Advertisement

निङ्वासुम पुस २९ मा विमोचन हुँदै


काठमाडौं, २५ पुस । बेलायतनिवासी रीता फोम्बो ठूलीको रचना, स्वर र अभिनय तथा सुर्य खापुङको प्रस्तुति निर्माण भएको लघुचलचित्र निङ्वासुमको पुस २९ गते आइतबार विमोचन हुने भएको छ ।

रातोपुलस्थीत रकहाउस क्याफेमा विमोचन हुन गइरहेको निङ्वासुममा मनिष लिम्बू, माङ्गेना लिम्बू, रीता फोम्बो ठूली, भक्ति आङ्देम्बे, प्रनेश लिम्बू, मनु नेम्बाङ, अनिष माखिम लिम्बूको स्वर रहेको छ । फक्ताङलुङ सेसे, ख्याली पालाम र हाक्पारे गीतहरू समेटिएको एल्बमका सबै गीतहरूको लय पनि रीता फोम्बो ठूलीले गरेका हुन् भने फक्ताङलुङ सेसेको संगीत सुहाङ लिम्बूले गरेका छन् ।

लघुचलचित्रसहितको भिडियो समेत तयार भएको निङ्वासुममा मनिष लिम्बू, माङ्गेना लिम्बू, रिता फोम्बो, सुर्य खापुङ्, दिलिप केरुङ र पुष्पाञ्जली तिल्लिङ मादेन, कल्पना योङहाङ, अगमसिं योक्पाङ्देन, सवनम साँवा, सुहाङ लिम्बूले अभिनय गरेका छन् ।

सुर्य खापुङ तथा रीता फोम्बो ठूलीको अन्तर्वार्ता हेुर्नहोस्

भिडियोमा मनु थक्लुङ, सोनाम पहाङ्गो, चन्द्र माया सम्बाहाङ्फे, सरस्वतीमाया फोम्बो, वर्णबहादुर फोम्बो, हरिबहादुर जबेगु, नविना इम्सोङ्, कवितमान फोम्बो, मानबहादुर फोम्बो, बिष्णुमाया सम्बाहाङ्फे, कान्छीमाया फोम्बो, दुर्गामाया फोम्बो, गीतामाया फोम्बो, सीतादेबी फोम्बो, राज पहाङ्गो, जीवन फोम्बो, इन्द्र फोम्बो, भूमि कन्दङवा, सन्जय निङ्लेकू, दिपेन्द्र फोम्बो, मनमाया फोम्बो, भक्तमाया निङ्लेकु, सुधा श्रेङ्चोङ्बाङ्, छात्रबहादुर खापुङ्, लक्ष्मीमाया याक्खा खापुङ्, भक्त खापुङ्, कमला लिम्बू, सुर्यप्रसाद मादेन, जनकुमारी लिम्बू, सीता फोम्बो, राधिका आङ्बोहाङ्, राजकुमार राई, मालती राई, आशिश सुब्बा, आयुश मादेन तथा याक्थुङ केलाङ सयङका कलाकारहरूलाई पनि देख्न सकिन्छ ।

भिडियो तेह्रथुमको बसन्तपुर चोःलुङपार्क, आठराई, फेदाप, म्याङ्लुङ, धरान, मोरङ जिल्लाको खोर्साने, भक्तपुरको गट्ठाघर, काभ्रेको वनेपा तथा बेलायतको केही ठाउँहरूमा छायांकन गरिएको हो ।

भिडियोलाई अर्जुन तिवारी, मेघराज मगराती, नागिन धिमाल, देवराज सिग्देलले खिचेका हुन् । याक्थुङ कुस्सा (रामं) र ओझाहाङ चेम्जोङको व्यवस्थापन, निशान घिमिरे र वीरेन्द्र भाट विपिनको सम्पादन, द हाइल्याण्ड आर्ट (कल्पना योङहाङ) र छथरे ढाका उद्योग (बन्दना साँवा)को ड्रेस, सोम मगराती, विमला तामाङ, कृष्ण पौडेलको श्रृङ्गार रहेको भिडियोलाई लोकेन साँवाले निर्देशन गरेका हुन् ।

कार्यक्रम काङ्सोरे मिडिया प्रा.लि.को आयोजनामा हुने भएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

किड्स एण्ड टिन फेशन मोडल २०१९, सम्पन्न

भक्तपुर,वैशाख ९ । भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर...

ब्रबिम सेर्माको ‘सेवारो नमस्ते’ सार्वजनिक

काठमाडौं, ७ बैशाख । मुन्धुमी गायक भनेर चिनिएका गायक ब्रबिम सेर्माको स्वरमा रहेको नयाँ...

‘पाङ्जुम नु पाङ्यक’ म्युजिक भिडियो सार्वजानिक

काठमाडौं, ७ वैशाख । अटल तुम्बापो र गंगा फियाक स्वरवद्ध गीत ‘पाङ्जुम नु पाङ्यक’...

पारिवारिक चलचित्र ‘फैसला’ सार्वजनिक

पथरी, ६ वैशाख । छोटो कथानक चलचित्र ‘फैसला’ बुधबार भ्यूटावर युट्युब च्यानलमार्फत् सार्बजनिक भएको...