Advertisement

बाम गठबन्धलाई झापाली चेलि मनुको खुल्ला पत्र

प्रिय बाम गठबन्धन नमस्कार

तपाईहरुले हिजो निर्वाचनका बेला देखाएका सपनाको महलमा बसेका जनतालाई आलोपालोको कुरा गरेर फेरि नअल्मलाउ है ल । कहिले पार्टी एकीकरण होला अनि ढुक्कले ५ वर्षे सरकार चल्ला र देशको बिकासले छलाङ मार्ला अनि लामो समय सम्मको राजनीतिक अन्यौलताले पनि निकास पाउला भन्ने आसामा छौ हामी ।

हुन पनि हो नौ महिने सरकारले हामी जनतालाई धुरुक्क रुवाउनु सम्म रुवाएको थियो त्यसैले त जनताले त्यहि आशा र भरोसाले २ तिहाइ मत ल्याउन सफल भयौ । ओली हजुरबाको उखान टुक्कामा आधारित भाषणको ५ प्रतिशत मात्र काम भयो भने पनि हामीले अहोभाग्य सम्झनुपर्छ भन्ने ठानेको छौ ।

रेलमा गुड्ने पानीजहाजमा चडने सपनालाई एकछिन थाती राखेर बरु ती बिग्रेका बाटा कच्ची सडक पुल बिहिन खोलानाला तिर पो नजर पुर्याउने होकी बरु अझै पनि पहाडी जिल्लामा घन्टौ पैदल यात्रा गरेर स्कुल जान बाध्य ती बालबालिका अझ भनौ स्कुल जानै नपाएका कैयौं ती बालबालिका जो गरिबी र चेतनाको कमिले गर्दा तेत्तिकै आफ्नो जीवन अन्धकारमय बनाउन बाध्य छन् । त्यता पहिला ध्यान पुर्याउने होकि ?

कैयौं ती सडकको बास जो यो पुसको चिसो भुईमा बोरा ओडेर कयौ रात ननिदाई रात काटछन्, ती हजारौं युवा जो परिवार सँग रमाउने इच्छालाई तिलान्जलि दिदै रोजगारीको अभावमा विदेसिएका छन्, ती कैयौ नेपाली चेली जो रोजगारीको अभावमा बिदेसिएर यौनपिपासुको नजरबाट वच्न नसकेर आत्महत्या गर्न बाध्य छन्, जवरजस्ति आफुलाई सुम्पन बाध्य छन् त्यता ध्यान पुर्याउँछौ कि ?

अहिले जन–जनका प्रश्न धेरै छन् उत्तर दिन सक्छौ ? सर्वहारा वर्गको कुरा गर्याउ समृद्ध समाजको परिकल्पना रच्यउ पहिचानका कुरा उठाएउ कसरी बिर्सन सक्छौ ? अझैपनि यो देशलाई कहिले दक्षिणको भरमा त कहिले उत्तरको इशारामा नचाउन खोज्दैछौ भने नेपालआमाले सधैं बैसाखीकै भरमा कति उभिनु पर्ने जवाफ भोली कसरी दिन्छौ ?

गठबन्धन चुनावी दाउपेच मात्र नबनोस, अनि फेरि पनि आम नेपालीहरु राजनीतिको भरयाङमात्र नबनुन यो मेरो सुझाब पनि हो । चुनाव सकिए लगत्तै भागबण्डा मिलाउन आलो पालोको कुरा गरेर आम मतदाताको मन फेरि टुक्राटुक्रा नपारीदेउ बिन्ती ।

उही यो देशलाई माया गर्ने एक शुभचिन्तक

मनु मोक्तान (तामाङ) शिवसत्ताक्षी झापा

सम्बन्धित शीर्षकहरु

‘केसाम्वाको कथा र केलाङको यात्रा’

कला वार्ता ताप्लेजुङको मिक्वा खोलाबाट सुरु हुन्छ उनको कथा । याक्थुङ किंवदन्तीअनुसार उहिले ताँतीका...

गाऊँका सेलिव्रिटी सुरोज याक्थुङ्बा मादेन

देवेन्द्र सुर्केली सुदुरपूर्वी नेपालको ताप्लेजुङको फुङ्लिङमा जन्मिएका हुन् सुरोज मादेन । वि.सं. २०२५ सालमा...

सिने क्षेत्रमा शोम्या

काठमाडौं, भदाैं ६ । नेपाली मोडलिङ र कलाकारिता क्षेत्रमा एक दशक देखि लागि पर्दै...

जनकपुर–अयोध्या बससेवा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार उदघाटनपछि जनकपुरदेखि भारतको अयोध्यासम्मका लागि शुक्रबार प्रस्थान गर्ने बस...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट