Advertisement

च्याउखेतीबाट मनग्य आम्दानी

बर्दिवास, १४ माघ : काममा लगन र समर्पण भएपछि कमाउन विदेश जानु पर्दैन भन्ने उदाहरण बन्नुभएको छ महोत्तरीको बर्दिवास नगरपालिका–२ हङकङ डाँडाका दीपक भुजेल । बाली नसप्रिने गेग¥यान जग्गामा ४५ वर्षीय भुजेलले १० टनेलमा च्याउखेती गर्दै आउनुभएको छ । 

दुई वर्ष अघिसम्म भुजेललाई घरखर्च कसरी चलाउने भन्ने चिन्ता हुन्थ्यो । घरखर्चका लागि उहाँ अब आफ्नो व्यवसायप्रति ढुक्क हुनुहुन्छ । च्याउखेतीका कारण अहिले उहाँले नाम र दाम पाउनु भएको छ । “च्याउखेती गरेदेखि कुनै कुराको अभाव खट्केको छैन,” भुजेल भन्नुहुन्छ । दुई वर्षअघि कामको खोजीमा काठमाडौँ पुग्नुभएका भुजेलले ललितपुरको गोदावरी–१४ ठैबमा च्याउखेती गरेको देखेपछि यस व्यवसाय हात हाल्नु भएको हो । 

“छोराछोरीको पढाइ खर्च यसैबाट धानेको छु, घरको खर्च राम्रैसँग चलेको छ,” उहाँले भन्नुभयो, “वार्षिक रु पाँच लाखसम्म बचत हुन्छ ।” दश टनेलमा राखिएका तीन हजार २१२ पोकामा अहिले दैनिक ७०० किलो च्याउ उत्पादन हुने गरेको छ । भुसको पोका राखेर कैयौँैपटक उत्पादन लिन सकिने भुजेल बताउनुहुन्छ । उहाँले टिसुकल्चर, ठोडिटा, ८३५, ५३ सहितका जातको च्याउखेती गर्र्दै आउनु भएको छ । च्याउ खरिद गर्न व्यापारी घरमै आउने गरेका छन् । प्रतिकिलो रु १५० मा च्याउ बिक्री गर्दै आएको भुजेलले बताउनुभयो । पराल, पानी राख्ने ड्रम, पराल काट्ने औजार र परालको भुसलाई पोको पारी च्याउखेती गर्न सकिन्छ । 

सम्बन्धित शीर्षकहरु

सहकारीको सङ्ख्या घटाउन सुझाव

काठमाडौँ, २८ फागुन : पछिल्लो समय सहकारीको सङ्ख्या अत्यन्त धेरै रहेकाले राष्ट्रिय सहकारी महासङ्घले...

सिभिल बैंकले चार प्रतिशत नगद लाभांश दिने

काठमाडौँ, ५ फागुन : सिभिल बैंकले आव २०७४/७५ को नाफाबाट शेयरधनीलाई ४.०५ प्रतिशत नगद...

च्याउखेतीबाट मनग्य आम्दानी

बर्दिवास, १४ माघ : काममा लगन र समर्पण भएपछि कमाउन विदेश जानु पर्दैन भन्ने...

साल्ट ट्रेडिङ पोखराबाट आठ करोड कारोवार

पोखरा, २५ पुस : साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराले चालु आर्थिक वर्षको पाँच महीनामा...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट