Advertisement

दर्शकहरूले ज्याकी च्यानजस्तै भनिदिँदा गर्व लाग्यो –रुद्र पाहिम

काठमाडौं, २८ फागुन । अहिले नेपाली चलचित्र बजारमा अदालतले तताएको छ । फाल्गुनन्द फिल्म्स् प्रा.लि.को प्रस्तुति, दिनेश लिङ्देन निर्देशित चलचित्र अदालतले मल्टिप्लेक्समा उति नतताए पनि सिङ्गल थिएटरमा भने यसैको दबदबा छ ।

यस चलचित्रले नयाँ कलाकार जन्माएको छ । उनी हुन् रुद्र पाहिम । नेपाली चलचित्रमा मंगोलिन अनुहारको पात्रलाई खाली चोर फटाहा, फाइटरमा मात्रै देखाइदै आइएको थियो । त्यस घेरालाई तोडेर पछिल्ला दिनमा मंगोलियन कलाकारहरूले नेपाली चलचित्रको अड्डा जमाइरहेका छन् । खाट्टी नेपाली जनजीवन, लवज आदिलाई टिप्दा यस्ता कलाकार अनिवार्य चाहिने भएकैले मंगोलिन अनुहारहरू नेपाली दर्शकमाझ बिक्न थालेका हुुन् । यहि मेलोमेसोमा रुद्र पाहिमको पनि आगमन भएको छ ।
तेह्रथुमको जिल्लाको साविक खाम्लालुङ ६, हालको आठराई गाउँपालिकाका रुद्र होम बहादुर लिम्बू र देउमाया लिम्बूका साइला छोरा हुन् उनले आफू बुझ्ने भएपछि चलचित्रको पर्दामा आउने रहर बोकेका थिए । त्यसैले गाउँबाटै विभिन्न कार्यक्रममार्फत कलाकारिताको शुरुवात गरेका थिए ।

अहिलेको नेपाली चलचित्र जगतमा कोरियन चाइनिज अनुहारको कलाकारको माग छ । कथा पनि कोरियनकै जस्तो, कपालको सेप तथा अभिनय गर्ने तरिका पनि कोरियनकै जस्तो हाउभाउ पछिल्ला नेपाली चलचित्रहरूमा देखिएका छन् । त्यही ‘लुक्स’ आउने भएकाले रुद्रलाई चलचित्र अदालतमा भूमिका दिइयो ।

चलचित्र छायांकनको बेला पनि हेर्न आउने दर्शकहरूले ‘ज्याकी च्यानजस्तै हिरो’ भनिदिँदा गर्व लागेको बताए । आफू ज्याकी च्यानजस्तो नभए पनि दर्शकहरूले मंगोलियन अनुहारलाई ज्याकीच्यान देख्ने भएकोले सहजरुपमा लिएको पनि बताए । फिल्मले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दाजस्ता आपराधिक एवं संवेदनशील घटनाका विरुद्धको न्यायको कथालाई देखाएको छ ।

जब चलचित्र प्रदर्शनमा आयो, आफूले बाल्यकालमा सोचेको हिरो पर्दामा पाएको अनुभूति भयो रे । आफ्नो सपना यथार्थमा आउँदा खुशीले रोएको क्षण पनि सुनाएँ । आफूले पनि आमदर्शक जस्तै बनेर आफ्नो चलचित्र हेर्दा एकदमै फरक अनुभूति भएको र हलभित्र दर्शकहरूले फाइटमा हिरोको इन्ट्रि हुँदा आएको चिच्याहट र सुसेली खुशीले अत्तालिएको स्मरण पनि गरे ।

भविष्यमा चलचित्र मै जम्ने अभिलाषा राखेका पाहिमले यसक्षेत्रको आलवा समाज सेवा पनि गरिरहेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

नेपाली कथानक चलचित्र “घरजम”को छायांकन हुँदै

पाँथर, ७ चैत । कुशल इन्टेर्टेन्मेन्टद्वारा निर्मित नेपाली कथानक चलचित्र “घरजम” धमाधम छायांकन भइरहेको...

‘अदालत’ मंगलबारबाट दमौलीस्थित उत्तरशिला चलचित्र मन्दिरमा

तनहुँ, ५ चैत । नेपाली कथानक चलचित्र ‘अदालत’ मंगलबारबाट दमौलीस्थित उत्तरशिला चलचित्र मन्दिरमा प्रदर्शनमा...

म्युजिक भिडियोमा जम्दै साहारा

काठमाडौं, ४ चैत । यसै हप्ता गायक लक्ष्मण लिम्बू र मञ्जु लावतीको स्वरमा रहेको...

‘जवानीमा पहिलो पाईला…’ (भिडियोसहित)

काठमाडौं, ३ चैत । डा. डीआर उपाध्यायको नयाँ गीत ‘प्रेममा पहिलो पाइला…’ सार्वजनिक भएको...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट