Advertisement Advertisement

ठेकेदार र कामदार कारवाहीमा

बनेपा, २७ माघ : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ सरस्वती बजारस्थित घर बनाउने क्रममा माथिल्लो तल्लाबाट फलामको पाइप खसेर पैदलयात्रीको मुत्यु भएपछि प्रहरीले ठेकेदार र कामदारलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ । 

सरस्वती बजारस्थित सुवर्ण श्रेष्ठको घर बनाउने क्रममा गत सोमबार माथिल्लो तल्लाबाट फलामको पाइप खसेर पैदलयात्री महाभारत गाउँपालिका–३ का ५५ वर्षीय देवीबहादुर ठाडा मगर घाइते भएका र उहाँको उपचारका क्रममा मुत्यु भएपछि प्रहरीले ठेकेदार र कामदारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार भक्तपुर नगरपालिका–२ घर भएका ठेकेदारे कृष्णराम अवालसहित दुई कामदारलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ । 
“ठेकेदारसहित तीनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ”, प्रहरी नायब उपरीक्षक गिरीले भन्नुभयो, “उहाँहरुले लापर्वाही ढङ्गले काम गरेर निर्माण सामान खसी पैदलयात्रीको मुत्यु भएको छ, थप अनुसन्धान भइरहेकाले ज्यान मुद्दा सम्बन्धीको कारवाही हुनसक्छ ।” 

घरधनी श्रेष्ठले भने यसअघि नै मृतक परिवारलाई ६ लाख क्षतिपूर्ति उपलब्ध गराइसकेको मृतकका आफन्त उपेन्द्र ठाडा मगरले बताउनुभयो । ठेकेदारले भने क्षतिपूर्ति दिन इन्कार गरेको र कानून बमोजिम नै हुने बताएपछि त्यहीअनुसार प्रक्रिया अगाडि बढाइएको छ । मृतक मगर महाभारत गाउँपालिका–३ का वडा सदस्य समेत हुनुहुन्थ्यो । 
(रासस)

सम्बन्धित शीर्षकहरु

आकर्षणको केन्द्र बन्दै ‘महभीर झर्ना’

भोजपुर, १२ फागुन : पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको...

राष्ट्र बैंकको सहुलियत कर्जा कार्यक्रम

सुर्खेत, १२ फागुन : नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम...

डीक्राको डेउडामा काठमाडौं झुम्यो

देवेन्द्र सुर्केली काठमाडौं, ११ फागुन । जमलको राष्ट्रिय नाचघरमा बाजुरेली भाषामा लज्जामिश्रित तर धक...

सानो हात्तिवन माङहिम व्यवस्थापन समितिको छैटौं अधिवेशन सम्पन्न

ललितपुर ११ फागुन । किरात तीर्थस्थलको रुपमा परिचित सानो हात्तिवन माङहिम व्यवस्थापन समितिको छैटौं...

Advertisement Advertisement Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट