Advertisement

गायिका तारा थेबे आइन् तिहार गीतका साथ

नोभेम्बर ३ मा हङकङमा प्रस्तुति दिँदै

काठमाडौं, १४ कात्तिक । विभिन्न खालका गीतहरू प्रस्तुत गर्दै आएकी गायिका तारा थेबेले तिहार गीत लिएर आएकी छिन् ।

छुँदैछ हामीलाई फेरि चाडबाडको लहरले बोलको गीतलाई डीपी खनालले रचना गरेका हुन् । उत्तमजङ लिम्बूको संगीत र संजिव लिम्बूको संगीत संयोजनमा तयार भएको गीतको म्युजिक भिडियो पनि तयार भएको छ ।

विज्ञान राईले निर्देशन गरेको म्युजिक भिडियोमा योगेन राई, रुकमान लिम्बू, सिर्जना चेम्जोङ, सविता राई आदिले अभिनय गरेका छन् ।

म्युजिक भिडियो बुढासुब्बा म्यूजिकको युट्युवबाट सार्वजानिक भएको हो ।

को हुन् तारा थेबे?
ताप्लेजुङको थुम्बेदिन सिनाममा बुबा कर्णराज थेबे र आमा नरमाया थेबेको कोखबाट जन्मिएकी तारा थेबे सानै उमेरमा मोरङको राजघाटमा बसाई सरेकी हुन् । गायिका बन्ने अभिलाषा लिएर काठमाडौैं आएकी ताराले सानोमा गीत गाउनभन्दा नृत्यतिर ध्यान दिन्थिन् । नृत्य गर्दै केही कार्यक्रममा समेत भाग लिएकी थिइन् ।

राजघाटकै अरनिको माध्यमिक विद्यालयबाट एसएसली दिएकी उनको गीत तथा कविता लेख्नमा रुचि पनि छ । उर्लाबारी बिहानी कला केन्द्र नामक संस्थासँग आवद्ध भएर नृत्य र लेखनकार्यमा अगाडि बढ्दा बढ्दै गायनतर्फ अगाडि बढेकी हुन् ।

गायनतर्फ रुचि बढेपछि संगीतको कक्षा लिइन् । शास्त्रीय संगीतमा स्नातक भइन् ।

संगीतमा स्नातक भएपछि एल्बम निकाल्नको लागि साथी योजना पुरीको साथमा काठमाडौ आएकी हुन् । उनकै शब्द र संगीतमा ‘घर हाम्रो पूर्व अञ्चल…’ नामक गीत पहिलो रेकर्डेड हो ।

उनको तिर्खामा लाग्यो, नक्कले कान्छाको, दार्जिलिङ ज्यानको, खरको छानो, के गर्दै छौ लगायतका गीतहरू चर्चामा छन् । युट्युवमा सर्वाधिक हेरिएका पनि छन् ।

उनै गायिका तारा थेबे आगामी नोभेम्बेर ३ तारिक हङकङमा प्रस्तुतिको लागि पुग्दैछिन् । उर्लाबारी हङकङ समाजले आयोजना गर्न लागेको कार्यक्रममा साजन राई, सृष्टि हिङमाङ र चित्र राईको पनि उपस्थिति रहनेछ ।

भिडियो हेर्नुहोस्

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

किड्स एण्ड टिन फेशन मोडल २०१९, सम्पन्न

भक्तपुर,वैशाख ९ । भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर...

ब्रबिम सेर्माको ‘सेवारो नमस्ते’ सार्वजनिक

काठमाडौं, ७ बैशाख । मुन्धुमी गायक भनेर चिनिएका गायक ब्रबिम सेर्माको स्वरमा रहेको नयाँ...

‘पाङ्जुम नु पाङ्यक’ म्युजिक भिडियो सार्वजानिक

काठमाडौं, ७ वैशाख । अटल तुम्बापो र गंगा फियाक स्वरवद्ध गीत ‘पाङ्जुम नु पाङ्यक’...

पारिवारिक चलचित्र ‘फैसला’ सार्वजनिक

पथरी, ६ वैशाख । छोटो कथानक चलचित्र ‘फैसला’ बुधबार भ्यूटावर युट्युब च्यानलमार्फत् सार्बजनिक भएको...