Advertisement Advertisement

डिपिएल क्रिकेट – काठमाडौँ लाई इस्लिङटन कलेजको साथ

काठमाडौँ, २३ माघ : धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको तयारीमा रहेको काठमाडौं गोल्डेन्स टोलीलाई इस्लिङटन कलेजले एक वर्षको लागि प्रायोजन गरेको छ । 

यही माघ २६ देखि आगामी फागनु ११ गतेसम्म धनगढीको फाप्ला मैदानमा हुने तेस्रो संस्करणको उक्त प्रतियोगितामा सहभागी टोली काठमाडौंलाई इस्लिङटन कलेजले एक वर्षको लागि प्रायोजन गरेको हो । सम्झौताको रकम भने खुलाइएको छैन । 

आज यहाँ आयोजित एक कार्यक्रममा कलेजका प्रमुख सुलभ बुढाथोकी र काठमाडौं टोलीका मालिक रमेश सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । यस सम्झौतासँगै काठमाडौँ गोल्डेन्स टोलीले अब काठमाडौं गोल्डेन्स इस्लिङटन कलेजको नामबाट डिपिएल खेल्नेछ । 

उक्त कार्यक्रममा प्रतियोगितामा सहभागिता जनाउन जाने खेलाडीको विदाई समेत गरियो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको उक्त टोली साविक उपविजेता पनि हो । फाइनल खेलमा धनगढीले काठमाडौँलाई पराजित गरेको थियो । 

यस्तै काठमाडौंले विदेशी खेलाडीका रूपमा भारतीय ब्याट्सम्यान गौरव तामोर र अलराउन्डर अङ्कित दभासलाई समेत अनुबन्ध गरेको जनाएको छ । डिपिएलमा काठमाडाँैंसहित, रुपन्देही च्यालेन्जर्स विराटनगर किङस, धनगढी स्टार्स, सीवाईसी अत्तरीया र महेन्द्रनगर युनाईटेडले प्रतिस्पर्धा गर्नेछन् । 

सम्बन्धित शीर्षकहरु

सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

अछाम, ८ फागुन : सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको...

नेपालद्वारा मलेशियासामु १२७ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, ७ फागुन : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको...

महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण

काठमाडौँ, ६ फागुन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले साफ च्याम्पियनशीप फुटबलको तयारीमा रहेको...

विश्वकप क्वालिफायर : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

काठमाडौँ, ६ फागुन : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि...

Advertisement Advertisement Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट