Advertisement

सिके राउतको अवतरण र अबको सम्भावना

विजय लुम्फुङवा लिम्बू

कुनै पनि हिंसात्मक राजनीतिमा लागेको समुह र व्यक्तिखुल्ला राजनीतिमा आउनु राम्रो नै हो । सिके राउतको हकमापनि यो कुरा लागु हुन्छ । हिजो मधेश आन्दोलन शिखरमा भई रहँदा स्वतन्त्रमधेशको नाममा समग्र मधेश आन्दोलनलाई नै बदनाम र जोखीम पु¥याने कामभयो यसले मधेश आन्दोलनलाई हेर्ने दृष्टिकोण नै पृथकतावादीआन्दोलनभनाउने कामभयो । र मुलधारको मधेश आन्दोलनप्रति नै नकारात्मक छाप फैलाउने कामभयो । अहिले सिके राउत र वर्तमान सरकार राजनीतिक सहमतिगदै खुल्ल राजनीतिमा आएकोछ । तर देशमा विकास भई रहेको तीव्र राजनीतिक घटनाक्रमले यतिमा मात्र सिमीत राखेको छैन । वर्तमान सरकारले अदालतलाई प्रभावमा पारेको रहेछ भन्ने कुरा जेलबाट छुटेका भोलीपल्ट नै यसरी सम्झौता गरेको कारणबाट प्रष्ट छ । अहिले एक पृथकतावादी आन्दोलन गर्ने सिके राउत छुटेको छ भने नेपालभित्रै थारुहरूको अधिकार माग्ने रेशम चौधरीलाई सर्वस्वसहित जन्मकैद गरेको छ । आजकलको भाषामा भन्ने हो भने सबै सेटिङ नै त जस्तो देखिन्छ ।

अब सिके राउत के गर्ला ? कसरी मधेशका मुद्दालाई उठाउँला ? के साँच्चै स्वतन्त्र मधेशको लागी जनमत संग्रह होला त ? यस्ता प्रश्नहरू उठेका छन् ।

सरकारसँगको सहमतिमा कतै पनि जनमत संग्रहको चर्चा छैन । बुँदा नं २ मा राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्यहरू प्र्रााप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्नेमा हामी दृढ छौं । नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराइ मधेश लगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिहरूलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधानगर्न सहमत भएका छौं ।’ भनेर उल्लेख गरेको छ जनअभिमतमा आधारित लोकतान्त्रिक विधि भन्नाले निर्वाचन वा जनमत संग्रहके हो स्पष्ट छैन तर सरकार निर्वाचनविधि नै हो भन्नेमा स्पष्ट छ किनकी सरकार देश टुक्रयाउने सन्दर्भमा जनमत संग्रह गर्ने मुडमा नै छैन । यहाँ सिके राउतलाई केपी ओलीजीले थाङनामा नै सुताए ।

अब सिके राउत के गर्ला त ?

अब केहि दिन मधेशका केहि स्थानमा सरकार संगको सहमतिबारे सभा भेलाहरू आयोजना गदै मधेशी जनतालाई प्रष्टयाउने काम गर्ला तर मधेशी जनताले पत्याउँला त ? पहिचान र संघीयताको आन्दोलनमा अग्रणी भुमिका निर्वाह गर्ने र पटक पटक सरकारसँग धोका खाई रहेको मधेशी जनताले पत्याई हाल्ने स्थिति छैन । सिके राउतको राजनीतिककर्म क्षेत्र मधेश नै हो । मधेशमा अहिले पनि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीको नै पकड देखिन्छ । यी दुई राजनीतिक दलभन्दा हिजो सिके राउतको भिजन र मिसन नै फरक थियो त्यसैले सिके राउतको मधेशमा छुट्टै पहिचान थियो तर अबत्यस्तो छवि र पहिचानको लागिसिके राउतले कडा संघर्ष गर्नु पर्दछ ।

हिचानको आन्दोलन रक्षात्मक स्थितीमा रहेको बेला, मधेशमा नेकपाको कमजोर स्थिती रहेको बेला अब मधेशी जनताको मत विभाजन गर्न केपी ओलीलगायतले सिके राउतलाई राम्रै प्रयोग गर्ने सम्भावना छ । मधेशमा तीन शक्तिलाई लडाए नेकपालगायतका शक्तिमाथी आउने अड्कल ओलीहरूको छ । मधेशी विरुद्ध मधेशीलाई नै लडाउने प्रबल सम्भावना छ । के सिके राउत नेकपामा प्रवेश गर्ला त ?

अहिले नै त्यो सम्भावना देखिदैन बरु सिके राउतले मधेशमा संगठन विस्तार गर्छ, पार्टी कार्यलयहरू खोल्छ शक्ति आर्जन गर्ने कोशिस गर्छ । हिजो सिके राउतको आन्दोलन दलियभन्दा पनि अभियान थियो । अब राजनीतिक दल निर्माण गर्नमा समय देला । कालान्तरमा ओलीलगायतहरूको सम्बन्ध र अन्य मधेशी शक्तिहरू संगको दुरीले सिके राउतको नेकपामा प्रवेशको कुरा निर्धारण गर्छ । त्यसैले अब वास्तवमा सिके राउतमाथी चुनौती थपिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते

चितवन, १२ चैत (रासस) : पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस...

लिम्बुवान स्प्रीङ आन्दोलन र घरको कसिङ्गर

सञ्जय तुम्बाहाङ्फे ‘सबैभन्दा पहिले हामी आफ्नो घरको कसिङ्गरलाई बढार्न चाहान्छौ ।’ लिम्बुवान स्प्रीङ आन्दोलनलाई...

अचेतअवस्थामै भीमबहादुर निधन

काठमाडौं, ७ चैत । दुर्घटना परेर अचेत अवस्थामा रहेका भीमबहादुर थापाको ६ चैतमा निधन...

होली पर्वका अवसरमा उपराष्ट्रपतिको शुभकामना सन्देश

काठमाडौँ, ६ चैत (रासस) : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट