Advertisement Advertisement

लागुऔषधसहित दुई युवक पक्राउ

लहान, २७ माघ: प्रतिबन्धित लागुऔषधसहित आज बिहान लहान नगरपालिका–३ स्थित बसपार्कबाट दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहमा सोही वडा निवासी २५ वर्षीय रामबाबु शर्मा र उदयपुरको त्रियुगा नगरपालिका–७ निवासी २७ वर्षीय आशिष सिलवाल रहेको प्रहरीले जनाएको छ । 

लहान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बसपार्कबाट दुवै जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । 

पक्राउ परेकाको साथबाट फेनारगन–९ एम्पुल, डाईजिल्याब नौ एम्पुल र नुफिन ८ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले सिरहा विष्णुपुर–५ बाट करीब रु ५० हजार मूल्य बराबरको अवैधरूपमा ल्याइएको समान बरामद गरेको छ । 

(रासस)

सम्बन्धित शीर्षकहरु

भूकम्पले क्षति पुगेका ४० हजार घर पुनःनिर्माण

बेत्रावती, १२ फागुन : नुवाकोटमा भूकम्पले क्षति पुगेका ४० हजारभन्दा बढी घरको पुनःनिर्माण भएको...

सांस्कृतिक सम्पदा संरक्षणमा अष्ट्रियाको आर्थिक सहयोग

काठमाडौँ, १० फागुन : अष्ट्रियाले नेपालका सांस्कृतिक सम्पदा संरक्षणमा आर्थिक सहयोग उपलब्ध गराउने घोषणा...

गोर्खा सैनिकको समस्याबारे अध्यक्षको चासो

ललितपुर, १० फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

पत्रिका जलाइयो

लहान, १० फागुन :पत्रिका जलाइयो अज्ञात समूहले आज बिहान सिरहाको लहानमा विभिन्न राष्ट्रिय पत्रिका...

Advertisement Advertisement Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट