Advertisement

फागुन १० मा रुमालै छ चिनो

काठमाडौ । गायक रेशम थापाले ‘रुमालै छ चिनो’ बोलको चर्चित गीत गाएका थिए । हाल उनकै प्रस्तुतिमा सोही बोलको चलचित्र निर्माण भएको छ ।

यस अघि ‘हे माया सैलुङ्गेमा कुहिरोको घेरो’ बोलको गीत र ट्रेलर समेत सार्वजनिक गरेको चलचित्र ‘रुमालै छ चिनो’ समुहले अर्को गीत सार्वजनिक गरेको छ । यहि फागुन १० गतेदेखि अल नेपाल रिलिजको तयारिमा रहेको चलचित्रको आमा नबस्नु पर्खेर बोलको गीत सार्वजनिक गरेको हो ।

नेपाली ठेट लोक शैलिमा बनाइएको यस गीतमा रेशम थापाको शब्द तथा बिरही कार्कीको सङ्गीत र स्वर रहेको छ । युद्धमा सहभागी एउटा सिपाहिले आफ्नो परिवार सम्झिदाको अवस्था झल्काईएको यस गीतमा सुशान्त कार्कीको साथमा सञ्चिता लुइटेल, मिथिला शर्मा लगायतलाई देख्न सकिन्छ भने चलचित्रमा किशोर खतिवडा, अप्सना थापा, लक्ष्मण बिक्रम बस्नेत, रश्मि भट्ट, सुरबिर पण्डित, सन्ध्या खड्का लगायतले अभिनय गरेका छन ।

यस चलचित्रमा रेशम थापाको कथा रहेको छ भने बिनोद सापकोटाको छायांकन, अर्जुन पोखरेल र बिरही कार्कीको सङ्गीत, सम्राट बस्नेतको द्वन्द, सागर लामाको नृत्य, शिव थारुको सम्पादन रहेको छ ।

चन्द्र खड्का निर्माता रहेको यस चलचित्रको पटकथा, सम्बाद तथा निर्देशन दिनेश सिंह ठकुरीले गरेका हुन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

समीर लिम्बूको फरक गीत युट्युवमा सार्वजानिक

काठमाडौं, १२ वैशाख । वि.सं. २०६५ सालदेखि स्टेज र कभर सङ गाएर गायनमा होमिएका...

जेठ २४ मा ‘यो रेश जिन्दगीको’ रिलिज हुने

काठमाडौं, ११ वैशाख । किशोर सुब्बा निर्देशित चलचित्र यो रेश जिन्दगीको आगामी जेठ २४...

‘जाऊँ साथी फर्केर आफ्नै घरदेश’ बोलको गीत सार्वजनिक

काठमाडौँ, ११ वैशाख २०७६ । गायक प्रदीप लकान्द्रीको पछिल्लो साङ्गीतिक सिर्जना ‘जाऊँ साथी फर्केर...

याकुमा ‘जोडी परेवा’ प्रदर्शन

अरुण, भोजपुर । नयाँ वर्षको अवसर पारेर अरुण गाउँपालिकाको वडा नम्बर–५, याकुमा नाटक ‘जोडी...