Advertisement

बेलायती नेपाली कविहरू सिर्जनामार्फत् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा जोडिए

मार्च ९, आसफोर्ड(बेलायत)/१०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई शुक्रबार संसारभरका अधिकारकर्मीहरूले मनाए । सोही उल्लासमा बेलायती नेपाली कविहरू आफ्नो सिर्जनामार्फत् जोडिए । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले सिर्जना वाचन कार्यक्रम आयोजना गरिरहँदा दर्जन कविहरूले आफ्नो प्रस्तुतिमा नारीलाई विम्ब बनाइरहेका थिए ।

आसफोर्डको गोरखा भिल्लामा भेला भएका अन्य साहित्यानुरागीहरूले कविहरूलाई सुनेर साथ पनि दिए । सधैँ एकतर्फी रचना वाचन मात्रै गरिरहने सर्जकहरूले यसपटक भने एक अर्काका सिर्जनाउपर पनि समीक्षा गरेर तत्काल प्रतिक्रिया पनि जनाइरहेका थिए । औँतारी साइँला गुरूङले ‘महान् नारी’ कवितामार्फत साँझको भेलालाई पहिलो सम्बोधन गरे । उनीलगत्तै इको कवि विजय हितान मगरले औँतारीको रचनाले नारीलाई अणु बमको संज्ञाका रूपमा प्रस्तुत गरेको बताए । उनले ‘शिखर चढ्न किन नसकेको नारी’ शीर्षकको कविता पस्के । महासङ्घका निवर्तमान अध्यक्ष विश्वासदीप तिगेलाले हितानको रचनाले सुविधामा हुर्किरहेका नारीहरूप्रति व्यङ्ग्य गरेको टिप्पणी गर्दै आफ्नो रचना सुनाए । शुक्रबारै आफ्नो वैवाहिक वर्षगाँठ पनि मनाइरहँदा उनले जीवनसँगिनी भोजकुमारीमाझ आफूलाई प्रस्तुत गरे । पूर्व गोरखा सैनिक समेत रहेका तिगेलाले भने गोरखा शब्दप्रति असहमति जनाउँदै ‘गोरखा शब्दको खारेजी’ सुनाए ।

कवि लाहाङ चेम्जोङले रचनाबारे बोल्दै दुई सय वर्षअघि सुरु भएको गोरखा सैनिक भर्ती परम्पराले पहिचानमा पारेको सङ्कटलाई चित्रित गरेको जनाए । उनले ‘कविताभित्र नोरा’ प्रस्तुत गरे । सोउपर समीक्षा गर्दै गायक थिर थापा मगरले हेनरिक इब्सनको कालजयी नाटक ‘अ डल्स हाउस’ का पात्रहरूलाई उत्कृष्ट ढङ्गले कवितामा रुपान्तरण गरेको प्रतिक्रिया दिए । मगरले पनि नारी बहुआयामिक व्यक्तित्वका रूपमा रहेको भन्दै आधा दर्जन छोटा कविताहरू सुनाए । उनीपछि उदाएका कार्यक्रम संयोजक एवम् कवि अमित थेवेले वाचन गरिएका रचनाहरूले सूक्ष्म रूपमा महिलालाई बुझ्न सघाउ पुगेको धारणा दिए । उनले ‘मिःम्जिमा’ र ‘छापामारको छायाँ’ सुनाए ।

कार्यक्रममा भोजकुमारी लिम्बु, भावना सिङ्गक चेम्जोङ, आनन्द देवान, तङ्नाम तिगेला, मनिराज आङ्बुहाङ, सुवास राई लगायत उपस्थित थिए । यसैगरी, शुक्रबार बसेको विनेसाम, साउथ यूकेको बैठकले आगामी मार्च ३० तारिखमा आफ्नो स्थापना दिवस तथा अर्थ आवरका अवसर पारेर बृहत साहित्यिक कार्यक्रम गर्न लागरिहेको महासचिव थिर थापा मगरले बताए । उनले बैठकले कवि थेवेलाई कार्य समिति सदस्यमा समेत चयन गरेको जानकारी दिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

लिम्बू पत्रकार सङ्घ यूकेको अधिवेशन हुने

२६ मार्च, आसफोर्ड(बेलायत)/लिम्बू पत्रकार सङ्घ यूकेले आफ्नो पहिलो अधिवेशन अगष्ट महिनामा गर्ने निर्णय गरेको...

अग्नि पिडितलाई सहयोग हस्तान्तरण गर्ने

सुरेन्द्र लिङ्थेप २०७५ चैत्र १० आइतबार, युएई, पाँचथर जिल्लाको हिल्लीहाङ गाउपालिका –३ हाडेमा अचानक...

युकेमा किरात धर्मको अधिवेशन सम्पन्न

माङहिम बनाउने घोषणा, ३४ हजार पाउण्ड संकलित गत १६ मार्च २०१९ का दिन किरात...

साहित्य महासङ्घद्धारा गीतकार कर्णेल गुरुङ सम्मानित

गत १५ मार्च २०१९ का दिन गीतकार, गायक, बौद्धिक ब्यक्तित्व नेपाली सेनाका सेवारत लेप्टिनेन...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट