Advertisement

१४९ यात्रु बोकेको इथियोपियन एअरलाइन्सको बोइङ दुर्घटनामा

काठमाडौं : इथियोपियन एअरलाइन्सको बोइङ ७३७ विमान दुर्घटनामा परेको छ। केन्यातर्फ उडेको उक्त विमानमा १४९ जना यात्रु र ८ जना चालकदलका सदस्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

इथियोपियाको राजधानी आदिस अबाबाबाट केन्याको नैरोबीका लागि उडेको उक्त विमान उडेको केही मिनेटमा नै दुर्घटनामा परेको एपीले जनाएको छ।

इथियोपियन एअरलाइन्सले विज्ञप्ति जारी गरी खोजी तथा उद्दारकार्य जारी रहेको जनाएको छ।

इथियोपियाका प्रधानमन्त्री एबी अहमदले ट्विटरमार्फत घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई समवेदना भनेका छन्। तर घटनामा के कति हताहती भयो र कोही जिवित छन् वा छैनन् भन्ने खुलेको छैन।  

इथियोपियन सरकारको स्वामित्वमा रहेको उक्त एअरलाइन्स अफ्रिकाकै सबैभन्दा ठूलो हवाई सेवा मानिन्छ। 

सम्बन्धित शीर्षकहरु

जापानको वाकायामा प्रान्तमा ५.२ म्याग्नीच्युडको भूकम्प

टोकियो, २९ फागुन : जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा ५.२ म्याग्नीच्युडको भूकम्प...

१४९ यात्रु बोकेको इथियोपियन एअरलाइन्सको बोइङ दुर्घटनामा

काठमाडौं : इथियोपियन एअरलाइन्सको बोइङ ७३७ विमान दुर्घटनामा परेको छ। केन्यातर्फ उडेको उक्त विमानमा १४९...

मेक्सिकोको बारमा गोली चल्यो, विभिन्न स्थानमा कम्तिमा १४ जनाको मृत्यु

मेक्सिको सिटी, मेक्सिको, २५ फागुन : मेक्सिकोको विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा कम्तिमा १४...

दक्षिण कोरियाका पूर्व राष्ट्रपति जमानतमा रिहा

सियोल, २२ फागुन – भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट