Advertisement

लेखन, संगीतपछि गायनमा पनि इन्द्रनारायण चोङ्बाङ


काठमाडौं, १४ माघ । साहित्यकार इन्द्रनारायण चोङबाङ पछिल्लो गीत रचना, संगीतपछि गायक बनेका छन् । उनको शब्द संगीत र स्वरमा ‘छप्प छप्प’ गीतको म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ ।

नेपाली लोकशैलीमा गाइएको ‘छप्प छप्प’मा राजु कार्कीको संगीत संयोजन रहेको छ । एकताकाकी चर्चित नायिका पुजना प्रधानको अभिनय देख्न सकिने यस भिडियो पुजनालाई सुरेन्द्र बसेल अभिनयमा साथ दिएका छन् । भिडियोलाई उत्सव दाहालले छायांकन, नविन निरौलाले सम्पादन र जीवन शाहीले निर्देशन गरेका हुन ।

इटहरी घर भई हाल मकाउमा रहेर नेपाली सांगीतिक क्षेत्रमा अनवरत लागिरहेका सर्जक इन्द्र नारायणको शब्द संगीतमा यसअघि नेपालको चर्चित गायक गायिकाहरु रामकृष्ण ढकाल, प्रमोद खरेल, अन्जु पन्त, मेलिना राई, राजेश पायल राई, शिव परियार लगायत धेरैले गीतगाइसकेका छन् ।

चोङबाङको शहिदका रगत र मेरो सपना (कविता सङग्रह २०५७), माटोका गीतहरु, मुटुका गीतहरु –गीतसङ्ग्रह) पुस्तक प्रकाशन भइसकेका छन् । त्यसैगरी दुरी र माटो गीतिएल्बम पनि बजारमा आइसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

किड्स एण्ड टिन फेशन मोडल २०१९, सम्पन्न

भक्तपुर,वैशाख ९ । भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर...

ब्रबिम सेर्माको ‘सेवारो नमस्ते’ सार्वजनिक

काठमाडौं, ७ बैशाख । मुन्धुमी गायक भनेर चिनिएका गायक ब्रबिम सेर्माको स्वरमा रहेको नयाँ...

‘पाङ्जुम नु पाङ्यक’ म्युजिक भिडियो सार्वजानिक

काठमाडौं, ७ वैशाख । अटल तुम्बापो र गंगा फियाक स्वरवद्ध गीत ‘पाङ्जुम नु पाङ्यक’...

पारिवारिक चलचित्र ‘फैसला’ सार्वजनिक

पथरी, ६ वैशाख । छोटो कथानक चलचित्र ‘फैसला’ बुधबार भ्यूटावर युट्युब च्यानलमार्फत् सार्बजनिक भएको...