Advertisement

गीता पालुङ्वाको हङकङ चाइना –२ गीत सार्वजानिक

काठमाडौं, १८ माघ । हङकङमा रहेर नेपाली तथा लिम्बू गीत संगीतमा सक्रिय रहेकी गीता पालुङ्वाको नयाँ गीत युट्युवमार्फत सार्वजानिक भएको छ । भिडियो हाइलाइट नेपालबाट सार्वजानिक भएको हो ।

यो गीत पालुङ्वाको चर्चित गीत हङकङ र चाइना दोश्रो भाग पनि हो । मनु नेम्बाङ र सुमन कुरुम्बाङको स्वर रहेको भिडियोमा नेपाली चलचित्र क्षेत्रका चर्चित हस्ती प्रेम सुब्बाले अभिनय गरेका छन् ।

सुब्बासँगै मनमाया आङबुहाङ पालुङ्वा, गीता पालुङ्वा, शैलेन्द्र थेबे, बबिता फोम्बो, रुपा आङबुहाङ, मेरिना चेम्जोङ, लक्ष्मी योङहाङ, प्रमिला लिम्बू, उदय वेघा, विवेक वेघा, अशेष योङहाङ, सागर खजुमलाई भिडियोमा देख्न सकिन्छ ।

लिम्बूहरुको प्रचलित धान नाचलाई मुख्यविन्दुमा राखेर बनाइएको गीतको कथामा फोनमार्फत पालाममा बात मारिएको दृश्य मार्मिक छ ।

गीत पालुङ्वाको रचना, श्याम आङ्लाको एरेन्ज, अर्जुन तिवारीको छायांकन, निशान घिमिरेको सम्पादन रहेको भिडियोलाई लोकेन साँवाले निर्देशन गरेका हुन् ।

हङकङस्थीत गीतको विमोचनको दृश्य

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

किड्स एण्ड टिन फेशन मोडल २०१९, सम्पन्न

भक्तपुर,वैशाख ९ । भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर...

ब्रबिम सेर्माको ‘सेवारो नमस्ते’ सार्वजनिक

काठमाडौं, ७ बैशाख । मुन्धुमी गायक भनेर चिनिएका गायक ब्रबिम सेर्माको स्वरमा रहेको नयाँ...

‘पाङ्जुम नु पाङ्यक’ म्युजिक भिडियो सार्वजानिक

काठमाडौं, ७ वैशाख । अटल तुम्बापो र गंगा फियाक स्वरवद्ध गीत ‘पाङ्जुम नु पाङ्यक’...

पारिवारिक चलचित्र ‘फैसला’ सार्वजनिक

पथरी, ६ वैशाख । छोटो कथानक चलचित्र ‘फैसला’ बुधबार भ्यूटावर युट्युब च्यानलमार्फत् सार्बजनिक भएको...