Advertisement

लागुऔषधसहित दुई युवक पक्राउ

लहान, २७ माघ: प्रतिबन्धित लागुऔषधसहित आज बिहान लहान नगरपालिका–३ स्थित बसपार्कबाट दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहमा सोही वडा निवासी २५ वर्षीय रामबाबु शर्मा र उदयपुरको त्रियुगा नगरपालिका–७ निवासी २७ वर्षीय आशिष सिलवाल रहेको प्रहरीले जनाएको छ । 

लहान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बसपार्कबाट दुवै जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । 

पक्राउ परेकाको साथबाट फेनारगन–९ एम्पुल, डाईजिल्याब नौ एम्पुल र नुफिन ८ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले सिरहा विष्णुपुर–५ बाट करीब रु ५० हजार मूल्य बराबरको अवैधरूपमा ल्याइएको समान बरामद गरेको छ । 

(रासस)

सम्बन्धित शीर्षकहरु

किड्स एण्ड टिन फेशन मोडल २०१९, सम्पन्न

भक्तपुर,वैशाख ९ । भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर...

श्रीलंकामा श्रृंखलावद्ध विष्फोटमा २९० को मृत्यु

९ वैशाख, काठमाडौं । श्रीलंकामा भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ...

मलेसियामा बुद्ध जयन्ती कार्यक्रमबारे तिब्र तयारी

काठमाडौँ । नेपाल राजदुताबास संगको समन्वयमा यहाँ रहेका क्रियाशिल संघ संस्थाहरुले २५६२ औं बुद्ध...

शुभकामना आदानप्रदान तथा राजदूत स्वागत कार्यक्रम सम्पन्न

मलेसिया , बैशाख ८ गते । मलेसियाको जोहरमा विभिन्न संघसंस्था हरुको सन्युक्त आयोजनामा नयाँ बर्ष...