Advertisement

पारा तेक्वान्दो टोली टर्की जाँदै

काठमाडौँ, १८ माघ : आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली शनिबार टर्कीको अन्ताल्या प्रस्थान गर्दैछ । 

पुरुषको ‘पी–३० क्याटागोरी’तर्फ एकल पुम्सेमा विक्रम श्रेष्ठ तथा महिला ‘के–४४ क्याटगोरी’तर्फ ५८ केजीमुनि पलेशा गोवद्र्धनले नेपालको चुनौती पेश गर्नेछन् । पलेशा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दोकी कास्य पदक विजेता हुन् । 

टिम व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ तथा प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकूद परिषद्का सदस्य सुदिल शाहीले बिहीबार बिदाइ गर्नुभयो । प्रतियोगिता यही माघ २२ र २३ गते हुनेछ । 

सचेतनात्मक हाफ म्याराथन हुने 

श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको आयोजनामा सचेतनात्मक हाफ म्याराथन यही माघ १९ गते हुने भएको छ । म्याराथनमा करीब ४०० को सहभागिता रहने अपेक्षा गरिएको बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष नमराज ढकालले जानकारी दिनुभयो । 

पुरुषतर्फमा प्रतिस्पर्धा हुने हाफ म्याराथनमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु ३० हजार, रु २० हजार र रु १५ हजार नगद पुरस्कार पाउने छन् । त्यस्तै चौथोले रु १० हजार, पाँचौँले रु सात हजार र छैटौँले रु पाँच हजार नगद पुरस्कार हात पार्ने छन् । 

परिषद्को २९ औँ स्थापना दिवसका अवसरमा हुन लागेको दौड तीनकुनेबाट शुरु भई पुनःसोही स्थानमा आएर टुङ्गिने गरी मार्ग निर्धारण गरिएको छ । हिंसारहित समाजको आधार, दुव्र्यसनमुक्त युवा र शाकाहार भन्ने सन्देश प्रवाह गर्न हाफ म्याराथन आयोजना गर्न लागिएको अध्यक्ष ढकालले बताउनुभयो ।  (रासस)

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज औपचारिक उद्घाटन हुदै

बैशाख ५, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार औपचारिक उद्घाटन हुँदै छ ।  उद्घाटन हुने...

आठौँ राष्ट्रिय खेलकुद : सातौँ दिनपछि यस्तो छ पदक तालिका

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय बुद्धिचालको महिलातर्फ सुजना लोहनीले स्वर्ण जितेकी छन्। एक खेल...

भरौल गोल्ड कपको उपाधि क्यामरुनी क्लब दाउफिन्सलाई

प्रकाश दिप्साली राई नडाहा, २७ । अन्तत गत वर्षको विजेता रेड हर्ष इलामलाई लस्तब्ध...

दाउफिन्सको दबदबा भरौल गोल्डकपमा पनि कायमै

प्रकाश दिप्साली राई नडाहा, २४ चैत । पाहुना टोली दाउफिन्स फुटबल क्लब क्यामरुन सुनसरीको...