Advertisement

सनी लियोनले जन्माइन जम्ल्याहा

अश्लिल चलचित्रमा काम गरेर बलिउडमा आफ्नो स्थान बनाइरहेकी बलिउड अभिनेत्री सनी लियोनले एकै पटक दुई सन्तानकी आमा बनेकी छन्।

गत वर्ष सनी लियोनले एउटा बच्ची गोद लिएकी थिइन् । र यसपटक एउटा फोटो शेयर गरेकी छन्, जसमा उनका श्रीमान र सोही बच्चीका साथै दुई साना बच्चा पनि देखिएका छन् ।

सामाजिक सञ्जालमा उक्त तस्वीरका साथ सनीले लेखेकी छन्–यो इश्वरको कृपा हो !!! २१ जुन, २०१७ को दिन थियो जब श्रीमान र मलाई यो अन्दाजा भएको थियो कि केही समय पछि नै हाम्रा तीन सन्तान हुनेछन्।

‘हामीले योजना बनायौ र परिवार बढाउने कोशिसमा लाग्यौ र यति वर्षपछि अशर सिंह भेबर, नोहा सिंह भेबर र निशा कौर भेबरका साथ यो परिवार अन्ततः पूरा भयो ।’

‘हाम्रा छोराहरुको जन्म केही दन पहिला भयो । तर हाम्रो मन र आँखामा यो बितेका कयौ वर्ष थिए । इश्वरले हाम्रा लाग विशेष योजना बनाएर राखेका थिए । र, हामीलाई ठुलो परिवार दिए । हामी तीन सुन्दर बच्चाका आमाबाबु हौ, जसमाथि गर्व छ । यो सबैका लागि सरप्राइज हो ! ’

सनी लियोनका श्रीमानले पनि यही तस्वीर शेयर गरेका छन् र साथमा लेखेका छन्–नोहा र अशर भेबरलाई हेलो भन्नुस् । जिन्दगीको अलग अध्याय । करन, निशा, नोहा, अशर र म ।

तर के यी बच्चाहरुलाई सनी लियोनले जन्म दिएकी हुन्, यो सवाल सामाजिक सञ्जालमा सोधिएको छ, केहीबेर पछि नै उनी स्वयमले यसको जवाफ दिएका छन् ।

सनीले लेखेकी छन्–ताकि कुनै भ्रम नहोस, म चाहन्छु कि अशर नोहा हाम्रा बायोलजिकल बच्चा हुन् ।हामीले कयौ वर्ष पहिला परिवार पूरा गर्नका लागि सरोगेसीको विकल्प चुनेका थियौ र अब यो अन्ततः पूरा भयो । म निकै खुस छु । एजेन्सी

सम्बन्धित शीर्षकहरु

७२ प्रतिशत महिलाले अर्गज्ममा पुग्न क्लिटरल उत्तेजना अावश्यक पर्ने

यदि तपाई आफ्नो महिला पार्टनरलाई यौन सम्पर्कका क्रममा चरमोत्कर्ष पुराउनका लागि पेनिट्रेटिभ अर्थात गहिराईसम्म...

सनी लियोनले जन्माइन जम्ल्याहा

अश्लिल चलचित्रमा काम गरेर बलिउडमा आफ्नो स्थान बनाइरहेकी बलिउड अभिनेत्री सनी लियोनले एकै पटक...

केन्स चलचित्र महोत्सवमा बम आतङ्क र भागदौड

केन्स (फ्रान्स), ७ जेठ । फ्रान्सको केन्स नगरमा आयोजित विश्व प्रसिद्ध चलचित्र महोत्सव पालाइ...

आमा हेलनको बायोपिक बनाउँदै सलमान

एजेन्सी, सलमान खानले आफ्नी आमाको बायोपिक बनाउने भएका छन् ।उनले आफ्नी आमा हेलनको बायोपिक...