Advertisement

गाऊँका सेलिव्रिटी सुरोज याक्थुङ्बा मादेन

देवेन्द्र सुर्केली


सुदुरपूर्वी नेपालको ताप्लेजुङको फुङ्लिङमा जन्मिएका हुन् सुरोज मादेन । वि.सं. २०२५ सालमा स्व. प्रसादसिंह मादेन र स्व. छतिमाया पालुङ्वाको कोखबाट जन्म लिएका मादेनले तमोर दोभान, पुर्वै मेचीको, शीरवन्दी डोलीमा, लेकवेशी, ताप्लेजुङको तोङ्बा सुकुटी आदि एल्बम निकालिसकेका छन् । अब चाडै नै पालाममा आधारित एल्बम आउन लागेको छ । उनीसँग नयाँ अनलाइनको कार्यालयमा केही भलाकुसरी गरिएको थियो ।

स्थानीय सिम्ले प्राविमाबाट प्रारम्भिक शिक्षा लिएका मादेनले भानु माविबाट माध्यमिक शिक्षा पुरा गरेका हुन् । मादेनले क्याम्पस भने पढ्न पाएनन् । लिम्बूको छोरा भएकोले लाहुर भिडे । लाहुरको प्रसँग निस्किएपछि उनले भने –त्यहि लाहुरको कारण त पढाई बिग्रिएको हो ।

मादेनले व्रिटिस आर्मीमा भर्ति हुन नसकेपछि भारतीय आर्मीमा पनि कोशिष गरेका रहेछन् । लिम्बू युवाहरू भन्थे –पहिलो नम्बर व्रिटिस आर्मी, दोश्रो भारतीय सेना, तेश्रो नेपाली सेना त्यो पनि भएन भने पुलिस । केही नभए अनौको टुप्पा समाएर बस्छु । तर मादेनले व्रिटिस र भारतीय सेनामा पास नभएपछि नेपाली सेना या पुलिसतर्फ भने सोच नराखेको बताए ।

लिम्बू परिवारमा कोही न लाहुरे अनिवार्य हुने लिम्बू परिवारमा सुरोजको पनि आफ्नै दाई लाहुरे छन् ।

युवाअवस्था र धाननाच
लिम्बू युवायुवतीहरू युवावस्था पुगेपछि धान नाच्ने गर्दछन् । साइनो नलाग्ने युवायुवतीबिच धान नाचेर प्रेम गर्न र विवाह गर्नसमेत सक्छन् । सुरोजले धान नाचेको स्मरण गरे । हाटबजारमा सोल्टिनीहरूसँग भेट भएको यस्तै पालामार्फत आफ्ना कुराहरू राख्ने पनि बताए ।

कतै तपाईको विवाह पनि धान नाचेरै त होइन भन्ने प्रश्नमा उनले यसो भने –हाजिरी विवाह गर्नुभएछ, धान नाच्दाको मेन्छ्याहरू धेरै रिसाए होलान् भन्ने जिज्ञासा राख्दा त्यस्तो रिसाउनेगरी धान नाचिएनछ ।

त्यस समयमा एल्बम निकाल्ने मान्छे गाउँघरमा ‘सेलिव्रिटी’ नै बनिहाल्थे । सुरोजले यस एल्बममार्फत गाउँघरमा चिनजान गर्ने अवसर प्राप्त भएको बताएका थिए । कार्यक्रममा गाउने निम्तो आएको तथा जिल्लाबाहिर पाँचथरसम्म पुगेर गाउने अवसर पाएको पनि बताएका थिए ।

उनले एल्बम निकालेको समयमा गीत रेकर्ड गर्न तथा एल्बम निकाल्न काठमाडौं नै आउनुपथ्र्यो । उनले श्रद्धा क्यासेटबाट एल्बम निकाले तथा वितरणमा पनि त्यही जिम्मा दिएको बताए । उनले रोयल्टी भने खासै नपाएको कुरा गरे । एउटा एल्बमको दुई रूपैया भएको र काठमाडौ आउँदा यसो अलि अलि पाउने गरेको बताए । आफ्नो एल्बमलाई ‘पुस सेल’ पनि नगरेको बताए सुरोजले । साथै पुरानो गीतहरू सबै हराइसकेको उनले बताए ।

आफ्ना गीतहरू पाए जुकेबक्स बनाउन सक्ने थिएँ, तर श्रद्धासँग पनि पुराना गीतहरू रहेनछन् । केही पाए पुनरेकर्ड नै गर्ने उनको अभिलाषा रहेछ ।

पुर्वै मेचीको नामक दोश्रो एल्बम उनले निकालेका रहेछन् । त्यसपछि शीरवन्दी डोलीमा, लेकवेशी, ताप्लेजुङको तोङ्बा सुकुटी आदि एल्बम निस्किसकेका छन् । अब चाडै नै पालाममा आधारित एल्बम आउन लागेको बताए ।

गाऊँ नै प्यारो
उनी गाउँमा साधारण खेतीकिसानीमै रमाइरहेको बताए । श्रीमतीसहित तीनछोरा र एक बुहारी रहेको परिवार छ उनको । छोराहरू पढ्दै गरेका र लाहुर जाने मनशाय नराखेको पनि बताए । समाजमा सक्रिय रहेका सुरोजलाई कुनै राजनीतिक विचारसँग आस्था त छ । तर चुनावमा जाने विचार चै छैन ।
दैनिक दुईघण्टा रियाज गर्ने बानी रहेको छ सुरोजको । लेख्ने, त्यसलाई संगीतवद्ध गर्ने पनि गर्दछन् । हार्मोनियम राम्रोसँग बजाउने सुरोजसँग संगीत सिक्न चाहने आउने गरेको पनि बताए । उनीसँग सिकेका केही आशालाग्दा प्रतिभा पनि जन्मिएका छन् ।

उनले गाउँमा क्लव पनि स्थापना गरेका छन् । साथै छोराहरूलाई मातृभूमि नाक व्याण्डको स्थापना पनि गरिदिएका छन् । चुम्लुङलगायतका संस्थामा पनि सक्रिय रहेका सुरोजको छोराहरूले पनि बुबाको पछि लागेका रहेछन् । यद्यपि छोराहरूको र आफ्नो लाइन चाही नमिल्ने बताए । किनभने सुरोज लोकगीत मन पराउँछन्, छोराहरू पप ।

सुरोज मादेनले गाएका केही गीतहरू पूर्वी पहाडमा राम्रै चलेका छन् । उनका अनुसार शिरवन्दी डोलीमा निकै चलेको हो । मादेनले आफ्नै गाउँठाउँमा बसेर संगीत सिर्जनामात्र गरेनन्, सिंगो ताप्लेजुङ जिल्लालाई चिनाउने गीत पनि सिर्जना गरेका रहेछन् ।

पुरस्कार
गीतसंगीतमा यतिका योगदान गर्नुभयो, देशमा या विदेशमा कन्सर्टहरूमा बोलाइएको भने रहेनछ । बोलाइएको खण्डमा जाने इच्छा भने राखेका रहेछन् । मादेनले रेडियो नेपालबाट स्वरपरिक्षा उतीर्ण गरेका छन् । त्यही नै आफ्नो पुरस्कार ठान्छन् ।

वैदेशिक रोजगारमा पनि
जीवनमा लाहुरे त हुन सकेनन् । तर वैदेशिक रोजगारमा भने एकपटक पुगेका रहेछन् मलेसिया ।

मलेसियामा पनि सांस्कृतिक कार्यक्रमहरू भइरहन्छ । केही एल्बम निकालीसकेको मान्छेले चुप लागेर बसेनन्, उनले सुनाए आफ्ना कथाहरू । अनि केही कार्यक्रममा भाग लिन पाएका रहेछन् ।

मलेसियामा पनि त्यस समयमा गीत रेकर्ड गर्ने, एल्बम निकाल्ने, म्युजिक भिडियो बनाउने हुन्थ्यो । तर सुरोजले नेपालमै धेरै निकालेकोले त्यता निकाल्ने चासो देखाएनन् रे ।

नेपाली बजारमा आफ्नो क्यासेटहरू विक्री भएको देख्दा एकदम खुशी लागेका बताएका थिए । जीवन जसोतसो चलिरहेको नै बताउँदै चाडै नै आफ्ना गीतहरू भिज्युअलमार्फत आउने र हेरिदिनसमेत अनुरोध गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

 

सम्बन्धित शीर्षकहरु

नेपाली कथानक चलचित्र “घरजम”को छायांकन हुँदै

पाँथर, ७ चैत । कुशल इन्टेर्टेन्मेन्टद्वारा निर्मित नेपाली कथानक चलचित्र “घरजम” धमाधम छायांकन भइरहेको...

‘अदालत’ मंगलबारबाट दमौलीस्थित उत्तरशिला चलचित्र मन्दिरमा

तनहुँ, ५ चैत । नेपाली कथानक चलचित्र ‘अदालत’ मंगलबारबाट दमौलीस्थित उत्तरशिला चलचित्र मन्दिरमा प्रदर्शनमा...

म्युजिक भिडियोमा जम्दै साहारा

काठमाडौं, ४ चैत । यसै हप्ता गायक लक्ष्मण लिम्बू र मञ्जु लावतीको स्वरमा रहेको...

‘जवानीमा पहिलो पाईला…’ (भिडियोसहित)

काठमाडौं, ३ चैत । डा. डीआर उपाध्यायको नयाँ गीत ‘प्रेममा पहिलो पाइला…’ सार्वजनिक भएको...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट