खोज्दैछु तर भेट्टाएकै पो छुईन हौ । सायद मैले सोचेजस्तो भयो भने चाडै कविता कृतिको तयारीमा छु ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

कविताका लागि कला आवश्यक हुन्छ -बद्री भिखारी

नेपाली साहित्याकाशमा निरन्तर रुपमा सक्रिय रहदै आएका इटहरीका कवि बद्री भिखारीको कविता संग्रह समुद्र...

औंलामा गन्न सकिने नारी लेखकहरू उत्पादन हुनु पनि गर्वको कुरा हो – रेखा सुवेदी

नेपाली साहित्यमा नारी लेखकहरूको उपस्थिति कम छ । उनीहरूको आ–आफ्नै व्यथा छन् । तर...

प्रवासमा नेपालमा जस्तो साहित्यको सिण्डिकेट छैन

मनि राई ‘गोठाले’ साहित्यकार तथा कार्टुनिष्ट २०२० सालमा पूर्वीभारतको मणिपुरमा जन्मेका मनि राई ‘गोठाले’...

महाधिवेशन, आन्दोलन र एकता र सहकार्यबारे केन्द्रीय बैठकले निर्णय लिनेछ -पालुङ्वा

केपी पालुङ्वा, केन्द्रीय अध्यक्ष − राष्ट्रिय जनमुक्ति पार्टी अस्वस्थताको कारणले करीब एक महिना उपचार...

Advertisement Advertisement Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट