Advertisement

नेपालद्वारा मलेशियासामु १२७ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, ७ फागुन : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई जितका लागि १२७ रनको लक्ष्य दिएको छ । 

थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १२६ रन बनायो । 

नेपालका लागि शुरुआती ब्याट्सम्यान सीता रानामगरले ४२ रन जोडिन् । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाइन् । त्यस्तै काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले छ रन जोडिन् । नेपालले मलेशियापछि दोस्रो खेलमा आयोजक थाइल्याण्डसँग बिहीबार खेल्नेछ । 

एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । 

सम्बन्धित शीर्षकहरु

उमाकुण्डमा खुल्ला पुरुष भलिबल प्रतियोगिता

मिलन बि.क., रामेछाप उमाकुण्ड गाँउपालिका–२, बाम्ति भण्डारमा खुल्ला पुरुष भलिबल प्रतियोगिता चैत्र ३ गतेबाट...

साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

–मनोजकुमार दाहाल विराटनगर, २४ फागुन । विराटनगरमा फागुन २८ गतेदेखि शुरु हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ...

फुटबल प्रतियोगिता हुने

कैलाली, २२ फागुन : नगर क्षेत्रलाई खेलकूदको नमूना बनाउने उद्देश्यका साथ गौरीगङ्गा नगरपालिकामा यही...

‘बी’ डिभिजन लिगको अन्तिम चरणका खेल आजदेखि

काठमाडौँ, १७ फागुन : अखिल नेपाल फटबल सङ्घ (एन्फा)ले जारी ‘बी’ डिभिजन लिग फुटबल...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट