Advertisement

केन्स चलचित्र महोत्सवमा बम आतङ्क र भागदौड

केन्स (फ्रान्स), ७ जेठ । फ्रान्सको केन्स नगरमा आयोजित विश्व प्रसिद्ध चलचित्र महोत्सव पालाइ डे फेस्टिभल हलको परिसरभित्र वेवास्तापूर्वक राखिएको एउटा शङ्कास्पद ब्यागमा बम राखेको हुन सक्ने हल्ला फैलिएपछि यहाँ भेला भएका हजारौंँ दर्शकमाझ भाग दौड मच्चिएको छ ।

महोत्सवमा प्रतिस्पर्धा गर्न तयारी गरिएको एउटा प्रसिद्ध चलचित्र रिडाउटेबल प्रदर्शन हुनु अगाडि बम बिस्फोट हुनसक्ने सतर्कता सूचना जारी गरिएपछि प्रदर्शनी हलभित्र जान निषेध गरिएको र हल खाली गर्ने क्रममा हलभित्र प्रवेश गरिसकेका सबैलाई तत्कालै बाहिर पठाउँदा हतार हतारमा भाग दौड मच्चिएको थियो ।

घटनास्थलमा तत्कालै फ्रान्सेली प्रहरीको बम तथा बिस्फोटक पदार्थ विशेषज्ञ टोली र बिस्फोटक पदार्थ पत्ता लगाउन सक्ने आघ्राण शक्ति भएका कुकुरसमेत ल्याई अनुसन्धान जाँच पड्ताल गर्दा त्यस्तो कुनै पनि प्रकारको बिस्फोटक पदार्थ फेला नपरेपछि सतर्कता सूचना हटाइएको र उक्त चलचित्र प्रदर्शनको क्रम पुनःसुचारु गरिएको छ ।

घटना पश्चात् केन्स चलचित्र महोत्सवमा ब्यापक सुरक्षा बढाइएको र सम्पूर्ण परिसरलाई कडा सुरक्षा निगरानीभित्र राखिएको छ ।

विगतका केही महिनामा फ्रान्सलगायत अन्य युरोपेली राष्ट्रहरुमा आतङ्ककारी बम आक्रमणका घटनामा वृद्धि भइरहेका छन् । केन्स महोत्सवमा भएको यस बम आतङ्कको हल्लापश्चात् करिब पाँचसय स्थानमा थप सिसिटिभी क्यामेरा जडानगरी निगरानी बढाइएको छ ।

महोत्सब परिसरतर्फ जाने बाटो–क्रोसेट रोडमा कोही पनि जथाभावी दौड्न नसकून भन्ने प्रयोजनले चारसय थान ठूलाठूला गमलाहरु तेस्र्याई सुरक्षा ब्यबस्था तीब्र पारिएको पनि जनाइएको छ ।

कारागारमा बन्दी जीवन ब्यतीत गरिरहेको एक जना कैदीको मनोदशा र उसले गरिरहेको मानसिक सङ्घर्षबारे बर्णन गरी फिल्माङ्कन गरिएको एउटा अत्यन्त रोचक चलचित्र – अ प्रेयर बिफोर डाउन महोत्सव उद्घाटनको पहिलो दिन गतः शुक्रबार प्रदर्शन गरिएको थियो ।

ख्यातिप्राप्त फ्रान्सेली निर्देशक स्टिफेन सोभाइरद्वारा निर्देशित उक्त प्रसिद्ध चलचित्र हजारौँ दर्शकले भावुक हुँदै हेरेका थिए । यस वर्ष आयोजित ७० औँ केन्स फिल्म फेस्टिभल यस महिनाको २८ तारेखसम्म चल्ने बताइन्छ । रासस/सिन्ह्वा

सम्बन्धित शीर्षकहरु

७२ प्रतिशत महिलाले अर्गज्ममा पुग्न क्लिटरल उत्तेजना अावश्यक पर्ने

यदि तपाई आफ्नो महिला पार्टनरलाई यौन सम्पर्कका क्रममा चरमोत्कर्ष पुराउनका लागि पेनिट्रेटिभ अर्थात गहिराईसम्म...

सनी लियोनले जन्माइन जम्ल्याहा

अश्लिल चलचित्रमा काम गरेर बलिउडमा आफ्नो स्थान बनाइरहेकी बलिउड अभिनेत्री सनी लियोनले एकै पटक...

केन्स चलचित्र महोत्सवमा बम आतङ्क र भागदौड

केन्स (फ्रान्स), ७ जेठ । फ्रान्सको केन्स नगरमा आयोजित विश्व प्रसिद्ध चलचित्र महोत्सव पालाइ...

आमा हेलनको बायोपिक बनाउँदै सलमान

एजेन्सी, सलमान खानले आफ्नी आमाको बायोपिक बनाउने भएका छन् ।उनले आफ्नी आमा हेलनको बायोपिक...