Advertisement

अबको लिग दशरथ रंगशालामा हेर्न पाउँ -जितेन धामी

लगभग पाँच वर्षपछि आयोजना भएको घरेलु लिगसँगै यो पल्ट फुटबल फ्यानहरू अझै चर्चामा रहे । मनाङ मस्र्याङ्दी क्लबका फ्यानहरू आफ्नो क्लबको खेल हेर्न धेरै टाढा टाढाबाट आए । अझ जितेन धामीको नेतृत्वमा कञ्चनपुरबाट ७०० किलोमिटरको यात्रा गरेर आएको समर्थकहरूको त झनै नेपाली सञ्चार माध्यमहरूमा समेत चर्चाको विषय बन्यो । र, नेपाली फुटबलमा उत्कृष्ट समर्थकको नमुना पेस भएको समेत फुटबल पण्डितहरूले विश्लेषण गरे । प्रस्तुत छ उनै जितेन धामीसँग नयाँ अनलाइनले गरेको कुराकानीको अंश ।

तपाईको घर कहाँ हो ?
सुदुरपश्चिमको कञ्चनपुर महाकाली हो ।

तपाईको नेपाली फुटबलमा समर्थन गर्ने क्लब कुन हो ?
मनाङ मस्र्याङ्दी क्लब हो । जसले नेपाली फुटबललाई न्याय गरेको छ । चाहे खेलाडी होस् या नेपाली फुटबलको विकासलाई नै किन नहोस् ।

तपाईको प्रिय क्लबले लिगको उपाधी जित्दा कस्तो अनुभुति भयो ?
म पहिलो चोटि त्यती टाढा कञ्चनपुरबाट लिग हेर्न काठमाडौ गएको, लिग जित्दा धेरै धेरै खुशी लाग्यो । नेपाली फुटबलमा यति खुशी सायद कमै हुन्छन् होला ।

मनाङ मस्र्याङदी क्लबलाई नै समर्थन गर्नुको कारण ?
मलाई अर्जे्न्टिना जर्सि मनपर्ने र मनाङको जर्सिसँग मिल्ने भएको र मलाई सानैदेखि मनाङ मन पथ्र्योे, म कमल श्रेष्ठको डाइहार्ट फ्यान भएकोले गर्दा मनाङलाई समर्थन गरेको हुँ ।

त्यति टाढाबाट आउँदाको खर्च व्यवस्थापन आफैले कि क्लबले ?
आफैले गरेको । आफ्नो क्लबको लागि यो खर्च केही पनि हैन । विदेशमा आºनो क्लब खेल हुँदा उद्योग नै बन्द गरेर खेल हेर्ने गरेको उदाहरण पनि प्रशस्तै छन् ।

यो पल्टको घरेलु लिगमा निक्कै चर्चामा रहनु भयो ?
यस पटकको लिगमा मेरो धेरै नै चर्चा भयो, म सुदुर पश्चिमको कञ्चनपुरदेखि लिग फुटबल हेर्नकै लागि भनेर काठमाडौं आएको हुनाले पनि चर्चा भएको हुन सक्छ । अर्को कुरा नेपाली फुटबलमा अहिलेसम्म कुनै पनि क्लबको फुटबल हेर्नका लागि यति लामो दुरिको यात्रा तय गरेर नआएको भएर अहिले म आउँदा मेरो धेरै नै चर्चा भयो कि जस्तो पनि लाग्यो ।

नेपाली फुटबललाई नजिकैदेखि नियालीरहनु भएको छ ?
नेपाली फुटबलको विकास हुन धेरै बाँकी छ जस्तो लाग्छ । नेपाली फुटबलमा विकास हुनका लागि पहिला खेलकुद संस्था जस्तै राष्ट्रिय खेलकुद परिषद (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र राजनीतिको अन्त्य हुन आवश्यक छ । खेल क्षेत्रमा राजनीति भयो भने विकासको काममा ढिलाई हुन्छ जस्तो लाग्छ मलाई । फुटबलमा विकास ल्याउने हो भने प्रत्येक जिल्लामा वा प्रदेशमा फुटबल एकेडेमीको संचालन गर्नु आवस्यकता छ । प्रत्येक प्रदेशमा अन्तराष्ट्रिय स्तरको रंगशालाको निर्माण हुन आवस्यकता छ ।

तपाईं नेपाली फुटबलदेखि सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट त छैन, नेपाली फुटबल क्षेत्रमा राम्रो लाई भन्दा हाम्रो लाई हेर्ने चलनले गर्दा राम्रो खेलाडीले अवसरबाट बन्चित हुनु परिरहेको छ यसको अन्त्य होस, अबको लिग दशरथ रंगशालामा हेर्न पाइयोस् । मेरो मनोकामना छ ।

प्रस्तुतिः प्रकाश दिप्साली राई

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

हाँस्ने नारीहरू वेश्या लेख्ने भानुभक्त कसरी आदिकवि ?

अहिले के गर्दै हुनुहुन्छ ? अहिले हामी संविधानलाई संसोधन गरेर हाम्रो आदिवासी जनजातिको पहिचान...

स्कुल, विद्यार्थी र अभिभावक शिक्षाका ओदान – शरण कुमार लिम्बु

केही पढेपछि कोही विदेश जाने सोचमा थिए, कोही लाहुरे हुने अनि कोही चाहीँ पढेर...

मुन्धुम निर्देशित कथा कविता आख्यान पनि साहित्य हो- प्रदिप मेन्याङ्बो मुन्धुम कवि

पछिल्लो पल्ट नेपाली साहित्यमा मुन्धुम कविताको चिन्तन सहित नौलो स्वाद पस्कने कवि हुन् प्रदिप...

कविताका लागि कला आवश्यक हुन्छ -बद्री भिखारी

नेपाली साहित्याकाशमा निरन्तर रुपमा सक्रिय रहदै आएका इटहरीका कवि बद्री भिखारीको कविता संग्रह समुद्र...