Advertisement

सङ्केतको यात्रा सङ्ग्रह ‘बुद्धल्याण्ड टूस्विजरल्याण्ड’ पढेपछि

जानु काम्बाङ्ग लिम्बू

लेखक, कवि, साहित्यकार तथा यात्राकार केदार सङ्केतद्वारा लिखित यात्रा सङ्ग्रह ‘बुद्धल्याण्ड टु स्वीजरल्याण्ड’ पढ्न थालेको त धेरै नै भो, तर पढेर सिध्याउने काम भने आज बल्ल भो । म यात्रा गर्न र लेख्न दुबै खुब मन पराउँछु, तर यात्रा गर्ने अवसर भने रहर गरे भन्दा धेरै कम मात्र मिलेकोले होला सोंचे जस्तो यात्रा लेख्न सकेकी छुइनँ । तेसैले केदार जीको यो यात्राले मलाई लेखनमा पनि हदैसम्म सहयोग गरेको महसुस गरेकी छु उहाँको ‘एथेन्सको झरी’ पछिको सम्भवत यो दोस्रो नियात्रा होला, पहिलो पढ्ने अवसर मिलेन, सुनेकी छु त्यो यात्रा सङ्ग्रह पनि बेस्सरी राम्रो भएकै कारण मध्यपश्चिमा अञ्चलको बिएडका विध्यार्थीहरू माँझ अध्ययनरत छ ।

पहिलो यात्रा तामे डाँडाले धेरै जानकारी दिलायो, पढिरहँदा आफै सङ्केतजीको बाईक पछाडी बसेर सुनकोशीको किनारै–किनार सुन्दर दृष्यहरूको आनन्द लिँदै आफै गइरहेको महसुश भयो । नेपालमा छँदा बजारबाट ल्याएर धेरै खाएकी छु कालो आलू तर कहाँँ पाईन्छ त्यो थाहा थिएन । हाम्रा देशका बिभिन्न ठाउँका आ–आफ्नै विशेषताहरू छन् । तामे डाँडाको तामा खानी र कालोआलुको मिठो सम्मिश्रण रहेको यात्रा मज्जैले पढ्न पाईयो ।

उहाँले यो यात्रा लेख्न कति समय लगाउनु भो त्यो त थाहा छैन । किनकि यात्रा सङ्ग्रह लेख्न सजिलो छैन, कारण यहाँ सङ्ग्रहित सबै ठाउँ र देशहरू पहिले घुमेर सक्नुपर्यो त्यसपछि लेख्नु पर्यो यात्रा । मलाई भने आफ्नो दैनिक कार्यव्यस्तताले यो किताब भित्र समेटिएका १४ओटा यात्रा पढी सक्नु झन्डै, झन्डै आफैले यात्रा गर्नु जत्तिकै समय लाग्यो ।

नाम मात्र सुनेको र पढेको वृन्द्रावन जस्तै बन र मन्दिर बेलायतको वेल्समा छ भन्दा अचम्म लागेको थियो । तर सङ्केत जीको यात्रामा सङ्ग्रहित शिर्षक ‘बेलायतको वेल्समा गोरा पण्डित’ शिर्षकको यात्राले पुरै विश्वाश दिलायो । गोरा पण्डितहरूले संस्कृत पाठ गरेको सुन्ने र हेर्ने रहर मलाई पनि जगायो ।

म बेलायत बसेको यत्तिका बर्ष बितिसक्दा पनि यूके घुमेकी नै रहेनछु भन्ने नमिठो भान गरायो सङ्केत जीको यो यात्राले । अब अन्य देशको कुरो त झन् मेरो लागि लंग्काकै सुन भैहाल्यो ।
यात्रा गर्न असाध्यै मन पराउने मान्छे हुँ म पनि, तर नेपाल जाँदा किन हो कुन्नी काठमान्डु, माईती घर र घर गर्दै समय जान्छ । कान्तिपुरी नगरीमा बसेपछि हल्का गोजीमा पैसा नहुनु हो भने ऐठन त पक्कै लाग्छ केदार जी यो मैले पनि एकदम महसुश गरेको कुरा हो ।

‘नयाँघरेसँग नाल्दुङको खोर्याङ्ग भीर’ शिर्षकको यात्रा पढ्न सारै मज्जा लाग्यो । काठमान्डुबाट धेरै टाढा रहेन छ । यात्रामा काफलको कुरो सुन्दा मुखबाट पानी आउंदै थियो तर फेरि काफलका बोटहरूमा काफल सकेर रित्तै भेटेको कुरोले नमिठो बनायो । धन्न काफल नभेटेपनि साँधेको मुलाको अचार, लोकल तीनपाने जुस पिउन पाउनु भएछ । कतै–कतै जनयुद्दले डामेका दुखदायी डोबहरू पनि आफ्नै आँखाले नियालेर महसुस गरेको देखिन्छ लेखकले । गाउँघर घुम्दा कति रमाईलो हुन्छ भन्ने कुरोको एउटा राम्रो उदाहरण बनेको छ यो यात्रा ।

मैले माथि नै भनि सकें, कतै घुमेकी छुइन भनेर अब पालो शिर्षयात्राको, बुद्ध जन्मेको ठाउँ लुम्बिनी पनि नपुगेको म बिचरीलाई यो यात्रा पढ्न पाउँदा केदार जीलाई धन्य सम्झिरहें । लागिरह्यो नेपाली भएर आफ्नै देशमा रहेका धार्मिक र एतिहासिक थलोहरू नघुम्ने हामी कस्तो मान्छे ? आखिर छेक्छ के ले ? या मनै उस्तो ? यो पुरै यात्रा पढिसकेपछि निक्कै लामो सास फेरें, किन की यहाँ यात्राकारले पढ्ने सयम्मलाई लिएर हरेक चिजहरूको परिचय दिंदै घुमे झैं लाग्छ । पुरै एक, एक गरेर ठाउँको वर्णन, त्यहाँ रहेको पुरातत्वहरूको बर्णन यति मिलाएर गर्नु भएको छ यति त आफै घुम्न जाँदा पनि पत्ता लगाउन सकिन्न होला ।

‘केफोलिनीयामा ओलिभ टिप्दा’ यो सिर्सकको यात्रा पढेपछि संधै खाईरहेको ओलिभ र ओखर कहाँबाट आयात हुँदो रहेछ भन्ने कुरो थाहा भो । ग्रिसको धेरै रमाईलो ठाउँहरू पढेरै घुम्न पाईयो । यात्रा आफै रमाईलो हुने गर्छ, त्यहाँका रमाईलो ठाउँ, सहर, समुन्द्र आदि ईत्यादी घुम्दा–घुम्दै समय बितेको पत्तै हुन्न । यो यात्राबाट लेखक कहिले कहिँ आफ्नो जहान परिवार पनि लिएर मज्जा सँग यात्रामा निस्कँदो रहेछ भन्ने पनि थाहा भयो ।

‘दुबईको पेरोनी’ पुग्दा म आफै मन परेको सहर दुबई पुगेर घुम्दै छु जस्तो लाग्यो । जे होस् यो पुस्तकका सबै यात्राहरू सन्देशमूलक, ज्ञानबर्धक र मनोरन्जात्मक नै रहेका छन् । यात्राकारले किताब पढेर पाठकहरूले धेरैभन्दा धेरै कुरोहरू जानून्, बुझून् र थाहा पाउन् भन्ने सोंचले भरपूर मेहेनत गरेको देखिन्छ ।

सजिलो छैन यात्रा गर्न उहिल्यै, उहिल्यैका मान्छे समय अनुकूलका खानाहरू बोकेर महिनाभरिको यात्रामा निस्कन्थें, कारण त्यो बेलामा भने जस्तो आर्थिक तथा साधन हुन्न थियो । पैसै भएपनि किनेर खाने प्रसस्त ठाउँ थिएन । होटलको चलन थिएन, पाटी पौवा र ओढार तिर बास बस्नु पथ्र्यो । त्यो हेरेर अहिले त सारै सजिलो छ, गोजिभरि पैसा भए संसार घुम्न कठिन छैन । तर यात्रामा भएको खर्च हिसाब गर्ने हो भने यात्रा नै सबै भन्दा महँगो चिज हो ।

मुस्ताङ जिल्लामा मानव निर्मित एतिहाँसिक गुफाहरूको अति सह्रानीय वर्णन भेटें, विश्वको नक्सामा सानो देखिने हाम्रो देश नेपाल प्राकृतिक रुपले कति धनि छ ? भन्ने कुरो केदारजीको नियात्राले पनि प्रस्ट्याएको छ ।

वियर, चकलेट र कार्पेटको देश बेल्जियम भने मैले पनि धेरै पल्ट घुमेको देश हो । लेखकले भने जस्तै यो देशको छुट्टै सान छ युरोपमा । पहिलो विश्व युद्धताका यहाँ धेरै गोर्खाली पुर्खाहरूले बीरगति प्राप्त गरेको देश भनेर पनि चिनिन्छ । किनकि बेल्जियम र फ्रान्सको सिमानामा गोर्खालीहरूको निक्कै ठुलो समाधी रहेकोछ । अर्को कुरो युरोपियन युनियनको मुख्य कार्यालय रहेकोले पनि होला, बेल्जियमको युरोपमा छुट्टै पहिचान छ ।

यो ‘मुक्तिनाथको मख्लर’ शिर्षकको यात्रा पढेपछि मलाई जस्तै जाऊँ–जाऊँ अरूलाई पनि लाग्छ सायद ! अरू हिमाल पहाड, बाटो घाटो र खोलानाला त सबै क्षेत्रमा भेटिन्छन् नेपालमा तर मलाई त्यहाँको पाखाहरूमा देखिने गुफाहरू एकदम रोचक लाग्यो ।

वियर, चकलेट र कार्पेटको देश बेल्जियम भने मैले पनि धेरै पल्ट घुमेको देश हो । लेखकले भने जस्तै यो देशको छुट्टै सान छ युरोपमा । पहिलो विश्व युद्धताका यहाँ धेरै गोर्खाली पुर्खाहरूले बीरगति प्राप्त गरेको देश भनेर पनि चिनिन्छ । किनकि बेल्जियम र फ्रान्सको सिमानामा गोर्खालीहरूको निक्कै ठुलो समाधी रहेकोछ । अर्को कुरो युरोपियन युनियनको मुख्य कार्यालय रहेकोले पनि होला, बेल्जियमको युरोपमा छुट्टै पहिचान छ । बेल्जियमको सेरोफेरोमा परिवार लिएर घुम्दा छुट्टै रमाईलो भएको कुरो लेखकले प्रस्तुत गरेको छ । झन् जङ्गलमा घुम्दा बाटो बिराएरको प्रंसँग एक प्रकारको रमाईलो लाग्यो ।

यात्रा ‘पेरिसको झुप्सिमा’ पढ्दा पहिले घुमिसकेको भए पनि एकपल्ट फेरि फ्रान्स घुम्दैछु जस्तो लाग्यो ।

लेखकले जुनै देश घुमेपनि ती देशहरूबाट पाठकहरूको लागि भेटे जति र देखेजति सबै चिजहरू जस्ताको तस्तै टिपेर ल्याई किताबभित्र बन्द गरिदिएको छ । हामीले बस, पल्टाएर पढ्यौं भने मात्र पनि खाली फर्कने छैनौ । भरपूर मनोरञ्जन त लिनेनै छौँ, त्यो बाहेक त्यहाँँ को बारेमा धेरै ज्ञान पनि प्राप्त गर्ने छौँ, जस्ले गर्दा पछी यात्रा गर्नेहरूलाई सजिलो हुनेछ ।

‘बुर्जखालिफामा तीन कवि’ शिर्षकको यात्रामा, वहुरंगवादी कवि काईंला तथा सांकेतिक कवि केदार सुनुवार सङ्केत १८ जुलाई २०१२, दिनको ठिक साढे दुई बजे संसारकै अग्लो मानव निर्मित भवनको टुप्पोमा पुगेर एक, एक ओटा कविता वाचन गरेका थिए । त्यहाँ पुगेर कविता वाचन गर्नुको मुख्य उदेस्य, देशमा दिगो शान्ती सुरक्षा र समानताको माग हो । लेखकको यो भनाई देख्दा उनि देशप्रति निक्कै चिन्तित देखिन्छ । र, यो यात्राले काबूल अफगानिस्तानदेखि संसारकै सबैभन्दा सुन्दर समुन्द्रिक देश दुबईहुँदै रानीको देश बेलायतसम्मको लामो दुरी पार गर्दा दुई देशमा देखेका धेरै कोसेलीहरू पाठकका सामु अनेक खोजीनीती गरेर उतारेका छन् ।

‘एभरेस्ट बेस क्याम्प’ यो यात्रा पढ्दा पढ्दै मलाई पनि धेरै पटक लेक लागेर लेखकले जस्तै लसून टोकेकी छु । कति कस्ट हुँदो रहेछ हिमाल पहाड अनि लेकबेंसी यात्रा गर्नु उफ्…. म आफै बेस्सरी थाकेकी छु । यत्रो कस्ट पूर्ण यात्रा आखिर किन गर्छन् मान्छेले जस्तो पनि लाग्यो ठाउँ–ठाउँमा । उकाली ओरालीहरू पढ्दा खुई…खुई आयो आफैलाई । तर, पनि कुनै मोडहरूमा रमाईलो ठाउँ भेट्दा कल्पनाकी अथवा आफुलाई मन परेकी मनकी रानीसंग हिडिरहेको कल्पना गरेर यात्रा तय गरेको सुन्दाको परिकल्पना लेखकको एकदम रमाईलो र पृथक पनि लाग्यो । सगरमाथा बेश क्याम्प चढ्ने लेखकको पहिले देखिको सपना भएर होला म पढ्नेलाई पनि यो यात्रा पढ्दा लेखकलाई जस्तै आनन्द लाग्यो ।

मान्छेलाई एउटा सुन्दर यात्रा लेखेर पानाहरू थप्ने मन भयो भने, यात्रा गर्न कतै टाढा गैरहनु नपर्दो रहेछ । वर्णन गर्न लायक कति ठाउँहरू हाम्रै वरीपरी पनि हुँदा रैछन् । यो ‘हाउली तालको माछा’ पढि सक्दा मैले यै महसुस गरें । सुरुमा पढ्दै जाँदा र शिर्षक देख्दा लाग्यो नेपालको कुनै ठाउँ होला । तर पढ्दै जाँदा थाहा भो लेखककै घर नजिकै फ्रान्ब्रो युकेको एउटा ठाउँ पो रैछ । संधै देखिरहेको ठाउँलाई हामीले एउटा मर्निङ्ग वर्कको लागि प्रयोग गर्छौं भने व्रिटिशहरू कुकुर डुलाउदै आफु पनि हिड्छन् । लेखकले तिनै प्रसँगलाई यहाँ रमाईलो गरि प्रस्तुत गरेका छन् । लेखकको आँखाले जे देख्छ यात्रामा त्यो चिजहरू हामी सर्वसाधारण ले देखिन्छ कि देखिन्न होला भन्ने पनि लाग्छ कहिले कहिँ त !

कहिले काहीँ कतिपय ठाउँहरू आफ्नो लागि नभएर अरूको लागि धेरै पटक घुमिन्छ, जस्तै महारानीको दरबार अथवा लन्डन ! युकेबासी सबैको पटक पटक घुम्ने ठाउँ हो । नेपालबाट साथीभाई, कलाकार, साहित्यकार जो आए पनि घुमाउन लैजाने मुख्य ठाउँ त्यहि हो । यहाँ लेखकको पनि उहीँ हाल देखिन्छ । तर, जहाँ घुमे पनि लेखक आफ्नो यात्रा लेखनको कन्सेप्ट लिएर हिड्ने भएर होला, घरदेखि टाढा या नजिक जतै घुमेपनि यात्रा उपलब्धिमुलक रहेको देखिन्छ । अर्को कुरो आफुले देखेको जानेको कुरोहरू अरूले पनि जानुन् र पढुन् भन्ने सोंचले पनि लेखक सफल भएको देखिन्छ ।

लेखकले सबै पाठकहरूलाई घुमाउँदै डुलाउदै विश्वकै सबै भन्दा सुन्दर देश स्विजल्याण्ड पुर्याएर यात्राको बिट मारेका छन् । सबैको सपनाको देश स्वीट्जरल्याण्ड पुगेर यात्राकार सँगसँगै म पनि खुब रमाएँ यात्रा पढेर । अरू यात्राहरूले जस्तै यो यात्रामा पनि स्वीट्जरल्याण्डको कुना–काप्चा, वनजङ्गलदेखि लिएर शहर बजार सबै–सबै घुम्न पाईन्छ ।

अन्त्यमा, यात्रा लेखनकै लागि यात्रा गर्ने ‘यात्रास्पर्श’का अभियन्ता सङ्केतका सबै यात्राहरू एकदमै उत्तम लाग्यो । उहाँको यात्रा लेख्ने फम्र्याट जुन छ त्यो नि नविनतम छ । खासमा भन्ने हो भने, म कुनै समीक्षक या समालोचक नभएकोले पनि होला, कहिँकतै कमि कमजोरी र सुधार्नु पर्ने कुरो देखिनँ । हल्काफुल्का छपाईमा भएको सानोतिनो कमिकमजोरीहरू नभएका होइनन् तर लेखक तथा प्रकाशकले आगामी दिनहरूमा यी गल्तीहरूलाई सुधारेर लगेमा झन् सुनमा सुगन्ध हुने थियो । उकालो हिड्दा हिड्दै गर्दा फुत्त पहाडको टुप्पोमा निस्केर एक्कासी खुशीको सास फेरे जस्तो गरि, किताब पढी सकेपछि अनायसै लेख्ने जाँगर पलाएर मेरो मनबाट पनि एक्कासी फुत्त निस्केर यति लेख्दै अरू उन्नती प्रगतिको अनेक शुभकामना पनि दिन चाहे नियात्राकार केदार सङ्केत ज्युलाई ।

ताप्लेजुङ्ग हाल युके !!

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

लिम्बुवान स्प्रीङ आन्दोलन र घरको कसिङ्गर

सञ्जय तुम्बाहाङ्फे ‘सबैभन्दा पहिले हामी आफ्नो घरको कसिङ्गरलाई बढार्न चाहान्छौ ।’ लिम्बुवान स्प्रीङ आन्दोलनलाई...

खेल, साहित्य र समाजसेवामा समर्पित सुर्य लम्साल

राजु क्षेत्री अपुरो ‘सर, हामीले एउटा साहित्यिक कार्यक्रम आयोजना गरेका छौँ । हजुरपनि उपस्थिति...

एक जुझारु निर्देशकको चिरफार

देवेन्द्र सुर्केली एकै वर्षको एकै याममा एकै निर्देशकको दुई चलचित्र विरलै प्रदर्शनमा आउँछन् ।...

रेशम चौधरी जन्मकैद जेल कोच्ने ग्राण्ड डिजायनमा सिके राउत प्रयोग !

मौसम आङ्देम्बे हिजो नेकपालाई बहुमत चाहिएको थियो सरकार गठन गर्न । ससफो, राजपाजस्ता पहिचाहनवादी...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट