Advertisement

निराजन प्रधान र निरञ्जली लामा ‘च्याङ्बा तलाई मेरो माया’मा

काठमाडौं, २८ फागुन । म्युजिक भिडियोमा राम्ररी राज गरिरहेका निराजन प्रधान र निरञ्जली लामा ‘च्याङ्बा तलाई मेरो माया’ एकसाथ झुल्किएका छन् ।

सिंगापुर पुलिसमा कार्यरत समाजसेवी तथा सिंगापुर लाहुरे गायक तेम्बा शेर्पा तथा चर्चित गायिका दिपा लामाको ‘च्याङबा तलाई मेरो माया’ बोलको गीतमा प्रधान र लामा झुल्किएका हुन् ।

सिंगापुरमा रहेर समाजसेवामा छुट्टै परिचय बनाउन सफल तेम्बा शेर्पाले लाहुरेहरु छुट्टीमा आएर आफ्नो प्रेमिकालाइ भेट्न नपाउदाको पीडा यस गीतमा पोखेका छन् । लाहुरे तथा परदेशीको समस्यालाई समेत यस गीतमार्फत अभिव्यक्त भएको छ ।

दिपक शर्माको शब्द तथा संगीत रहेको यस गीतमा तेम्बा शेर्पा र दिपा लामाको आवाज रहेको छ । छायाँकार उत्सब दाहालले छायांकन गरेको यस म्युजिक भिडियोलाइ युबराज वाइबाले निर्देशन गरेका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

नेपाली कथानक चलचित्र “घरजम”को छायांकन हुँदै

पाँथर, ७ चैत । कुशल इन्टेर्टेन्मेन्टद्वारा निर्मित नेपाली कथानक चलचित्र “घरजम” धमाधम छायांकन भइरहेको...

‘अदालत’ मंगलबारबाट दमौलीस्थित उत्तरशिला चलचित्र मन्दिरमा

तनहुँ, ५ चैत । नेपाली कथानक चलचित्र ‘अदालत’ मंगलबारबाट दमौलीस्थित उत्तरशिला चलचित्र मन्दिरमा प्रदर्शनमा...

म्युजिक भिडियोमा जम्दै साहारा

काठमाडौं, ४ चैत । यसै हप्ता गायक लक्ष्मण लिम्बू र मञ्जु लावतीको स्वरमा रहेको...

‘जवानीमा पहिलो पाईला…’ (भिडियोसहित)

काठमाडौं, ३ चैत । डा. डीआर उपाध्यायको नयाँ गीत ‘प्रेममा पहिलो पाइला…’ सार्वजनिक भएको...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट