Advertisement

जापानको वाकायामा प्रान्तमा ५.२ म्याग्नीच्युडको भूकम्प

टोकियो, २९ फागुन : जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा ५.२ म्याग्नीच्युडको भूकम्प आएको मौसम सम्बन्धि निकायले बुधबार जानकारी दिएको छ ।

स्थानीय समयाअनुसार बुधबार १ः५३ बजे अपराह्नमा सो भूकम्प आएको सो निकायले जानकारी दिएको थियो । यस भूकम्पपछि सुनामीको सुचना भने जारी नगरिएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । 

वाकायामा प्रान्तको सात ओटा क्षेत्रमा यस भूकम्पको कम्पन बढी महसूस गरिएको समाचारमा जनाइएको छ । 
तोकुशिमानजिकै रहेको क्षेत्र बढी प्रभावित भई आएको यस भूकम्पलाई जापानको भूकम्प मापन क्षेत्रले भने ४ म्याग्नीच्युडको मात्र मापन गरेको जानकारी दिएको छ । 

भूकम्पबाट प्रभावित भएको यस इलाकालाई शिगा, ओसाका इयोगो र नारा प्रान्तले घेरिएको छ । हालसम्म यस भूकम्पछि मानवीय र सपत्ती क्षतिको कुनै समाचार प्राप्त भएको छैन । 

सम्बन्धित शीर्षकहरु

जापानको वाकायामा प्रान्तमा ५.२ म्याग्नीच्युडको भूकम्प

टोकियो, २९ फागुन : जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा ५.२ म्याग्नीच्युडको भूकम्प...

१४९ यात्रु बोकेको इथियोपियन एअरलाइन्सको बोइङ दुर्घटनामा

काठमाडौं : इथियोपियन एअरलाइन्सको बोइङ ७३७ विमान दुर्घटनामा परेको छ। केन्यातर्फ उडेको उक्त विमानमा १४९...

मेक्सिकोको बारमा गोली चल्यो, विभिन्न स्थानमा कम्तिमा १४ जनाको मृत्यु

मेक्सिको सिटी, मेक्सिको, २५ फागुन : मेक्सिकोको विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा कम्तिमा १४...

दक्षिण कोरियाका पूर्व राष्ट्रपति जमानतमा रिहा

सियोल, २२ फागुन – भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट