Advertisement

ओमनबाट नेपाली गीतसंगीतको सेवा गर्दै अर्जुन पौडेल

काठमाडौं, २९ फागुन । गत अगष्टमा बुढासुब्बा म्युजिकबाट एउटा गीत आयो –देखिरहन्छु जहिले, बोलेको छैन कहिले, बोलको । अर्जुन लिम्बू, निरञ्जली लामा, अर्जुन पौडेल, निर्मल सुब्बा र सन्तोष आले अभिनित म्युजिक भिडियोले राम्रै प्रतिक्रिया पायो ।

उक्त गीत अर्जुन पौडेलले गाएका हुन् । रोजगारको लागि कतारमा रहँदा अर्जुन लिम्बूसँग भेट भएको र संगत मिलेकैले गर्दा पौडेलले लिम्बूलाई गीत बनाउन सुझाएका थिए । मोडलिङ, गीत लेखन र संगीतमासमेत चासो राख्नेले अर्जुनले माथिका पंक्तिका गीत बनाए । विदेशमै रहेको बेला डमी स्वर भरेर पठाएका पौडेलले नेपाल आएको भोलिपल्टै अभिनय गर्न पुगे ।

कावासोती नवपरासीका अर्जुन पौडेल सानैदेखि गीत संगीतमा रुचि राख्दथे । घाँस काट्न जाँदा मकैबारीमा गीत गाउको नजिकैको भाउजुले सुनेपछि उनको गायन प्रतिभा रहेको प्रतिक्रिया दिएकी थिइन् रे । त्यसपछि उनमा गायनको रहर लहरिँदै गएको हो ।

उनले अध्ययन गरेको स्कुल श्री शिव उच्चमावि कावासोतीमा पनि सांस्कृतिक कार्यक्रममा भाग लिने गर्दथे अर्जुन । कतिपय कार्यक्रममा पुरस्कृतसमेत भएका थिए ।

कतारमा रहँदा सांस्कृतिक कार्यक्रम आयोजनामा सहभागी हुन्थे अर्जुन । तर ‘स्टेज सेयर’ गर्न चाही आँट आएन रे । अहिले उनको गीत म्युजिक भिडियोमा आएपछि साथीभाईको राम्रो प्रतिक्रिया आएको रहेछ । अब चाही स्टेज सेयरमा आँट आएको कुरा पौडेलले बताए । उक्त गीत नेश्नल पावरन्यूज अवार्डमा न्यु कमरमा नोमिनेटेड पनि भएको थियो ।

विगत एक वर्षदेखि उनी कतारबाट ओमन पुगेका छन् । भविष्यमा गीत संगीतमै रमाउने लक्ष्य लिएको उनले तीनवटा गीत तयार पारिसकेका छन् । आउँदो अप्रिलमा छुट्टीमा नेपाल आई तीनैवटा गीत रेकर्डिङसाथै भिज्युअलसमेत गर्ने तयारीमा छन् । उनी ओमनबाटै युरो नेपाली अनलाईन नामक युट्युव पनि चलाइरहेका छन् ।

गीतसंगीतसँगसँगै अभिनय पनि उनको रहर हो । भविष्यमा त्यता पनि लाग्ने उनले बताए ।

श्रीमती संगीता पौडेल, दुई छोराहरू सगुन र सौगात पौडेलसहितको परिवार कावासोतीमै रहेका छन् । अबको ५ वर्षपछि पुरै जीवन नेपालमा परिवारसँग बिताउने योजनामा पनि छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

नेपाली कथानक चलचित्र “घरजम”को छायांकन हुँदै

पाँथर, ७ चैत । कुशल इन्टेर्टेन्मेन्टद्वारा निर्मित नेपाली कथानक चलचित्र “घरजम” धमाधम छायांकन भइरहेको...

‘अदालत’ मंगलबारबाट दमौलीस्थित उत्तरशिला चलचित्र मन्दिरमा

तनहुँ, ५ चैत । नेपाली कथानक चलचित्र ‘अदालत’ मंगलबारबाट दमौलीस्थित उत्तरशिला चलचित्र मन्दिरमा प्रदर्शनमा...

म्युजिक भिडियोमा जम्दै साहारा

काठमाडौं, ४ चैत । यसै हप्ता गायक लक्ष्मण लिम्बू र मञ्जु लावतीको स्वरमा रहेको...

‘जवानीमा पहिलो पाईला…’ (भिडियोसहित)

काठमाडौं, ३ चैत । डा. डीआर उपाध्यायको नयाँ गीत ‘प्रेममा पहिलो पाइला…’ सार्वजनिक भएको...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट