Advertisement

डम्फू साँझ युएईले डम्फू साँझ–२०१९ गर्ने

अनिस तामाङ

युएई / तामाङहरुको सांस्कृतिक चिनारी डम्फूको नामबाट डम्फू साँझ युएई परिवारले पहिलो ऐतिहासिक डम्फू साँझ–२०१९ बृहत सांस्कृतिक कार्यक्रम गर्ने तयारी तीब्र पारेको छ ।

तामाङ समुदायको सांस्कृतिक पहिचानको रुपमा चिनिने डम्फू पछिल्लो चरण तामाङ गीत संगीत देखि चलनचल्तीको चाडपर्व रीतिरिवाजहरुमा समेत कम प्रयोग हुँदै गएको छ । भविष्यमा डम्फू लोप हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै डम्फूको प्रचारप्रसार र सांस्कृतिक जगेर्ना गर्दै समुदायलाई एकतावद्ध गर्ने उदेश्यले युएईमा रहेका नेपाली युवाहरुले डम्फू साँझ कार्यक्रम आयोजना गरेको हो । ‘हाम्रो डम्फू हाम्रै शान, यसैमा छ तामाङ पहिचान’ भन्ने मुल नारा लिएर युएइको देरादुबईस्थित काल्र्टन टावरमा हुन लागेको उक्त कार्यक्रममा नेपालबाट तामाङ चलचित्रदेखि सेलो जगतका चर्चित हस्तीहरु समेत युएई आउने कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङले जानकारी गराएको छ।

जसमा चर्चित सेलो गायिकाहरु इन्दिरा गोले, जीतु लोप्चन गायकहरु विश्व दोङ, फूलकुमार बम्जन, म्हेन्दोमाया गायक सुमन घले, तामाङ चलचित्रको वरिष्ठ नायक तथा निर्माता अमिर दोङ तामाङ, नायिका सुनिता लुङ्बा, सुश्मा मोक्तान र कार्यक्रम उद्घोषिका स्मारिका थिङ तामाङ रहेका छन्।

आउदो अप्रिल १९ तारिखका दिन दिउँसो ठिक १ बजे सुरु हुन लागेको उक्त कार्यक्रमका लागि आयोजक टिम युएइका विभिन्न शहरहरुमा पुगेर त्यहाँका क्रियाशील संघसंस्थाका प्रतिनिधिहरुलाई प्रत्येक्ष भेटेर निमन्त्रणा कार्ड दिनेदेखि कार्यक्रममा उपस्थितिका लागि सबैलाई आह्वन गर्दै कार्यक्रमको प्रचारप्रसारलाई तिब्र बनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

लिम्बू पत्रकार सङ्घ यूकेको अधिवेशन हुने

२६ मार्च, आसफोर्ड(बेलायत)/लिम्बू पत्रकार सङ्घ यूकेले आफ्नो पहिलो अधिवेशन अगष्ट महिनामा गर्ने निर्णय गरेको...

अग्नि पिडितलाई सहयोग हस्तान्तरण गर्ने

सुरेन्द्र लिङ्थेप २०७५ चैत्र १० आइतबार, युएई, पाँचथर जिल्लाको हिल्लीहाङ गाउपालिका –३ हाडेमा अचानक...

युकेमा किरात धर्मको अधिवेशन सम्पन्न

माङहिम बनाउने घोषणा, ३४ हजार पाउण्ड संकलित गत १६ मार्च २०१९ का दिन किरात...

साहित्य महासङ्घद्धारा गीतकार कर्णेल गुरुङ सम्मानित

गत १५ मार्च २०१९ का दिन गीतकार, गायक, बौद्धिक ब्यक्तित्व नेपाली सेनाका सेवारत लेप्टिनेन...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट