Advertisement

सार्वभौम सपना

लक्ष्मी थापा, भक्तपुर


फूल, अबिर अनि पीत वस्त्रले
सजिएको मेरो डोली !
अब कहिल्यै सिङ्गार्न नपर्ने गरी
यसरी सिङ्गारिएको थियो कि
जहाँ अस्ताउन लागेको घामले
हिमाललाई स्पर्श गर्दाको रंग
चौतर्फी पोतिएको थियो
मेरो पीत वस्त्रमाथि

फूल बर्सिदै गर्दा तछाडमछाड गर्दै
आफू सुइँरोमा उनिनु पर्दाको
सबै भुलेर पीडा
फूलका हारहरूले मनोहर
बनाएका थिए – मेरो नश्वर शब्दातित डोली

अबिरको रंग पनि
अन्तिम सत्यको तरङ्गमा
अझ गाढा बनाउँदै
मेरो डोलीलाई
अगम्य स्पर्श नगरेरै
पोखिएको थियो – मलाई सजाउन

अनि म
यसरी रङ्गिएँ,सिङ्गारिएँ र सजिएँ
ओहो ! दिव्यताले प्रदीप्त
मेरो अलौकिक सुन्दरता !

खै कसरी बयान गरूँ म !
मैले देखेको त्यो आगत उनेको
सार्वभौम सपना।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

बाँसुरीको मोह युकेसम्म

जब मलाई आफ्नो मनमा गाउँ घरको सम्झना आउँछ तब आफ्नो संस्कृति, चलन, लोक भाका,...

रङ्कर्म चियाउँदा मनमा उब्जेका गँथासोहरू

नेचुरल्ली दीपक नेपाली रङ्गकर्मले बिस्तारै आफ्नो स्थान बनाइरहँदा हामीले यसका लागि योगदान दिने सम्पूर्ण...

प्रज्ञामा पुस्तक प्रदर्शनी सुरु

काठमाडौं, ८ वैशाख । आइतवारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु भएको छ । नववर्ष...

कविता राईको ‘आमा र जुन’ विमोचित

काठमाडौं, ७ वैशाख । भोजपुरमा शिक्षण पेशामा रहनुका साथै साहित्य र पत्रकारितामा समेत अग्रसर...