Advertisement

सुविधा सम्पन्न कवर्ड हल बन्दै

बर्दिबास, २७ माघ: महोत्तरीको बर्दिबास नगरपालिकामा सुविधासम्पन्न ब्याडमिन्टन कवर्डहल बन्ने भएको छ । 
बर्दिवास–१ भब्सीमा आज वसन्तपञ्चमीका अवसरमा नगर प्रमुख विदुरकुमार कार्कीले सुविधासम्पन्न कवर्ड हल निर्माण कार्यको शिलान्यास गर्नुभयो । बर्दिवास ब्याडमिण्टन सङ्घले रु एक करोड ५० लाखको लागतमा कबर्ड हल निर्माण थालेको हो । मुख्यतः ब्याडमिण्टन खेलका लागि निर्माण थालिएको कबर्ड हलमा सर्वसाधारणको उपयोगका लागि ‘सोनावाथ’ र ‘स्ट्रिमवाथ’ सहितको सुविधा रहने निर्माण समितिले जनाएको छ । 

यहाँस्थित गौतम रियलस्टेटले उपलब्ध गराएको तीन कठ्ठा जग्गामा कबर्ड हल निर्माण थालिएको हो । सङ्घसँग मौजूद रहेको रकमबाट निर्माण काम थालिएसँगै प्रशस्त सहयोगी पाइएका निर्माण समितिका अध्यक्ष विष्णु खड्काले जानकारी दिनुभयो । प्रदेशभित्रका प्रतियोगिता आयोजना गर्न नयाँ बन्ने कबर्ड हल उपयोगी हुने जनाइएको छ । निर्माण कार्य छ महीनामा सम्पन्न हुने समितिका अध्यक्ष खड्काले बताउनुभयो । 

(रासस)  

सम्बन्धित शीर्षकहरु

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज औपचारिक उद्घाटन हुदै

बैशाख ५, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार औपचारिक उद्घाटन हुँदै छ ।  उद्घाटन हुने...

आठौँ राष्ट्रिय खेलकुद : सातौँ दिनपछि यस्तो छ पदक तालिका

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय बुद्धिचालको महिलातर्फ सुजना लोहनीले स्वर्ण जितेकी छन्। एक खेल...

भरौल गोल्ड कपको उपाधि क्यामरुनी क्लब दाउफिन्सलाई

प्रकाश दिप्साली राई नडाहा, २७ । अन्तत गत वर्षको विजेता रेड हर्ष इलामलाई लस्तब्ध...

दाउफिन्सको दबदबा भरौल गोल्डकपमा पनि कायमै

प्रकाश दिप्साली राई नडाहा, २४ चैत । पाहुना टोली दाउफिन्स फुटबल क्लब क्यामरुन सुनसरीको...