Advertisement

आम्बेपज भिडियोमा सार्वजनिक


माघ १८, काठमाडौ । गायक तथा संगीतकार राजेन्द्र केरुङको अर्को नयाँ लिम्बू गीत आम्बेपज सुम्हात्लुङ भिडियो सहित फालेलुङ टिभीमार्फत सार्वजनिक भएको छ ।
गायक स्वयंकै स्वर र संगीत रहेको उक्त गीतलाई रानिटारे साईलाले लेखेका हुन् भने संगीत संयोजन मनि ताम्लिङको रहेको छ ।
उक्त गीतको भिडियोमा आयुष साम्बा र रबिना लिङ्देनको मुख्य भुमिका देख्न सकिन्छ । कल्पना योङ्हाङ (द हाईलैण्ड आर्ट) र रूपा आङ्बुहाङ (फेसन सिक्वेन्स हाउस)को गरगहना र भेषभुषामा कलाकार सजिएका छन् भने सोम मग्रातीको श्रृङ्गार, भुपेन्द्र तुम्बाहाम्फेको छायाङ्कन निशान घिमिरेको सम्पादन रहेको छ।यस्को निर्देशन अहिलेका ब्यस्त निर्देशक लोकेन साम्बाले गरेका छन् ।
किरात लिम्बू समुदायका प्राचीन पोशाक हाङ्जाङ, तागावा, मेख्ली, गरगहनाहरूको वर्णन गरिएको छ । फाल्गुनन्द, सिरिजङ्गाजस्ता महान ब्यक्तित्वहरूको जीवन दर्शनलाई कलात्मक ढङ्गले स्मरण गरिएको छ ।


पुर्बान्चलका अत्यन्तै शुन्दर पर्यटकिय, धार्मिक तिर्थस्थल लब्रेकुटी, सिलौटी, आम्बेपज, रबि, फिदिम, फालेलुङ लगायतका स्थलहरूमा छायाङ्कन गरिएको उक्त भिडियोलाई गैरलिम्बू भाषीहरूको लागि नेपाली तथा अङ्ग्रेजी भाषामा सवटाइटल राखिको छ । जसलाई प्राज्ञ अमर तुम्याहाङ्ले अनुवाद गरेका हुन् ।
करिब आधा दशकदेखि नेपाली साङितिक क्षेत्रमा सङ्गघर्षरत गायक राजेन्द्रको दुई वर्षअघि सार्वजनिक पहिलो किरात संस्कृतिमुलक भिडियो एल्बम (मिङ्सो) को एक (फुङइनु सेवा चोगिरो) सार्वजनिक गरिसकेका छन् भने उक्त एल्बमकै यो भिडियो (माङ्लाङ नु केलाङ) सार्वजनिक गरिसकेका छन् । अहिलेसम्म विभिन्न एल्बममा कलेक्सन गरि १ दर्जन बढी गीतहरूमा स्वर भरिसकेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

किड्स एण्ड टिन फेशन मोडल २०१९, सम्पन्न

भक्तपुर,वैशाख ९ । भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर...

ब्रबिम सेर्माको ‘सेवारो नमस्ते’ सार्वजनिक

काठमाडौं, ७ बैशाख । मुन्धुमी गायक भनेर चिनिएका गायक ब्रबिम सेर्माको स्वरमा रहेको नयाँ...

‘पाङ्जुम नु पाङ्यक’ म्युजिक भिडियो सार्वजानिक

काठमाडौं, ७ वैशाख । अटल तुम्बापो र गंगा फियाक स्वरवद्ध गीत ‘पाङ्जुम नु पाङ्यक’...

पारिवारिक चलचित्र ‘फैसला’ सार्वजनिक

पथरी, ६ वैशाख । छोटो कथानक चलचित्र ‘फैसला’ बुधबार भ्यूटावर युट्युब च्यानलमार्फत् सार्बजनिक भएको...