Advertisement

मुन्धुम निर्देशित कथा कविता आख्यान पनि साहित्य हो- प्रदिप मेन्याङ्बो मुन्धुम कवि

पछिल्लो पल्ट नेपाली साहित्यमा मुन्धुम कविताको चिन्तन सहित नौलो स्वाद पस्कने कवि हुन् प्रदिप मेन्याङ्बो । पत्रकारितामा समेत शसक्त र सक्रिय रहेका मेन्याङ्बो यही मुन्धुम कवितालाई स्थापित गर्न देश तथा विदेशको यात्रामा तल्लिन छन् । भर्खरै हङ्कङ भ्रमण सकेर नेपाल आइपुगेका उनै मेन्याङ्बोसँग नयाँअनलाइनले गरेको कुराकानीको अंश ।

हिजो आज के गर्दै हुनुहुन्छ ?
मुलरूपमा त पत्रकारितामै व्यस्त छु । मेरो दैनिक जीवन, परिवार चल्ने भनेको पत्रकारिता नै हो अहिलेसम्म । अरु पेशा रोजिएन वा रोज्न पाइएन भनौ । लहै लहैमा पत्रकारितामा लागियो । त्यसलाई शौखका रूपमा पनि अगाडि बढाइयो । अहिले करिव अढाइ दशक पुरा हुन लागेको छ अव पेशाको रूपमा पत्रकारितालाई अंगालेको छु । पत्रकारिताबाट उब्रिएको केही समय साहित्य सृजनामा पनि प्रयोग गर्ने प्रयास गर्दै छु । त्यसमा पनि मुन्धुम साहित्यमा आफूलाई केन्द्रित गरेको छु । मुड चलेको बेला मुन्धुमका पात्रलाई टपक्क टिपेर मुन्धुममा उ जहांखेलेको थियो त्यही खेलाउनेप्रयास ििगररहेको छु कविता मार्फत ।

साहित्य सृजनामा अलिक कम देखिनु हुन्छ भन्ने गुनासो छ नि ?
साहित्य सृजनामा कमै देखिन्छु । जस्ले यो आरोप लगाएको हो उ सत्य हो । मैले जानी नजानी ०४५ अगाडि देखि कविता लेख्न थालेको हो । त्यसबेला मेरो उमेर भर्खरैको किशोर अवस्था थियो । ताप्लेजुङको थेचम्बुमा जन्मे, झापाको हडिया बुधबारे, चैतुबारी बारदशी, घैलाडुवा, महाभारा, अनि कोरोबारीको टटुवामारीका स्कुलहरूमा पढें । अर्थात धेरै स्कुल चाहारियो। यसरी किशोर अवस्थामा स्कुल चाहार्दा पनि मैले मावितह सम्मकोपठन पाठनलाई भने निरन्तरता दिने प्रयास जारी राखें । पारिवारिक आर्थिक अभावमा गुज्रीरहेकोअवस्थाले गर्द ा किशोर अवस्थामै पनि कहिले काही आफूभन्दा ठूलाहरूको पछाडि लागेर मिरिकको बालासन खोलामाथिको सौरे डाँडामा चियाको बुट्यान फाडेर बाटो खन्न पुगें । टिस्टाको बाघपुलमाथिको पारिपट्टीको जंगलमा बांस काट्नेकाम पनि गरियो । यी कथा जस्ता लाग्छुन सुन्नेलाईअरु कथा मैले भोगेका धेरै छन् । मैले यहा भन्न खोजेको के हो भनेयिनै अनुभवले मलाई साहित्य लेख्न मदत ग¥यो । यी सवै किशोर अवस्थाका अनुभव भएका जसै ०५१ मा कलेज पढ्न धरान आएं, काकाको घरमा बसेर कलेज पढ्दा म राम्रै कविता लेख्न सक्ने जान्ने भइसकेको थिएं । र, धरानमा त्यसबेला हुने धेरै साहित्यीक गतिविधिमा निरन्तर सहभागिता जनाउथें । प्रतिययोगिताम भाग लिन्थें । स्कूलमा पनि प्राय प्रथम दोश्रो हुन्थे साहित्यमा र धरानको साहित्यिक माहौलमा पनि साना तिना प्रतियोगितामा प्रथम दोश्रोहुन्थें । तर यो कविता, गीत, गजल, कथाबाट मैले आर्थिक आर्जन भने गर्न सकिन र म मोडिए पत्रकारिता तिर । ६० को दशकसम्म साहित्यमा सक्रिय रहेंपत्रकारितासंगै । अहिले नेपाली साहित्यमा कम उपस्थीति छ मेरो । पत्रपत्रिकामा पनि म नै होला सवैभन्दा कम कविता, कथा गीतगजल पठाउने वा छपाउने । काठमाण्डौका सम्पादकलाई नमस्कार गर्दैआफ्नो कविता, गीत गजल कथा छाप्न मन लागेन । मेरा कविता गीत माग्नेकतिपयलाई दिइन पनि । मेरो श्रम र श्रृजनालाई विना पारिश्रमिक किन दिने भनेर त्यसैथन्क्याएर राखें । ती मध्ये धेरै हराएका छन् । मलाई कुनै गुनासो छैन ती सृजना हराएकोमा । खासमा मलाई धेरैले विर्सेका छन्यस्ले पनि कुनै बेला साहित्य कोथ्र्याेभनेर । चर्चामा आउनेगरी शायद कुनै कृति नलेखेकाले होलान विर्सेका । चर्चा नै नहुने कृति किन लेख्ने मैले ? मैले नसके अरुले लेख्छन् भनेर साहित्यिक गतिविधिमा कमै सहभागी भएकै हो यसर्थ।

मुन्धुम कविताले यहाँलाई निक्कै चर्चामा पुर्याए जस्तो छ, खासमा मुन्धुम कविता भनेको चै के हो ।
मुन्धुम कविता बास्तवमा चर्चामा आउनकालगि मैले लेखेको होइन । मुन्धुम आफैमा अपार ज्ञानको सागर हो । जुन हामीले सबै अध्ययन गर्न पाएका छैनौ । जसरी हिन्दु धर्म दर्शन पहिले संस्कृत भाषामा सिमित थियो । तर त्यसलाई हिन्दी, मैथली, भोजपुरी, नेपालीलगायत धेरै भाषामा अनुवाद गरिए । नविन र मिहिनरूपमा व्याख्या पुनव्र्याख्या गरिए । आज त्यसले पुर्वीय दर्शन साहित्यको आकारमात्र लिएको छैन हामीले पढ्ने सोच्नेधारणा बनाउने विचार तयार गर्नेकुनै पनि व्यत्तित्व तयार गर्नेमनोवैज्ञानिक आधारहरू त्यसैपुर्वी दर्शनसंग तुलना गर्नपुग्छौं । बांकी पाश्चात्य दर्शन र साहित्यका विम्ब पात्र र घट्नासंग तुलना गर्छौं । हो, त्यस्तै दर्शन मुन्धुम भित्रपनि अथाहरूपमा छ । तर सामान्य पाठकले अध्ययन गर्ने, मनन र चिन्तन गर्नेतहमा मुन्धुम दर्शन साहित्यलाई व्याख्या पुनव्र्याख्या र पुनपरिभाषित गर्न सकिएको छैन । मुन्धुम दशृन साहित्यमा पनि अनेक विम्ब, पात्र, घट्नाहरू छन् । सिमिली र मेटाफोरहरू छन्। तर प्रयोगमा ल्याउन सकिएको छैन । मैलेजति पाएं मुन्धुम पुस्तकहरू ती थोरै छन् । इमानसिं चेम्जोङ, बैरागी काइला, लक्ष्मण मेन्याङ्बो, अर्जुनबाबु माबुहाङलगायतले अनुवाद गरेका केही मुन्धुम दर्शन साहित्यका आधारमा मैले मुन्धुम कविता लेख्न थाले विगत आधा दशकदेखि । तर सुरुमा मैले मुन्धुम भित्रक यौन चरित्र र गतिविधिलाई विषय बनाएर कविता लेख्दैछु । अब बुझ्नु भयो होला मुन्धुम कविता केहो भनेर ।

मुन्धुम कवितालाई अभियान या प्रयोग के भनौं ?
मैले माथि पनि भनिसकेको छुकि हामीले अहिलेसम्म पढेका साहित्य कुन दर्शन साहित्यबाट प्रभावित छ कित पुर्वीय दर्शन साहित्यबाट कित पाश्चात्य दर्शन साहित्यबाट । हामीले रातदिन दिमागमा रा्खने पात्रहरू घट्नाहरू विम्बहरू कस्ले तयार गरिदिए ? तिनै रामायण, महाभारत, चार वेद अठार पुराण, उपनिषद, त्रिपिटक, बाइबल, कुरानका त छन् नि । तर मैलेमुन्धुममा विल्कुनै नया विम्ब, पात्र घट्ना पाएँ जुन विम्ब पात्रहरू रामायण, महाभारत, चार वेद अठार पुराण, उपनिषद, त्रिपिटक, बाइबल, कुरानमा छैनन् । हामीलेसधैं पढेका बुझेका सोच्नेगरिएका दर्शन साहित्यमा भन्दा धेरै फरक विम्ब पात्रलाई निकालेर सामान्य पाठक सामु उभ्याउदा पक्कै पनि नयाँ स्वाद पाउने छन् र विश्व साहित्यमा मुन्धुम साहित्य फराकिलो भएर जानेछ भनेर यता तिर लागें । अव तपाई आफै भन्नुस मुन्धुम कविता अभियान हो कि प्रयोग ? तपाईलाई के लाग्छ ? यो बास्तवमा अभियान पनि होइन र प्रयोग पनि होइन । बाइबल निर्देशित इसपको कथा के प्रयोग हो त ? दा भिन्चीको द लास्ट सुपर प्रयोग हो त ? कि अभियान ? वेद, कुरान निर्देशित कतिपय आख्यानहरू प्रयोग होत कि अभियान ? ती सवै कुनै न कुनै दर्शनबाट निर्देशित विशुद्ध साहित्य भए जस्तै मुन्धुम निर्देशित कथा, कविता वा आख्यान पनि साहित्य हुन्। प्रयोग पनि होइन र अभियान पनि होइन । आज मैले लेख्दै छु । भोलि अरुले लेख्दै जाने छन् ।

मुन्धुम कविताबाट आशा चै के राख्नु भा छ ?
पैसा कमाउला, नाम कमाउला भनेर एक रति पनि मैले आशा राखेको छैन मुन्धुम साहित्यबाट । पैसा कमाएर पनि खाली हात जाने हो । नाम कमाएर पनि मरेपछि मेरो नाम संसारमा चर्चाहुदैछ भन्ने थाहा हुदैन । बाचिन्जेल जे छ राम्रो गरौं भन्नेमात्र मेरो ध्येय छ । मुन्धुम कविता वा साहित्य लेख्दै गर्दा पक्कै पनि म जस्तै अरुले पनि मुन्धुमभित्र छिरेर कथा, कविता वा आख्यान लेख्छन् होला , अनि आम पाठकले पनि थाहा पाउने छन् ए मुन्धुदर्शन साहित्य मा पनि अथाह ज्ञानका साथै विम्ब पात्र घट्नाहरू रहेछन् भनेर । मैले आशा गरेको भनेको अरुले पनि थाहा पाउने छन् भन्नेमात्र हो ।

