Advertisement

मोडलिङ मेरो रहरमात्र हो –साइना सुब्बा आङथुपो (फोटो फिचरसहित)

काठमाडौं, २७ फागुन । केही महिनाअगाडि विश्व मानव उत्थान तथा मेलमिलाप संघको स्थापना भएको थियो । स्थापना भएको छोटो समयमा नै वृद्धाश्रमलाई सहयोग गर्ने, सांस्कृतिक कार्यक्रम गर्ने लगायतका कामहरू गर्‍यो । संस्थामा सबै युवा थिए जोशिला । जसले गर्दा जुनसुकै कामको लागि पनि थप जोशको जोश काम भए ।

संस्थाकी महासचिव थिइन् साइना सुब्बा आङ्थुपो । युवा महिलाले त्यो पद सम्हालेर अगाडि बढ्नु निकै गौरवकै विषय थियो ।

युवाहरूको संस्था र महासचिव पदले मात्र साइनाको परिचय पुग्दैन । साइनाले यहाँ आइपुग्नभन्दा पहिले नै केही गीतहरूमा अभिनय गरिसकेकी थिइन् । मिस नेश्नल आइकन २०१७ मा भिडेर मिस वेष्ट फ्रेण्ड्लीको उपाधी पनि पाइसकेकी थिइन् ।

लिम्बू जातिमा थोरै छन् आङ्थुप्पो थर । यस थरबाट थोरैमात्र व्यक्तिहरू चर्चामा आएका छन् । जस्तै नाटक लेखक/निर्देशक चेतन डर आङुथुप्पो । पाँचथर जिल्ला मुलथलो भएको यस थरका मानिसहरू पूर्वी तराई तथा काठमाडौं उपत्यकामा छन् ।

मोरङको मधुमल्ला हो साइनाको जन्मस्थान । अहिले मधुमल्ला मिक्लाजुङ गाउँपालिका ७ भित्र पर्दछ ।

साइनालाई गीत गाउन पनि मन पर्छ । गीत गाउनको लागि वाधक परिवार बन्यो । उनको बुबालाई सन्तानले गीतसंगीतमा लागेको मन नपर्ने भएरै सिक्न नपाएको उनले बताइन् ।

जब प्लस टु पढ्नको लागि काठमाडौं आइन्, मिस नेश्नल आइकनमा भाग लिइन् । त्यसपछि मोडलिङ क्षेत्रमा तानिइन् । हालसम्म उनले ४ वटा गीतमा अभिनय गरिसकेकी छिन् । तिमध्ये ३ वटा युट्युवमा हेर्न सकिन्छ । युट्युमा भेटिने गीतहरूमा अस्मित लिम्बूको फुल्न नपाउँदै, दिपेश सुनुवारको तिमीलाई चाहेको थिएँ र राजेन्द्र स्याङ्बोको जसले मेरो बोलका गीतहरू छन् ।

एउटा गीत आउन बाँकी छ । त्यो गीत पनि पहिले नै आइसक्नुपर्ने हो, तर लगानीकर्ताले साइनालाई मुख्य भूमिकामा काम गराउनुपर्नेमा निर्देशकले दोश्रो भूमिकामा गराएकोले रोकिएको रे । साइनाले ति निर्देशकको नाम भने उल्लेख गर्न चाहिनन् ।

पछिल्लो समयमा साइनाले मिडियामार्फत आउन खोजेकी छिन् । युट्युव च्यानल अरुणपोष्ट टिभीमा होस्टको रूपमा पनि आउन खोजेकी हुन् । होस्टका साथै क्यामेरा चलाउन, सांस्कृतिक कार्यक्रम चलाउन पनि कोशिष गरिरहेकी छिन् ।

यस क्षेत्रमा आफ्नो भविष्य त देखेकी छैनन् । ‘तर सकुञ्जेल गर्ने हो भनेर लागिरहेकी छु’ –उनले भनिन् ।

फोटो फिचर

यो पनि हेर्नुहोस्

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

नेपाली कथानक चलचित्र “घरजम”को छायांकन हुँदै

पाँथर, ७ चैत । कुशल इन्टेर्टेन्मेन्टद्वारा निर्मित नेपाली कथानक चलचित्र “घरजम” धमाधम छायांकन भइरहेको...

‘अदालत’ मंगलबारबाट दमौलीस्थित उत्तरशिला चलचित्र मन्दिरमा

तनहुँ, ५ चैत । नेपाली कथानक चलचित्र ‘अदालत’ मंगलबारबाट दमौलीस्थित उत्तरशिला चलचित्र मन्दिरमा प्रदर्शनमा...

म्युजिक भिडियोमा जम्दै साहारा

काठमाडौं, ४ चैत । यसै हप्ता गायक लक्ष्मण लिम्बू र मञ्जु लावतीको स्वरमा रहेको...

‘जवानीमा पहिलो पाईला…’ (भिडियोसहित)

काठमाडौं, ३ चैत । डा. डीआर उपाध्यायको नयाँ गीत ‘प्रेममा पहिलो पाइला…’ सार्वजनिक भएको...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट