Advertisement

७२ प्रतिशत महिलाले अर्गज्ममा पुग्न क्लिटरल उत्तेजना अावश्यक पर्ने

यदि तपाई आफ्नो महिला पार्टनरलाई यौन सम्पर्कका क्रममा चरमोत्कर्ष पुराउनका लागि पेनिट्रेटिभ अर्थात गहिराईसम्म लैजाने सेक्स पर्याप्त छ भन्ने सोच्नु हुन्छ भने एउटा अध्ययनले तपाईको यो सोच गलत सावित गर्न सक्छ ।

जर्नल अफ सेक्स एण्ठ मेरिटल थेरापीमा प्रकाशित अध्ययनको नतिजाअनुसार ७२ प्रतिशत महिलाहरुले आफ्ना लागि अर्गज्मसमम पुग्नका लागि क्लिटरल उत्तेजना आवश्यक पर्ने बताएका छन् ।

अध्ययनमा क्रममा गरिएको सर्भेमा १८ देखि ९४ वर्ष उमेर समूहका १ हजार ५५ जना महिलालाई सहभागी गराइएको थियो । जसलाई अनलाइन माध्यमबाट आफ्नो यौन जीवनका बारेमा केही प्रश्न सोधिएको थियो ।

यो सर्भेको नतिजा निकै रोचक छ । एकातिर जहाँ ३६.६ प्रतिशत महिलाले अर्गज्मका लागि क्लिटरल उत्तेजना निकै आवश्यक भएको बताए । ३६ प्रतिशत महिलाका अनुसार उनीहरुलाई अर्गज्मका लागि भजाइनल पैंपरिंगको आवश्यकता पर्दछ । जबकि १८.४ प्रतिशत महिलाले आफूलाई मात्र पेनिट्रेटिभ सेक्स नै आफ्ना लागि अर्गज्मसम्म पुग्न काफी रहेको स्वीकार गरे ।

यो सर्भेमा महिलाहरुसँग यो पनि सोधिएको थियो कि कुन प्रकारको यौन उत्तेजनामा उनीहरुलाई सबैभन्दा बढी आनन्द आउने गर्दछ ? यसको जवाफमा रिदमिक मोशन, डिफरेन्ट पैटर्न र सर्कलिंगलाई सबैभन्दा बढी महिलाले मन पराए ।

यो सर्भेमा अधिकांश महिलाले स्वीकार गरे कि जब सेक्सभन्दा पहिला फोरप्लेमा बढी समय दिइन्छ र जब उनीहरु पार्टनरका साथ इमोशनली अट्याच्ड रहन्छन् तब उनीहरुलाई अधिक अर्गज्म महशुस हुन गर्दछ । यसका साथै सर्भेमा समावेश ५ मध्ये एक महिलाले मात्र सेक्स जति लम्बियो त्यति नै राम्रो हुने बताइन्, अर्थात अन्य अधिकांश महिलाहरुले कम ड्युरेशनलाई उत्तम बताए । एजेन्सी

सम्बन्धित शीर्षकहरु

७२ प्रतिशत महिलाले अर्गज्ममा पुग्न क्लिटरल उत्तेजना अावश्यक पर्ने

यदि तपाई आफ्नो महिला पार्टनरलाई यौन सम्पर्कका क्रममा चरमोत्कर्ष पुराउनका लागि पेनिट्रेटिभ अर्थात गहिराईसम्म...

सनी लियोनले जन्माइन जम्ल्याहा

अश्लिल चलचित्रमा काम गरेर बलिउडमा आफ्नो स्थान बनाइरहेकी बलिउड अभिनेत्री सनी लियोनले एकै पटक...

केन्स चलचित्र महोत्सवमा बम आतङ्क र भागदौड

केन्स (फ्रान्स), ७ जेठ । फ्रान्सको केन्स नगरमा आयोजित विश्व प्रसिद्ध चलचित्र महोत्सव पालाइ...

आमा हेलनको बायोपिक बनाउँदै सलमान

एजेन्सी, सलमान खानले आफ्नी आमाको बायोपिक बनाउने भएका छन् ।उनले आफ्नी आमा हेलनको बायोपिक...