Advertisement

वेसाहारा भई सडकमा पुगेका दम्पतीको उद्दार


हैटौडास्थीत मानव आश्रमले लियो जिम्मा

सीता तुम्खेवा

धरान, ६ फागुन । केहिदिन अगाडी अनलाइन खबरमा पत्रकार विश्वास खड्गथोकीद्धारा बुढिगंगा २ मोरङ निवासी दम्पती श्रवण मण्डल र लक्ष्मी मण्डलको जीवनकथा सम्प्रेषण भएको थियो । जीवनकथा पढ्ने जोकोहीको मन रसाएको थियो र सहयोग गर्नको सहयोगी मनहरूले तुरुन्त पत्रकारलाई गुहार्न पुगेका थिए ।

श्रवणका अर्धाङ्गिनी लक्ष्मी मण्डललाई ट्रकले ठक्कर दिएर भाच्चिएको छ । कम्मर मुनिको भाग चल्दैन । जसले गर्दा दिमाग असर पुगेको छ ।

खनारछेउको नहरमा धेरै अगाडिदेखि बस्दै आएका हुन् मण्डल दम्पति । छोराबुहारीले हेला गरे आमाको यो हालत भएको रे । श्रवण भन्छन् –‘दिशा पिशाब स्याहर्नको झन्झटले हामी छोराबुहारीबाट पनि अलगिनु पर्यो र मागेर हिड्नु परेको छ । बुढियाको र आफ्नु पेट पाल्न को लागि भएपनि मागेर हिड्छु ।’

यस पंक्तिकारले पनि समाचार पढ्नेवित्तिकै आफूले सक्ने सहयोग गर्ने भन्दै वृद्धवृद्धाको तस्वीरसहित फेसबुकमा राखेको थियो । शुभेच्छुकहरूले आफूहरूले पनि सहयोग गर्ने वचन दिन थाले । हुँदा हुँदा अभियान नै बन्न पुग्यो ।

भिडियो हेर्नुहोस्

पंक्तिकारको अभियानमा साहित्य लेख्नेहरूको समूह विशेष सहभागी भए सर्जकहरू जनक कार्की पाल्पा ३ हजार, लक्ष्मी थापा भक्तपुर ३ हजार, मीना अम्लाबुङ राई सोलुखुम्बु २ हजार, वीरेन्द गुरुङ तेह्रथुम कैदी ५ हजार, गनिन्द्र विवस हाल कोरिया ३ हजार, केरुङ गणेश हाङसेन हाल कोरिया ३ हजार, दुर्गा दाहाल तेह्रथुम १९ सय ३८, मिरान खापुङ तेह्रथुम ५ सय, महेश गुरागाइँ काठमाडौं, नाम उल्लेख गर्न चाहने सहयोग १३ हजार, विद्याप्रकाश सापकोटा ३ हजार, सीता तुम्खेवा तेह्रथुम ५ हजार, नयाँअनलाईन डटकम परिवार ५ हजार, प्रदिप चाम्लिङ खोटाङबाट ३ हजार प्राप्त भएको थियो । ५२ हजार १ सय ५८ जम्मा भएको रकममा प्याड खरिद गरी बाँकी रहेको ४९ हजार ५४० आश्रमलाई हस्तान्तरण गरिएको छ ।

त्यसैगरी कवयित्री कविता राई गाउँलेबाट लत्ताकपडा र इटहरीका पत्रकारद्वय उमेश वान्तावा सहयात्री र विनोद राना मगरको नेतृत्वमा व्हिलचेयर उपलब्ध गराएका छन् । कुनै आश्रम पाए आश्रममा राख्ने र नपाएको टहरो हालिदिनेसम्मको छलफल यस अभियान समूहमा भएअनुसार सो रकम आश्रमलाई हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण गर्दै पंक्तिकार


जब यो पंक्तिकार राहतका सामाग्री र रकम लिएर उक्त ठाउँमा पुग्यो, दम्पतीको हालत समाचारमा आएभन्दा पनि बिजोग देख्यो ।

अहिलेसम्म उनिहरूको स्वास्थ्य हेरचाह गर्दै आएका डा. सुर्य पराजुलीका अनुसार उप्रान्त उपचारभन्दा पनि उनको लागि राम्रो हेरचाह गर्नुपर्ने बताएका छन् । अप्रेसन गर्दा आइपर्ने सम्भावित खतरा नमोल्नु नै ठीक रहेको डा. पराजुलीको आशय थियो । खुल्ला ठाउमा बस्दा उक्त ठाउमा टिवी र कुकुरको टोकाइबाट रेबिजको शिकार बन्न सक्ने हुँदा उद्दार गर्नु प्रमुख आवश्यकता थियो, पराजुलीले थप बताएका थिए ।

उनिहरू बिगत ३ वर्षदेखी उक्त स्थानमा बस्दै आएको स्थानीय धर्मेन्द्र ऋषिदेवले जानकारी दिए । दम्पतीलाई हेटौडास्थीत मानव आश्रमले लैजाने भएकाले स्थानिय प्रहरी, प्रतिनिधि, छिमेकी लगायत प्रहरीहरू सहितको भेलाले उनिहरूलाई आश्रम पठाउने निर्णय गरेको थियो ।

त्यसैगरी उक्त स्थानबाट हेटौडास्थित आश्रमसम्म लैजाने एम्बुलेन्सको भाडा बुढिगंगा गाउपालिकाले उपलब्ध गराइएको गाउपालिका सदस्य मीना विश्वासले जानकारी दिइन् । एम्बुलेन्सको भाडा १६ हजार रहेको छ ।

मन्डलका एक छोरा र छोरी छन् । छोरा हैदरावाद रहेको र छोरीको जनकपुरमा विवाह भएको मण्डलले बताए ।

तस्वीर सहयोग विवश खापुङ सुमन

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

३ घण्टापछि ९ः४२ बजे अपडेट गरिएको ।

सम्बन्धित शीर्षकहरु

घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते

चितवन, १२ चैत (रासस) : पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस...

लिम्बुवान स्प्रीङ आन्दोलन र घरको कसिङ्गर

सञ्जय तुम्बाहाङ्फे ‘सबैभन्दा पहिले हामी आफ्नो घरको कसिङ्गरलाई बढार्न चाहान्छौ ।’ लिम्बुवान स्प्रीङ आन्दोलनलाई...

अचेतअवस्थामै भीमबहादुर निधन

काठमाडौं, ७ चैत । दुर्घटना परेर अचेत अवस्थामा रहेका भीमबहादुर थापाको ६ चैतमा निधन...

होली पर्वका अवसरमा उपराष्ट्रपतिको शुभकामना सन्देश

काठमाडौँ, ६ चैत (रासस) : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट