Advertisement

लक्ष्मी योङ्हाङ् कोरिया आउदै

पराजित पोमु
दक्षिण कोरिया, १४ माघ । नेपालको पूर्वी पहाडी जिल्ला पाँचथरको पौवा सारतापमा भएको हो, लक्ष्मी योङहाङको जन्म । पौवा सारताप नेपाली साहित्यको उर्वर क्षेत्र मानिन्छ । तिनै ठाउँमा हुर्किएकी लक्ष्मी योङहाङले भने कला र मोडलिङ क्षेत्रमा पाइला राखिन् र केही बर्षयता कला र मोडलिङ क्षेत्रमा लगतार संघर्षरत छिन् । विशेषगरी आफ्नो रुची मोडलिङ क्षेत्र भए पनि बचेको फुर्सदको समयमा समाज सेवा गर्ने इच्छा रहेको लक्ष्मीले सुनाइन् । वर्तमान समयम विभिन्न संघ सस्थाहरुमा आबद्ध भएर सामाजिक कार्य गरि रहेकी छिन् । ‘मिस लिम्बू–२०१५’ मा ‘युमा कल्चरल अवार्ड’ पाएपछि मोडलिङमा आफूलाई थप प्रेरणा र हौसला मिलेको लक्ष्मीले खुलेर बताइन । उनले भनिन् ‘ मिस लिम्बूमा मैले कल्चरल अवार्ड पाएकी थिएँ, त्यसपछि मलाई यस क्षेत्रमा लाग्ने थप प्रेरणा मिलेको हो’ ।
गायक स्वरुपराज आचार्यको “सधै आशु“ बोलको गितबाट म्युजिक भिडियोमा डेब्यु गेरेकी हाल दर्जनभन्दा बढि म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी र आफुलाई विस्तारै नेपाली मोडलिङको मूलधारमा स्थापित गर्दै लैजाने बताउछिन् ।
यसका अलावा गायनमा पनि रुचि भएको बताउछिन् । लक्ष्मीले आफ्नै आवाजमा रहेको घरद्ध वटा लिम्बू गीत बजारमा ल्याइसकेकी छिन् । ‘सानै देखि गाउँघरमा नृत्य र गायन कार्यक्रमहरुमा सवभागि हुने गरेको थिए त्यसैले अहिले आएर यस क्षेत्रमा आउन थप सहज भएको छ’ ऊनी थप्छिन् । स्नातकोत्तरमा अध्ययनरत लक्ष्मी थिएटरमा पनि उतिकै चासो देखाऊछिन् र हालै मंचन हुँदै गरेको नाटक “तुम्बी बाजे“मा अभिनय अभिनय समेत गरेकी छिन् । विभिन्न स्टेज कार्यक्रमहरुमा ब्यास्त लक्ष्मी,यसै व्यस्तता बिच कोरियनहरुको ठुलो चाड सलनालको मौका पारेर सिरिजंगा इन्टरटेनमेन्टले आयोजना गरेको कार्यक्रममा लिम्बु भाषा संस्कृति तथा जनजीवनमा आधारित “के साङला”चलचित्र तथा संस्कृतिक कार्यक्रममा सवभागि हुन लक्ष्मी नेपालबाट कोरिया आउदै छिन् । ऊनी “के साङला“ चलचित्रकी मुख्य नायिका पनि हुन् ।
कार्यक्रम यहि फेब्रुअरी ५ तारिख दक्षिण कोरियाको एमटियु हलमा दिनको १२ बजे प्रदर्शन गरिने जानकारी कार्यक्रमका आयोजक सिरिजंगा इन्टरटेनमेन्टका सदस्य कल्पना माबोले बताइन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

एक जुझारु निर्देशकको चिरफार

देवेन्द्र सुर्केली एकै वर्षको एकै याममा एकै निर्देशकको दुई चलचित्र विरलै प्रदर्शनमा आउँछन् ।...

दर्शकहरूले ज्याकी च्यानजस्तै भनिदिँदा गर्व लाग्यो –रुद्र पाहिम

काठमाडौं, २८ फागुन । अहिले नेपाली चलचित्र बजारमा अदालतले तताएको छ । फाल्गुनन्द फिल्म्स्...

सुखको दिन पर्खेकी टुकुमायालाई परेको बज्रपात

देवेन्द्र सुर्केली काठमाडौं, २२ फागुन । पुस ३ गतेको दिन । धादिङको साविक सलाङ...

लिम्बु सँस्कृतिको हब बन्दै बेलायतको आसफोर्ड

अमित याक्थुङ्बा आसफोर्ड(बेलायत)/करबि डेढ लाख नेपालीहरूको बसोबास रहेको बेलायतमा लिम्बु समुदाय चौथो जनसंख्याका रूपमा...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट