Advertisement

पश्चिम बङ्गालमा गोली हानी विधायकको हत्या

लकाता, २७ माघ – भारतको पश्चिम बङ्गाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन् । 

पश्चिम बङ्गालको सत्तारुढ दल त्रिणमुल कंग्रेसका तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या भएको प्रहरीले जनाएको छ । विधायक विश्वासको कसले हत्या गरेको हो भन्ने बारेमा अहिलेसम्म एकिन हुन सकेको छैन । 

पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातादेखि १२२ किलोमिटर टाढा पर्ने नाडिआ जिल्लाको ग्रामीण क्षेत्रमा शनिबार उहाँको हत्या भएको हो । 

गोली प्रहार भएको केही समयमै उहाँलाई नजिकैको अस्पतालमा पु¥याइएको भए पनि चिकित्सकहरुले तत्कालै मृत घोषणा गरेका थिए । 

सरस्वती पूजाको कार्यक्रममा सहभागी भएको बेला उहाँमाथि आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । 

“कार्यक्रमका लागि बनाइएको मञ्चमा सांस्कृतिक कार्यक्रम गरिने भएपछि उहाँ तल झर्नु भएको थियो, त्यसलगत्तै उहाँमाथि आक्रमण गरी हत्या भयो,” प्रहरीले जनाएको छ । 

त्रिणमुल कंग्रेसका जिल्ला अध्यक्ष गौरीशंकर दत्तले विश्वासको हत्याको आरोप भारतीय जनता पार्टीमाथि लगाउनु भएको छ । तर जनता पार्टीले भने उक्त आरोप अस्वीकार गरेको छ । 
–– 

सम्बन्धित शीर्षकहरु

नेपालको पहिलो भूउपग्रह प्रक्षेपण ४ वैशाखमा हुँदै

नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) ४ वैशाखको राति २ बजे अमेरिकाको भर्जिनियाबाट...

आप्रबासी छिर्न रोक नलगाए मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी

पाल्मविच, संयुक्त राज्य अमेरिका, १६ चैत (रासस÷एपी) : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका छिर्न...

जापानको वाकायामा प्रान्तमा ५.२ म्याग्नीच्युडको भूकम्प

टोकियो, २९ फागुन : जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा ५.२ म्याग्नीच्युडको भूकम्प...

१४९ यात्रु बोकेको इथियोपियन एअरलाइन्सको बोइङ दुर्घटनामा

काठमाडौं : इथियोपियन एअरलाइन्सको बोइङ ७३७ विमान दुर्घटनामा परेको छ। केन्यातर्फ उडेको उक्त विमानमा १४९...