यसको औपचारिक घोषणा हुने हो कि या त यहि रूपले अघि बढ्ने हो ?
मुन्धुम साहित्य वा कविताको सैद्धान्तिकरण भने गरिसकेको छैन । यसलाई सैद्धान्तिकरण गर्ने क्रम जारी छ । अनावश्यक जस्तो लाग्छ घोषणा पत्र नै तयार गरेर हल्ला गर्नु । पहिले त गुदी तयार गर्नु प¥यो नि । घोषणा गर्दा मदन पुरस्कार वा साहित्यमा नोवल पुरस्कार पाइन्छ त ? नेपालमा धेरै साहित्यका वादहरू घोषणा पत्रमा सिमित छन् । जस्ले जस्तो वादको घोषणा गरेपनि आखिर आफू बांचेको वा उभिएको धरातलकै कथा, कविता वा आख्यान लेख्ने हो । मान्छे, परिवार समाज, सत्ता र समयको साहित्य लेख्ने हो । विल्कुलै फरक त कसैको वादमा पनि देखेको छैन । त्यसैले मुन्धुम कविता वा साहित्यलाई सार्वजनिक गर्न घोषणाको जरुरी छैन र देख्दिन । मुन्धुम कविताको पहिलो पटक सार्वजनिक कैले सामाजिक संजालमार्फत गरेको छु । त्यसपछि मोरङको झोराहाट नाट्य केन्द्र र तेह्रथुमको म्याङ्लुङमा आयोजित कविता सांझमा भएका छन् । र अलिक विस्तृत र एकलरूपमा नेपाल बाहिर पहिलो पटक हङकङमा चुम्लुङ हङकङ, थिन्दोलुङ खोक्याहाङ हङकङ परिवार, सिंगक समाज हङकङ परिवार र हङकङ नेपाली साहित्य प्रतिष्ठानले संयुक्तरूपमा मुन्धुम कविता एकल वाचन कार्यक्रम गरिदिएर अन्तराष्ट्रियकरण गरिदिएका छन् । यसर्थ अव घोषणा पत्र जारी गर्नु जरुरी देख्दिन । आफ्नै धुन, आफ्नै बासुरीको ताल र लयमा म मुन्धुम साहित्यलाई बोकेर अघि बढ्छु ।

मुन्धुम कविताको प्रबर्द्धनका लागि तत्कालै कुनै योजना ?
त्यस्तो कुनै योजना मैले बनाएको छैन । लेख्दै जाने हो । कुनै प्रकाशन गृहलाई मन परे अवश्य प्रकाशित गरिदिने छन् मन नपरे अरु प्रकाशक आउलान् । अचेल साहित्य विकाउनकालागि प्रोपोगण्डासंगै बजारीकरण गर्नु पर्छ । बजारीकरण गर्नकालागि विज्ञापनमा धेरै पैसा खर्च गर्नु पर्छ । यी सवै कुरा मलाई थाहा छ तर पनि म यी कुराबाट धेरै टाढा छु । किनकी मसंग प्रोपोगण्डा र विज्ञापन गर्न पुजी छैन । पछि प्रकाशन गृहले गरिदिए मेरो भन्नु केही छैन ।

प्रस्तुतिः प्रकाश दिप्साली

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

मुन्धुम निर्देशित कथा कविता आख्यान पनि साहित्य हो- प्रदिप मेन्याङ्बो मुन्धुम कवि

पछिल्लो पल्ट नेपाली साहित्यमा मुन्धुम कविताको चिन्तन सहित नौलो स्वाद पस्कने कवि हुन् प्रदिप...

कविताका लागि कला आवश्यक हुन्छ -बद्री भिखारी

नेपाली साहित्याकाशमा निरन्तर रुपमा सक्रिय रहदै आएका इटहरीका कवि बद्री भिखारीको कविता संग्रह समुद्र...

औंलामा गन्न सकिने नारी लेखकहरू उत्पादन हुनु पनि गर्वको कुरा हो – रेखा सुवेदी

नेपाली साहित्यमा नारी लेखकहरूको उपस्थिति कम छ । उनीहरूको आ–आफ्नै व्यथा छन् । तर...

प्रवासमा नेपालमा जस्तो साहित्यको सिण्डिकेट छैन

मनि राई ‘गोठाले’ साहित्यकार तथा कार्टुनिष्ट २०२० सालमा पूर्वीभारतको मणिपुरमा जन्मेका मनि राई ‘गोठाले’...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट