Advertisement

मोरङको मिक्लाजुङमा केसाङ्ला भव्य प्रदर्शन

मोरङ, २८ फागुन । किरात याक्थुङ चुम्लुङ र नेपाल आदिवासी जनजाति महासंघ मिक्लाजुङ गाउपालिकास्थीत धोबेनीमा फागुन २५ गते शनिबार भव्य प्रदर्शन भएको छ ।

मिक्लाजुङका अध्यक्ष खगेन्द्र मादेन लिम्बू, वडा नंं ३ का वडाध्यक्ष गौरी राई, वडा नंं. ४ का बौद्धमान राई, किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउपालिकाका अध्यक्ष सञ्जय फागो, नेपाल आदिवासी जनजाति महाससंघ मिक्लाजुङ गाउपालिका अध्यक्ष देवी मिभक, निर्देशक समन अधिकारी, गीतकार आन्छुमे नासानलगायतको उपस्थिति प्रदर्शन सम्पन्न भएको हो ।

सांस्कृतिक कार्यक्रमसमेत गरिएको कार्य इजे डान्स सेन्टर आफ्नो प्रस्तुति प्रस्तुत गरेको थियो ।
पत्रकार देशराज नेम्बाङको सञ्चालन, मिकसाङ मिभकको संयोजनमा प्रर्दशन भएको केसाङ्ला यसभन्दा अगाडि हङकङ र कोरियामा सफल प्रदर्शन भइसकेको छ ।

चलचित्रमा मुख्य कलाकारहरू भीम तुम्बाहाङ्फे, लक्ष्मी योङ्हाङ लिम्बू, विशाल सेनेहाङ लिम्बू, यामनिङ्वा योङ्हाङ लिम्बू, मेनुका साउदेन लिम्बू, महिमा लिम्बू, कुमार सुब्बा लुम्फुङ्वा, दिनेश माङ्मु गगा तुम्बाहाङ्फे लिम्बू आदि छन् ।

भूपेन्द्र तुम्बाहाङ्फेको छायाङ्कन, बिपिन मल्लको मुख्य सम्पादन, रामप्रसाद चौधरी र बुद थापा मगरको साहायक सम्पादन, यासेली योङ्हाङ लिम्बू, लोकेन साम्बा, हर्क बहादुर योङहाङ लिम्बू गीत रचना, अशोक लोहोरुङ राईको संगीत, श्रेयशी चेम्जोङ मनु नेम्बाङ असली वनेम यासेली योङहाङ निर्मल सुब्बा आशिष लक्ष्मी योङहाङ भिम तुम्बाहाङ्फे देशु सुहाङको स्वर रहेको चलचित्रलाई देबेन्द्र खापुङ सुर्केलीले पटकथा तयार पारेका हुन् ।

भाषा सम्पादन सागर केरुङ, डीबी आङ्बुङले गरेका हुन् भने फिपरानी तुम्बाहाङ्फे, बिष्णु कुमार पन्धाक, भिमकुमार तुम्बाहाङ्फे, सन्जय तुम्बाहाङ्फेले चलचित्र निर्माण गरेका हुन् । चोकफुङ इन्टरटेन्मेट प्रा .लि को ब्यानरमा तयार पारिएको केःसाङ्ला लोकेन साम्बाको कथा र निर्माण र निर्देशन गरेका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

किड्स एण्ड टिन फेशन मोडल २०१९, सम्पन्न

भक्तपुर,वैशाख ९ । भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर...

ब्रबिम सेर्माको ‘सेवारो नमस्ते’ सार्वजनिक

काठमाडौं, ७ बैशाख । मुन्धुमी गायक भनेर चिनिएका गायक ब्रबिम सेर्माको स्वरमा रहेको नयाँ...

‘पाङ्जुम नु पाङ्यक’ म्युजिक भिडियो सार्वजानिक

काठमाडौं, ७ वैशाख । अटल तुम्बापो र गंगा फियाक स्वरवद्ध गीत ‘पाङ्जुम नु पाङ्यक’...

पारिवारिक चलचित्र ‘फैसला’ सार्वजनिक

पथरी, ६ वैशाख । छोटो कथानक चलचित्र ‘फैसला’ बुधबार भ्यूटावर युट्युब च्यानलमार्फत् सार्बजनिक भएको...