Advertisement Advertisement

सार्वभौम सपना

लक्ष्मी थापा, भक्तपुर


फूल, अबिर अनि पीत वस्त्रले
सजिएको मेरो डोली !
अब कहिल्यै सिङ्गार्न नपर्ने गरी
यसरी सिङ्गारिएको थियो कि
जहाँ अस्ताउन लागेको घामले
हिमाललाई स्पर्श गर्दाको रंग
चौतर्फी पोतिएको थियो
मेरो पीत वस्त्रमाथि

फूल बर्सिदै गर्दा तछाडमछाड गर्दै
आफू सुइँरोमा उनिनु पर्दाको
सबै भुलेर पीडा
फूलका हारहरूले मनोहर
बनाएका थिए – मेरो नश्वर शब्दातित डोली

अबिरको रंग पनि
अन्तिम सत्यको तरङ्गमा
अझ गाढा बनाउँदै
मेरो डोलीलाई
अगम्य स्पर्श नगरेरै
पोखिएको थियो – मलाई सजाउन

अनि म
यसरी रङ्गिएँ,सिङ्गारिएँ र सजिएँ
ओहो ! दिव्यताले प्रदीप्त
मेरो अलौकिक सुन्दरता !

खै कसरी बयान गरूँ म !
मैले देखेको त्यो आगत उनेको
सार्वभौम सपना।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

मातृभाषामा गुञ्जिए बेलायती कविहरू

२१ फेब्रुअरी, आसफोर्ड(बेलायत)/आसफोर्डको चिसोलाई लत्याउँदै बिहीबार साँझ एक हूल कविहरू गोरखा भिल्लामा जम्मा हुँदै...

गजल

फबिन तुम्बापो हिजोआज मान्छे यतिसम्म गद्दार लाग्छ घर रुँग्ने कुकुर बरु मलाई बफादार लाग्छ...

गजल

चन्द्र बाज्यू तामाङ जति सुकै कसी लाऊ सुन त सुनै हो सम्झ बिर्स तिम्रो...

समाजसेवी होमनाथ घिमिरे स्मृति ग्रन्थ प्रकाशन गरिने

काठमाडौँ, ५ फागुन २०७५ । समाजसेवी होमनाथ घिमिरेको स्मृतिमा ‘होमनाथ घिमिरे स्मृति ग्रन्थ’ प्रकाशन...

Advertisement Advertisement Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट