Advertisement

मुलुककै उत्कृष्ट करदाताको रूपमा नोबेल अस्पताल सम्मानित (भिडियोसहित)


काठमाण्डौं, २ मंसिर । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्ये मुलुकमै सबैभन्दा बढी आयकर तिरे वापत बिराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई सम्मान गरिएको छ । आर्थिक बर्ष २०७३÷०७४ मा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट करदाताको रूपमा नोबेललाई सरकारको तर्फबाट सम्मानित गरिएको हो ।

सातौं कर दिवसको अवसरमा शनिवार राजधानीमा आयोजित कर दिवस समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्मालाई माला लगाएर सम्मानपत्र प्रदान गरे । कार्यक्रममा बिभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरूलाई सम्मानित गरिएको थियो ।

उत्कृष्ट करदाताको रूपमा सम्मानित भएपछि प्रतिक्रिया दिदै नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले स्वास्थ्य र शिक्षा क्षेत्रमा उत्कृष्ट मात्र नभएर राज्यलाई बढी कर तिर्न नोबेल सफल भएकोमा गर्ब लागेको बताए ।

२०६१ सालमा बिराटनगरको कञ्चनवारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय शिक्षाका क्षेत्रमा मुलुककै उत्कृष्ट सस्थाको रूपमा स्थापित भएको छ ।

सम्बन्धित शीर्षकहरु

असहायको दर्बिलो सहारा बन्दै नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा

मोरङ, ६ मंसिर । आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामीहरुका लागि...

मुलुककै उत्कृष्ट करदाताको रूपमा नोबेल अस्पताल सम्मानित (भिडियोसहित)

काठमाण्डौं, २ मंसिर । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्ये मुलुकमै सबैभन्दा बढी आयकर तिरे...

घुम्ती शिविरबाट दुई सय लाभान्वित

म्याग्दी, २ मङ्सिर : म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ पाखापानीको कोटगाउँमा शनिबार सम्पन्न...

धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

कञ्चनपुर, ३० कात्तिक : बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको...