Advertisement

रीता फोम्बो ठूलीको कथामा लघु लिम्बू फिल्म ‘निङ्वासुम’ आउँदै

काठमाडौं, २७ कात्तिक — गीतकार तथा गायिका रीता फोम्बो ठूलीको कथामा लघु लिम्बू फिल्म ‘निङ्वासुम’ तयार पारेका छन् । आफ्नो जन्मघर तेह्रथुमको आठराई, कर्मघर जलजले तथा बेलायतसम्मको दृश्य तथा अहिले बसोबास गरिरहेको बेलायतसम्मको कुरालाई निङ्वासुममा समेटिएको छ ।

सुर्य खापुङ लिम्बूको निर्माण रहेको फिल्ममा लिम्बू समुदायको सांस्कृतिक विरासतसँग जोडिएका पूर्वका ऐतिहासिक स्थलहरू तेह्रथुमको पोक्लाबाङ, सिम्ले, जलजले तोक्मा, आठराई संक्रान्ति बजार, म्याङलुङ, वसन्तपुर, लालीगुराँस नगरपालिकाको चोत्लुङ पार्क र तीनजुरे मिल्के जलजले लगायतका दृश्य समेटिएको छ । इलामको कन्याम र बेलायतबाट पनि केही दृश्य यसमा समेटिएका छन् ।

‘निङ्वासुम’ १५ मिनेटको छोटो फिल्म भए पनि छायांकन गर्न दुई साता लागेको छ । ‘यो फिल्म पूर्वेली लिम्बू समुदायको जीवनशैलीसँग जोडिएको सांस्कृतिक संस्कार भएकाले निकै मिहिनेत गर्नुप¥यो,’ निर्देशक लोकेन साँवाले भने, ‘आधुनिकताले ख्याली र पालामलाई निले पनि पहाडका कुनाकाप्चामा अझै जीवित छ । ख्याली र पालाम लिम्बूले जन्मँदै लिएर आएको हुन्छ ।’

कथा र पालाम गायनमा रीता र भक्ति आङदेम्बेको स्वर सुन्न सकिन्छ । पुष्पा तिलिङ मादेन लिम्बू र दीप केरुङ लिम्बूको मुख्य भूमिका रहेको फिल्ममा गीता फोम्बो (माइली), ओझाहाङ चेम्जोङ, युनिशा निङलेकु, निशा माङ्युङ, भावना निङ्लेकु, विमला सिङगक, आँसु सिङगक, उषा सिङगक, अभिषेक लिम्बू, विवेक लिम्बू, रोसन लिम्बू, सुदेश तुम्बाहाङफे, लीलाप्रसाद पयाङगु, रामरोति लिम्बूको पनि अभिनय छ ।

यसै गीतको साथ केही समय अगाडि आएको मनिष लिम्बू र माङ्गेन्ना लिम्बूको स्वरवद्ध फक्ताङ्लुङ सेसेलाई समेटेर बजारमा ल्याउने भएका छन् । मंसिरमा यसलाई सार्वजानिक गरिने भएको छ ।

ड्रेस डिजाइनर बन्दना सावा लिम्बू, (छथरे ढाका कपडा उद्योग तथा ट्रेनिङ सेन्टर धरान शान्तिपथ लाइन), छायाङ्कन मोति सिग्देल, ड्रोन नागिन धिमाल, ब्यावस्थापन याक्थुङ्बा कुशा (राजु) र ओजाहाङ चेम्जोङ लिम्बू रहेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

किड्स एण्ड टिन फेशन मोडल २०१९, सम्पन्न

भक्तपुर,वैशाख ९ । भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर...

ब्रबिम सेर्माको ‘सेवारो नमस्ते’ सार्वजनिक

काठमाडौं, ७ बैशाख । मुन्धुमी गायक भनेर चिनिएका गायक ब्रबिम सेर्माको स्वरमा रहेको नयाँ...

‘पाङ्जुम नु पाङ्यक’ म्युजिक भिडियो सार्वजानिक

काठमाडौं, ७ वैशाख । अटल तुम्बापो र गंगा फियाक स्वरवद्ध गीत ‘पाङ्जुम नु पाङ्यक’...

पारिवारिक चलचित्र ‘फैसला’ सार्वजनिक

पथरी, ६ वैशाख । छोटो कथानक चलचित्र ‘फैसला’ बुधबार भ्यूटावर युट्युब च्यानलमार्फत् सार्बजनिक भएको...