
हङकङ, १९ माघ । ‘बलिहाङ तङनामः मेरो मानसपटलमा’ कविता सङ्ग्रह ल्याइसकेकी मनु कन्दङ्वाले पुन गीतहरुको सङ्गालो डायरी ल्याएकी छिन् । हङकङको क्याफे वान बीचमा शनिबार उक्त कृतिको विमोचन भएको छ ।
परम्परागत रुपमा गरिने औपचारिक कार्यक्रमहरु भन्दा फरक रहेर साथीभाइहरुबीच बिबिक्यु पिकनिक कार्यक्रममा एल्बमको विमोचन गरिएको थियो ।
मनुका ५ रचना रहेको गीति एल्बमका सबै गीत पूजन लोहागणले संगीत गरेका छन् । उनी सिक्किमेली संगीतकार हुन् । जसमा अनुपमा प्रधानले ३ गीतमा स्वर भरेकी छिन् भने निखिता थापा र सुनिता थेगिमले १/१ गीत गाएका छन् ।
गीतहरुको एरेन्ज सुमित विश्वकर्मा, गोपाल रसाइली, चाँद सिं र फणिन्द्र राईले गरेका छन् भने मिक्सिङ र मास्टरिङ मिन बिष्टले गरेका छन् ।
वरिष्ठ संगीतकार दिनेश सुब्बा, वरिष्ठ गायक ज्ञान सुब्बा लगायत नेपालबाट आएकी अतिथि गायिका तायाहाङमा राईको पनि कार्यक्रममा उपस्थिति थियो ।
गीतकार छेवाङ लामा र रबिन राई, कवयित्री सुनिता गिरी, लेखिका इन्द्र थेगिम, रेनु राई, र डोमा शेर्पाले पनि कार्यक्रममा सहभागिता जनाएका थिए ।
एल्बममा समावेश त्यो भेट र अर्कै संसार गीतलाई युट्युवमा लिरिकल भिडियो हेर्न र सुन्न पनि सकिने छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।